भीम लामा । नेपाली राजनीतिले धेरै फड्को मारेपनि संस्कार भने पुरानै शैलीमा छ । राजनीतिलाई सत्ता र शक्तिको आधार मान्दै विकसित भएको नेपाली राजनीतिमा स्वार्थका निम्त्ति अनेकौ सम्बन्ध निर्माण गर्दै आएको देखिन्छ । त्यस्तै सम्बन्धको हो गठबन्धन, जसले शक्ति एकिकृत गराउने र सत्ता प्राप्तिका लागि आधार तयार गर्ने गर्दछ ।
शक्ति निर्माणका लागि आफ्नो अस्तित्वलाई नै विर्सिएर काम गर्न पछि पर्दैनन् राजनीतिक दलहरु । विगत र भविश्यको बारेमा चिन्तन नगरी वर्तमानको बारेमा मात्र सोच्ने यी शक्तिहरु राष्ट्र, राष्ट्रियता र जनताभन्दामाथी रहेर आफ्नो लागि जे पनि गर्न सम्झौता गर्ने गरेका छन् । राजनीतिलाई नै शक्तिको आधार मानेर सत्ता सम्हाल्न रतिभरको विवेक प्रयोग गरेर आम जनमानसमा देखावटी नाटक मञ्चन गरिरहेका दलहरु चुनावको बाहानामा एक भएको तर्क र विर्तक गर्दै आएका छन् ।
निर्वाचनमा आफ्नो पक्षमा बलियो बनाउने र सत्ता सञ्चालन गर्न आतुर राजनीतिक दल देश र जनताको भविश्यमा चिन्ता देखिदैन र कसरी आफ्नो पक्षमा जनमत बढाउने भन्ने चिन्ता मात्र बोकेर हिडेका छन् । विभिन्न कलाकार तथा कर्टुन निर्माताहरुले समेत भनेका छन् –‘राजनीति कि लाजनीति’ हो ? त्यस्तै भएको छ हाम्रो नेपालको वर्तमान राजनीति लाजनीतिमा रुपान्तरण भएको छ । राजनीतिक संस्कार र विवेकलाई गुमाउँदै जनताको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।
संघीय संरचनाअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन पनि मंसिर १० गते सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुदैछ । राजनीतिक दलहरु विभिन्न शैलीमा प्रचारप्रसारमा होमिएका छन् । यो ऐतिहासिक पर्वको रुपमा पनि लिइरहेको छ ।
ऐतिहासिक पर्व अर्थत् निर्वाचनले रुपान्तरित संसादले निर्माण गरेका संविधान र कार्यन्वयनका पक्षहरुलाई सस्थागत गर्दै आगामी निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पूर्ण रुपमा कार्य अगाडी बढाईनेछ । जनतामाझ विभिन्न राष्ट्रिय एजेण्डा सहित विकास निर्माण तथा आर्थिक समृद्धिका लागि घोषणापत्र समेत तय गरेर जनतामाझ पुगेको अवस्थामा दलहरु विभिन्न विचारसमूहका फरक राजनीतिक दलसंग गठबन्धनको कार्यगत काम अगाडी बढाईरहेको छ ।
गठबन्धनकै नाममा आफ्नो पार्टीलाई पहिलो बनाउने होडबाजी चलिरहेको बेला त्रास पनि उत्पन्न भइरहेको देखिन्छ । जसरी नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बाम गठबन्धन बन्यो त्यसले बाहिरी रुपमा जति उत्साह र खुसी देखिएता पनि भित्रि रुपमा त्यस्तो देखिदैनन् । राजनीति एउटा स्वार्थ न त हो कसरी अरुलाई पल्टाउने र आफू अघि बढ्ने यस प्रकारको संस्कारले राजनीतिमै नकारात्मक छाप परेको छ ।
त्यस्तै अरु शक्तिको अगाडी आफू बालियो बनाउने माध्यमको रुपमा राजनीतिक गठबन्धनलाई लिने प्रचलनको विकासले गर्दा अस्वस्थ प्रतिस्पर्धा समेत निम्त्याएको छ । एउटा पार्टीभित्र त नेतृत्वका लागि गुठ समूह निर्माण गरी लडाई लडिन्छन् भने दुई भिन्न पार्टीबीचको गठबन्धन र नेतृत्वमा पनि यी कुरा नहुने भन्ने कुरा रहदैन् । स्वभाविक रुपमै शक्ति सन्तुलन र नेतृत्वको लडाईका लागि फरक पार्टीविचको गठबन्धन चुनौतिपूर्ण छ ।
