शुशील भट्ट / फाल्गुन २ काठमाडौँ | पछिल्लो समय राजनीतिक वृत्तमा कांग्रेसले हालै सम्पन्न तीनै चरणको निर्वाचनमा व्यहोरेको हारको समीक्षा भइरहेको छ । कांग्रेसको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शुशील भट्ट / फाल्गुन २ काठमाडौँ | पछिल्लो समय राजनीतिक वृत्तमा कांग्रेसले हालै सम्पन्न तीनै चरणको निर्वाचनमा व्यहोरेको हारको समीक्षा भइरहेको छ । कांग्रेसको "/>

६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघ सुधार्ने जिम्मा कसको ?

२ फाल्गुन २०७४, बुधबार ०९:००


शुशील भट्ट / फाल्गुन २ काठमाडौँ | पछिल्लो समय राजनीतिक वृत्तमा कांग्रेसले हालै सम्पन्न तीनै चरणको निर्वाचनमा व्यहोरेको हारको समीक्षा भइरहेको छ । कांग्रेसको हारका पछाडि विभिन्न कारण औँल्याइएका छन् । नेतृत्वको अक्षमता, कमजोर सांगठनिक उपस्थिति र भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नुलाई कांग्रेसको हारको कारण ठान्नेहरू धेरै छन् । तर, के कांग्रेसका भ्रातृ संस्था चलायमान छन् त ? वा उनीहरूको संगठन त्यति चुस्त छ त ? तिनले माउपार्टीको चुनावी नतिजालाई फेरबदल गर्न सक्ने ल्याकत राख्छन् त ? यो प्रश्न अहिले कांग्रेसका भ्रातृ संगठनले आफैँलाई सोध्ने वेला भइसकेको छ ।

कांग्रेसको नर्सरीको रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) आज इतिहासको कमजोर मोडमा आइपुगेको छ । कुनै समय यस्तो थियो, कलम र मसालअंकित झन्डा सडकमा नफहराएसम्म विद्यार्थी आन्दोलनले उचाइ लि“दैनथ्यो । झन्डै ५ दशक पुग्न लागेको नेविसंघको इतिहास यति गर्विलो छ कि सबै किसिमको परिवर्तनको नेतृत्व उसले गर्दै आएको छ । तर, विडम्बना, आज विद्यार्थी आन्दोलनको नेतृत्व त परैको विषय, संगठनमै एकता कायम गर्न नेतृत्वले नसक्दा नेविसंघ नै गुट र उपगुटमा विभक्त भएको छ । झन्डै १० वर्षपछि निर्वाचनमार्फत नेतृत्व पाएको नेविसंघमा नयाँ ऊर्जा उत्पन्न हुने आमविद्यार्थीमा आशा थियो । त्यहीअनुरूप अधिवेशनलगत्तै पहिलो बैठकमा हरेक क्याम्पस र विवादित जिल्लाको समस्या हल गर्ने भनियो पनि । आज निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको १७ महिना बितिसक्दा पनि विवाद हल भएको छैन, बरु टीके नेतृत्व छान्दा अन्यत्र पनि विवादको लहरो तानिएको छ । काठमाडौं उपत्यकाका २० भन्दा बढी प्रमुख क्याम्पसमा नेविसंघ नेतृत्वविहीन छ । यस्तै देशभरमा ३४ जिल्ला समिति रिक्त छन् भने अन्य जिल्ला समिति दुुई वर्ष नाघेर विधानतः अधिवेशन गर्नुपर्ने अवस्थामा छन् । औँलामा गन्न सकिने केही जिल्ला र क्याम्पसबाहेक धेरै क्षेत्र, जिल्ला र क्याम्पस निष्क्रिय छन् ।

