पत्रकार सुनारको वास्तविक आत्मकथा: कान्छी श्रीमतीदेखि वलात्कारीसम्म

Posted on: 14 Sep, 2017

प्रेम सुनार, गुल्मी । गुल्मीमा त्यसमा पनि ईन्टरनेटको पहुँचमा हुने पुर्व देखि पश्चिम सम्मका दाजु भाई दिदी वहिनीहरुले म प्रेम सुनारलाई पत्रकारिताबाट धेरैको भलो गरेको मान्छे हो भनेर चिन्नु हुन्छ भन्ने मेरो बिश्वास छ । अनि निकै सुखी र खुशी होला भनेर पनि सोच्नु हुन्छ होला । तर, म गत तिन वर्ष देखि असाध्धै कष्कर व्याथाले भित्रै आत्मा थला पर्दै आएको व्यक्ति थिएँ । जो अँस्ती मंगलबार देखि त्यो व्याथाबाट मुक्त भएको छु । आफुले कसैलाई कुनै न कुनै भलो काम गरिएको छ भने उ बाट धन्यवाद वा उसको आत्माबाट आशिर्वादको अपेक्षा जसले पनि गरिरहेको हुन्छ । 

पछिल्लो चरण गत डेढ दशक देखि म निरन्तर पत्रकारिता पेशामा आवद्ध छु । यो अवधीमा मैले सपनामा पनि कुनै न कुनै विपदमा परेका मानिसहरुको घरमा रिपोर्टिङ्ग गर्न पुगेको हुन्छु । म कान्तिपुर दैनिक र त्यसको गुल्मी सम्वादाता आदरणी पत्रकार घनश्याम गौतम ज्युसंग आभार प्रकछ गर्न चाहन्छु । किनकी  आज भन्दा दुई वर्ष अघि नै त्यस पत्रिकाले एउटै रेडियो कार्यक्रम ओझेलका खवरले  ५० जना भन्दा बढि जिवनमरणको दोसाँधमा रहेको मानिसहरुलाई नवजिवन दियो भनेर समाचार प्रकाशित गर्यो । 

अन्य थुप्रै पत्रिका, अन्य सञ्चार माध्यम र समाजका अधिकांस व्यक्तिहरुले पनि प्रशंसा गर्दै आउनु भएको छ । तर मलाई गत तिन वर्ष यता  थुक्क भन्नेहरु पनि एक पछि अर्को हुँदै बढ्दै जानु भयो । कारण म गुन गर्ने हलाको थाप्लामा छेंड भन्ने उखानको पात्र बनेर यो  टाउकाको गिदी छियोछिया पारेर बस्दै आएको थिएँ । मैले चार वर्ष अघि एउटी आफुलाई पिडित पात्र बताउँने महिलाको टेलिभिजनमा उसको रोदन चित्कार पस्केको थिएँ रेडियोहरुमा । उनि थिईन पाल्पाको पुर्वखोला घर र अस्मी थापा नाम बताउने महिला ।

महिनौं सम्म विहानै वेलुका डाको छाडेर रुँदै आफ्नो कथा व्याथा रेडियोमा राखी दिन आग्रह गर्दथिन । मैले विश्वास नगरे गुल्मीमा तपाईले चिनेका कोही छन भनेर सोधे । उनले गुल्मी सिर्सेनी हो वा धुर्कोट (अहिले मैले भुँले) की एउटी वहिनीलाई चिनेको भन्दै नम्वर दिईन् । ति वहिनीले हो दाजु उनि असाध्धै पिडित महिला हुन भनेर फोनमा भनिन् । त्यस पछि मैले उनको विचल्लीको कथा पस्कीएको थिएँ । त्यस पछि ४५ हजार भन्दा बढि म मार्फत आएको सहयोग रकम उनको हातमा पर्यो । उनकै फोन नम्वर राखी दिएको थिएँ । उनी मार्फत कति आयो थाह भएन । 

कार्यक्रम प्रशासरण भएको एक साता नवित्दै स्थानिय अगुवा महिलाहरुले मलाई फोन गरेर भन्नु भयो त्यो महिला वालात्कृत भएको र उसका छोराछोरीहरु अपहरणमा भएको उसले रेडियोमा बताएको कुरा गलत हो । पछि बुझ्दै जाँदा ति महिलाको चरम गरिवीका कारण मागी खाने माध्यम बनाउन उनले त्यो मञ्चन गरेकी रहिछन् । मानिस गरिव होस तर हरिव नहोस् । गरिवले कि काम गरेर खान्छ कि सत्यकुरा गरेर मागेर पनि खान्छ । उनले त्यो गरिनन् । जसरी केहि वर्ष अघि कान्तिपुर दैनिक जस्तो प्रतिष्ठीत मिडियालाई समेत एउटी महिलाले फोनमा झुक्काएर हजारौं रकम भेटाएर सम्वन्धितलाई बुझाएको समाचार प्रकाशित गराएर राष्टपतिबाट समेत सम्मानित हुने सम्मको झुक्काउने काम गरिन त्यस्तै ति अस्मी थापा भनिएकी महिलाले पनि मलाई गरिन मलाई पनि ।