त्यस्तै अर्का ठूलो राजनीतिक दल तथा वर्तमान सरकारको नेतृत्व समेत गरिरहेका नेपाली काँग्रेसभित्र पनि नेतृत्व चयनकै लागि पटक–पटक दुई ध्रुवीकरण भई पार्टीभित्र फरक समूह बनाएर आएको स्पष्टै छ ।
अहिले निर्वाचनमा आफ्नो पक्षमा बलियो मत बनाउनका लागि साना दुई राष्ट्रिय दल राप्रपा र फोरम जस्ता दलहरुसंग गठबन्धन गर्नु स्वभाविक रुपमा स्वार्थ देखिन्छ । काँग्रेस लामो समयमा सत्तामा बसे पनि जनआपेक्षाअनुसारको काम गर्न नसक्नु र साना दलसँग गठबन्धन गर्नु कमजोरी पनि हो ।
राजनीतिक दलहरुको चुनावी एकता वा गठबन्धनले सबैलाई ध्यान केन्द्रित बनाएको अवस्थामा कुन गठबन्धनले जित्ने कुन हार्ने भन्ने विषयमा समेत दोधार छन् । गठबन्धनले एक खालको एकताको शन्देश दिए पनि भित्रि रुपमा भने त्यस्तो देखिदैनन् । गठबन्धन शीर्ष नेता वा केन्द्रिय नेतृत्व वर्गलाई मात्र फापेपनि तल्लो स्तरमा भने त्यस्तो अवस्था छैन् ।
जसले गर्दा निर्वाचनमा केन्द्रीय तहबाट आंकलन गरेको भन्दा फरक परिणाम आउने देखिन्छ । फरक दलहरु केन्द्रिय स्तरमा एक भएपनि तल्लो स्तरमा भने फरक विचार राख्दै आईरहेको नेताकार्यकर्ताहरुको भनाई छ । जुन सहयोग र असहयोगको अन्तरघात भन्दा नी फरक नपर्ला ।
‘हिजो नेकपा एमालेलाई लोकतान्त्रिक शक्तिको रुपमा भोट दिने मतदाताहरुले कम्युनिस्ट केन्द्र बनाउने एमाले–माओवादी केन्द्रलाई आज भोट दिन्छन् कि दिदैनन्’ यहाँ प्रश्न उव्जिएको छ । त्यस्तै कुनै समयमा काँग्रेसबाटै फुटेर अर्का दल बनाएर काँग्रेसकै विपक्षमा मत माग्दै हिड्ने दल फोरम लोकतान्त्रिक समाहित हुदाँ कार्यकर्ता कतिको खुसी छन् ? ‘राजतन्त्रको पक्षमा वकालत गर्ने दल राप्रपा र लोकतान्त्रिक परिवर्तन चाहने काँग्रेसबीचको सम्बन्धनले कार्यकर्ता र मतदातामा कतिको सन्तुष्टि दिलाएको छ ?’ त्यसमा पनि शंकाको घेरमा रहेको छ ।
गठबन्धन बनाएका दलहरुबीच निर्वाचनपछि सत्ता नेतृत्व तथा पार्टीको नेतृत्व कस्ले र कसरी गर्ने भन्ने कुरामै ज्वरो आईरहेको बेला निर्वाचनमा दायँबायाँ नहुने भन्ने कुरा शंकाको विषय बनेको छ ।
पार्टीका केही नेताहरुको समिष्टगत गठबन्धन र उम्मेद्वार छनौटले नै असन्तुष्ठ नेता तथा कार्यकर्ताबीच चुनौतीको विषय बनेको छ । आफ्नो अस्तित्वको समाप्त हुने त्रासका कारण पनि गठबन्धनमा खुलेर सहयोग नगरेको अवस्था सिर्जना भएको तल्लो कमिटिका नेताहरुमा देखिन्छ ।
एमाले–माओवादी केन्द्रका बाम गठबन्धनबीचमा बढि चुनौती देखिन्छ । बाम गठबन्धनकै फाइदा नेपाली काँग्रेस भने लिएको छ । जसरी बाहिर रुपमा एमाले–माओवादीको शक्ति देखिन्छ त्यत्तिकै चुनौती पनि थपिदै गएको छ ।
यसको प्रत्यक्ष लाभ भने काँग्रेसलाई भएको छ । ‘बाम गठबन्धनको शक्तिले काँग्रेसलाई झस्काएपछि काँग्रेसभित्र संगठित हुने वातावरण सिर्जना भएको छ ।’ जस्ले काँग्रेसलाई लाभ मिलेको अनुमान लगाउन सकिन्छ । तर वाम गठबन्धनमा भने त्यस्तो संगठित वातावरण नरहेको देखिन्छ ।
तल्लो स्तरदेखि केन्द्रसम्म कार्यकर्ताबीच नै फरक धारणाहरु सार्वजनिक हुदै गएपछि थप चुनौती पनि बनेको छ । गठबन्धन स्वार्थमा मात्र सिमित रहेकाले जनता पनि अल्मलमा परेको छ, जसले गर्दा सोँचेभन्दा फरक परिणाम आउन सक्ने देखिन्छ । र सबै निर्वाचन क्षेत्रमा गठबन्धनको राजनीतिमा अन्तरघातको त्रास रहेको छ ।