११औँ महाधिवेशनपश्चात् पहिलो बैठकले संगठन सुदृढीकरण र समन्वयका लागि विभिन्न कार्यदल गठन गर्यो, जसमा संविधान कर्यान्वयनका लागि दबाब अभियान, शैक्षिक गुणस्तर, स्ववियु निर्वाचन आदि विषय समेटिएका थिए । तर, जनमानसमा देखिने गरी यी कार्यदलले काम गर्नु त परको विषय, बैठक बसेकोसमेत जानकारी छैन । केन्द्रीय समितिको दोस्रो बैठकमा आइपुग्दा मर्यादाक्रमको विषयलाई लिएर हामीबीच द्वन्द्व सुरु भयो । जसबाट बैठक नै दुुईवटा स्थानमा बस्ने परिस्थिति बन्यो । लामो अन्तरालमा हुने भनिएको स्ववियु निर्वाचनमा टिकट वितरण कार्यदल नै विधानविपरीत बन्यो, जसमा उपत्यका र प्रदेशका सहमहामन्त्री नै परेनन् । उम्मेदवार छनोटमा देखिएको विवादका कारण विभिन्न क्याम्पसमा तालाबन्दी गर्ने परिस्थिति सिर्जना भयो ।

११औँ महाधिवेशनमा बन्दसत्रविनै सीधै निर्वाचन गरिएको थियो, जसका कारण पहिलो बैठकले नै नीति तथा कार्यक्रम निर्माण गरी केन्द्रीय समितिसमक्ष अध्यक्षको नेतृत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरियो । तर, १७ महिना बितिसक्दा पनि अझै नीति तथा कार्यक्रम बन्न सकेको छैन । नीति तथा कार्यक्रमविनै संगठन चलाइरहनु अध्यक्षले संगठनको विधि र विधान भुल्नु होइन र ? यसरी संगठन अस्तव्यस्त अवस्थामा पुुग्दा केन्द्रीय समितिमा रहेको आफ्नो उपस्थितिप्रति नै प्रश्न गर्ने अवस्था बनिसकेको छ । त्यसैले माउपार्टी चलायमान भएन, चुस्त भएन भनेर झकझक्याउने नैतिक आधार पनि नेविसंघले गुमाउन थालेको छ । किनभने सिसाको घरमा बसेर बाहिरका मानिसलाई ढुंगा प्रहार गर्ने मुख्र्याइँ गर्न सकिन्न ।

दोस्रो बैठकबाटै विभक्त नेविसंघ प्रशिक्षणको नाम दिएर तेस्रो बैठक राखियो । तर, मातृपार्टी कांग्रेसले बनाएको नेविसंघ निर्देशन समितिको भाषण सुन्ने थलोका रूपमा मात्र तेस्रो बैठक सकियो । त्यसयता आजसम्म कोठामा दुई–चारजना साथीको भेटघाटबाहेक बैठक बस्न सकेको छैन । संगठन सुदृढीकरणका लागि न त बैठक बस्न सक्यो । बरु प्रदेश र क्षेत्रगत तहबाट भएका कार्यक्रमलाई नै स्पष्टीकरणका नाममा झनै धुरवीकृत बन्ने अवस्था सिर्जना गरियो । निर्वाचित केन्द्रीय समितिको आकर्षक कार्यक्रमको रूपमा जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ भन्ने नारासाथ त्रिचन्द्र क्याम्पसबाट पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा शुुभारम्भ गरिएको सदस्यता वितरण महाअभियान केबल औपचारिकतामा मात्र सीमित बन्न पुुग्यो । जिल्ला, क्षेत्र, क्याम्पस, सिटिइभिटी र माविसम्म पुर्याउने लक्ष्य लिइएको सदस्यता वितरण महाअभियान त्रिचन्द्रको प्रांगणबाहिर आउनै सकेन । केन्द्रीय समितिमा निर्वाचित भएको एक सदस्यको हैसियतले यी सब कार्य हुनुमा आपूmलाई पनि दोषको भागीदार ठान्नुबाहेक थप केही गर्न नसकिने अवस्थामा पुगिएको छ ।