त्यो समाचार प्रशारण भए लगत्तै उनलाई  गाउँ गाउँ टोल टोलमा पुगेर मागी खाने भाँडो बन्यो । त्यो सम्म ठिकै थियो । तर दुखको कुरा गुल्मीका विभिन्न ठाउँमा पुगेर उनले मेरो नाम विकाईन् । यति सम्म घटियो कि दाजु म तपाईकी वहिनी बन्न चाहन्छु भनेर थाप्लोमा कसम खाएर र दुई हजार रुपैँया बाटो खर्च समेत लिएर हिँडेकी उनले  गाउँमा माग्दै जाने क्रमा म प्रेम सुनारकी कान्छी श्रीमति हुँ हेला गरेर यसरी माग्दै हिडेकी छु सम्म भनिन् । गुल्मीकै धुर्कोट जस्तो ठाउँमा पुगेर उनले मलाई प्रेम सुनारले वलात्कार गर्योसम्म भनिछन् ।  

यो तिन वर्ष अघिको कुरा एउटा क्लवले कार्यक्रम राखेको स्थानमा डाको छाडेर मलाई वलात्कार अभियोगीको आरोप समेत लगाई छन् । त्यहाँका युवाहरुले मलाई ए दाई के सुन्न परेको भन्दै जानकारी दिए । मैले त्यो महिलालाई फेला पारे खवर गरी हाल्नु होला भने । पछि तम्घासकै चारीखोलाको विचबाटोमा रुँदै बसको रेडियो रेसुङ्गाका सहकर्मीहरुले देख्नु भएछ । उनले तपाईहरुले चिन्नु भएन र ? म प्रेम सुनारकी श्रीमति हुँ कुटेर खाना लाउन नदिएर यो हालत बनाएको छ भनेर भनेको कुरा हिजो मात्र त्यस रेडियोकी स्टेशन म्यानेजर अनिता खत्रीले बताउनु भयो । 

यसरी मेरो नाम विकाउने कार्य धेरै स्थानमा भएको रहेछ । केहि दिन अघि गुल्मी कै कुर्घा र आँपचौरका महिलाहरुले फोन गर्नु भयो र मेरै बदनाम गरेको कुरा सुनाउनु भयो । एक महिना अघि अस्लेवाका वडाध्यक्ष भिमलाल पाण्डेले फोन गरेर भन्नु भयो प्रेम जी तपाईबाट कल्पना नै गर्न नसकीने कुरा लिएर यहाँ एउटी महिला साराका सामु रोई रहेकी छन के हो यो ? मैले चिने हाँले र भने पर्खिनुस म रिडी प्रहरीलाई भन्छु भनेर भने । 

तत्काल मैले रिडीका केशव भट्टराई ईन्स्पेक्टरसावलाई फोन गरेर अस्लेवामा रहेकी ति महिलालाई समातेर चौकीमा राखी दिन र म त्यहाँ आउने आग्राह गरें । उता भिमलाल सरलाई पनि त्यो जानकारी दिएँ । भिमलाल सरले तिम्रो अप्रेशन गर्नु छ भने म एक्लैले गरी दिन्छु यसरी मागेर नहिड वस भन्नु भएछ । अहिले भर्खरै उहाँसंग फोनमा कुरा भयो उहाँले त्यसो भन्न साथ ति महिला त्यहाँबाट गायव भईछन । सायद त्यतैबाट स्याङ्गजा छिरेर होला ईनस्पेक्टर सावले समेत समात्नु भएन् । त्यस दिन देखि गुल्मीबाट हराएकी ति महिला पाँच दिन अघिको कुरा हो चितवनबाट एक जना व्यक्तिले फोन गर्नु भयो । म बुटवलमा थिएँ । उहाँले ति महिलाले धेरै ठाउँ त्यस्तै विभिन्न वाहना बनाएर ठग्दै आएकोले सहयोग गरी दिन आग्रह गर्नु भयो । 

उहाँले पाल्पा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिई सक्नु भएको रहेछ । उनिबाट ठगिने पात्रहरु मध्ये म पनि एक भएको जानकारी उहाँलाई रहेछ । उनले विगत लामो समय देखि अन्य थुप्रै रेडियोहरुलाई पनि प्रयोग गर्दै आएकी रहिछन् । नभाँचिएको हात खुट्टा र टाउँकोमा पट्टी बाँध्ने , पेटको समेत अप्रेशन गर्न नसकेको भन्ने र रोएर अरुलाई कठैबरा भन्ने पार्ने उनको ठगीको अस्त्र रहेको छ । मलाई पनि त्यही गरिन पछिल्लो पल्छ । सायद दुई वर्ष अघिको कुरा होला । उनी तम्घासमा टाउँको र हातमा पट्टी बाँधेर रुँदै आएकी थिईन् ।

म संग त्यस दिन उनलाई तत्काल बाटो खर्च दिएर पठाउने पैसा थिएन् । उनले  त्यसै दिन साँझ पाल्पा घर जान्छु भन्दै थिईन । मैले अहिले मैले दिन सकिन भोली विहन दिउँला बरु आज एउटा होटलमा भनि दिन्छु वस्नुस वहिनी भने । अनि त्यही बाटो नजिकै रहेको रेसुङ्गा होटलका साहुलाई भनेर राखी दिएँ र कोठामा गएँ । अर्को दिन विहानै पिपलधारामा एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा जानु थियो । तर म त्यतिकै जान सकिन ति वहिनीलाई त्यसै होटलका साहुजीसंग दुई हजार सापटी मागेर पठाएँ । हिड्ने बेलामा उनि रुँदै मेरो टाउँकोमा हात राखेर दाजु तपाईले मलाई आफ्नी वहिनी बनाउनुस भन्दै थिईन् । त्यसरी हिडेकी मान्छेले गाउँ गाउँमा माग्ने क्रममा कहिले प्रेम सुनारकी कान्छि श्रीमति कहिले बलात्कारी भन्दै हिडेको कुराले मलाई ठुलो पिडा भई रहेको थियो । मैले धेरै चोटी फोन गरे उनलाई मेरो फोन उठाईनन् । 

म्यासेजको रिप्लाई पनि दिईनन् । पछि त्यो फोन नम्वर नै लाग्न छाड्यो । ए भगवान खाएको विष पो लाग्छ नखाएको विषले लाग्नु भनेको असाध्धै पिडावोध हुँदो रहेछ । उनका कारणलले गर्दा मेरा पछाडी अहिले कैयौं महिलाले भन्नु हुन्छ रे आफुले कान्छि श्रीमतिलाई रुदै लाला गाउँदै हिडालेको छ अझ अरुका कुरा लेख्ने बन्छ लाज नभएको भनेर । ऊफ......यस्तो कसैको ईज्जत प्रतिष्ठा माथी धावा बोलेर माग्दै हिड्ने गरिव यसरी हरिप कोहि नबनुन् । मलाई मात्र रहेन छ म जस्ता थुप्रैको वदनामी र ठगी गरेको कुरा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाले गरेको पत्रकार सम्मेलनबाट छताछुल्ल भएको छ । 

हिजोको कान्तिपुर दैनिक देखि अन्य पत्रपत्रिका र अन्य सञ्चार माध्यमबाट उनको ठगी काण्डको समाचार आएपछि मेरो भारी भएको टाउँको हलुङ्गो भएको छ । धेरैलाई धर्मै गरेको रहेछु मैले भन्ने लागेको छ । कुकर्मको फल उनले अहिले पाएकी छन् । उनकै गाउँबाट हिजो त्यहाँका समाज सेवीको फोन आयो । ति समाजसेवीका अनुसार उनका श्रीमान सधै रक्सी पिएर हिड्ने । उनका बृद्धाबाबुलाई पालेर बस्छीन अरे उनले । स–साना छोरा छोरी र बृद्ध वावुलाई पाल्न नसके पछि उनले विभिन्न वाहान बनाउँदै माग्न हिडेकी हुन रे । ति समाज सेवीले भन्नु भयो एकदम विचल्ली छ उनको घरमा मानसिक तनावले गर्दा उनको दिमाग पनि खासै ठिक ठाउँमा छैन त्यसैले जाथाभावी बोल्छीन् । उनका वावु आएर हिजो उहाँ संग रोए रे । 

प्रेम जी सहयोग गरी दिन पर्यो माफी मगाएर आगमी दिनमा त्यस्तो गरेर नहिड्ने सर्तमा छाड्नका लागि भन्दै हुनुहुन्थ्यो । तर उजुरीकर्ता म होईन अरुहरु नै हुन् । उनलाई मेरो पवित्र आत्माले पोलेको हो । अरुहरुको दयालु आत्मा  पनि पोलेरै होला आज मैले सहँदै आए पनि अरुले सहन सकेनन् । आखिर एक दिन कुकर्मको पाप धुरीबाट कराएरै छाड्दो रहेछ । पाल्पा प्रहरीलाई साधुवाद भन्न चाहन्छु कि त्यस्ती पापीनी महिलालाई समातेर उनको कर्तुत पत्रकार सम्मेलन गरेरै पर्धाफास गरी दिएकोमा । उनको हर्कतबारे ठाउँठाउँबाट मलाई सुचित गर्नु हुने  सम्पुर्ण दिदी वहिनी आमा वुवा दाजु भाईहरुमा पनि आभार प्रकट गर्दछु । 

कम्ता बदनामी सहेको थिईन मैले । अँस्ती मंगलबार सम्मको तनावग्रस्त म हलुङ्गो भएको छु । ति अस्मी मात्र होईन ठग्ने उनको लहरो अरु पनि भएको मैले अनुमान गरेको छु । जयहोस पाल्पा प्रहरी र उजुरुकर्ताहरुलाई मैले बेलैमा गर्न नसक्ने काम तपाईहरुले गरेकोमा ... 

यस बिषयमा तपाइको प्रतिक्रिया...!