यो त भयो संगठनमा देखिएको आन्तरिक अस्तव्यस्तता । अर्कातर्फ हामी मातृपार्टीलाई विधानसम्मत नचलेको भनी खबरदारी गरिरहेका छौँ । अझ पुस्ता हस्तान्तरण हाम्रो भाषणको विषय बन्ने गर्छ । तर विडम्बना, हामीले संगठनलाई विधानअनुसार सञ्चालन गर्नु त परको विषय, केन्द्रीय समितिलाई पूर्णता दिन र विभिन्न विभागसम्म गठन गर्न सकेका छैनौँ । चुनावअघि दिएको नाराजस्तै नेतृत्व इमानदार भए अब अर्को महाधिवेशनको तयारीमा लाग्नुपर्ने हो, किनकि बाध्यात्मक अवस्थाको नाममा समय नथपिए आगामी भदौदेखि यो नेतृत्वको कार्यकाल सकिन्छ । कार्यकाल सकिनुअघिसम्म विभिन्न विभाग गठन भए भने पनि त्यसले के काम गर्ला ? सोचनीय छ । वास्तवमा आज नेपाली विद्यार्थी आन्दोलन गम्भीर मोडमा आइपुुगेको छ । आन्तरिक किचलो र प्रतिस्पर्धा फरक विषय हो, वाम एकता हुँदै गरेको अवस्थामा आफ्नो अस्तित्व जीवन्त राख्न र विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउन हाम्रो धेरै क्रियाशीलता अपरिहार्य छ । तर, त्यसनिम्ति नेतृत्वका साथै गुट र उपगुटमा रमाउनेहरूले संगठनको बाह्य वातावरण सुुदृढीकरणमा कहिले दिन्छन् ध्यान ?

हाम्रो गुटगत राजनीतिको चक्रव्यूहका कारण विद्यार्थी अधिकारका लागि खर्चनुपर्ने मूल्यवान् समय कोठे बैठकमा त सीमित भएन हाम्रो ? शिक्षामा समानता, सर्टिफिकेट राखेर स्वरोजगारका लागि राज्यले बनाउनुपर्ने वातावरण, आधुनिक, प्राविधिक, शिक्षामा समयानुकूल परिमार्जन र प्रविधिमैत्री शिक्षालगायत हाम्रा एजेन्डालाई अरूले बोक्ने परिस्थिति बन्न दिनु हुन्न । यसका लागि अब नेतामुखी होइन, नीतिमुखी हुँदै आन्तरिक व्यवस्थापन गरी संगठन सबलीकरणमा लाग्न ढिला भइसकेको छ ।

विद्यार्थी अधिकारलाई सडकमा बहसमा ल्याएर गन्तव्यमा पुर्‍याउने र त्यसको उत्सव मनाउनेतिर लाग्न छाडेर व्यक्तिका जन्मोत्सव सामाजिक सञ्जाल तथा रेस्टुरेन्ट र होटेलमा मनाउन थाल्नु र विभिन्न ‘फ्लेवर’का बर्थडे केक काट्दै गर्दा देखिने एकताका झलक किन मुद्दामा विभाजित र विभक्त हुन्छन् ?

आशाअनुरूप कर्म नहुँदा निराशा उत्पन्न हुनु स्वाभाविक हो । तर, त्यही निराशाभित्र पनि आशा खोज्न सक्नु र भरोसायोग्य वातावरण बनाउनु नेतृत्वको गुण हो । आज नेविसंघमा निराशाभित्र आशा खोज्दै नयाँ कार्यदिशा र कार्यक्रमसहित अगाडि बढ्नु नेतृत्वको दायित्व हो । देशभित्र मात्र होइन, विदेशमा समेत अध्ययनरत नेविसंघप्रति आस्थावान् साथीलाई एकत्रित गर्दै सक्षम, सबल र ऊर्जाशील नेविसंघ निर्माणमा हामी केन्द्रीय समितिमा रहेका सदस्य तथा पदाधिकारी चुकिरहेका छौँ । यसतर्फ ध्यान दिँदै विद्यार्थीका वर्गीय तथा शैक्षिक मुद्दालाई उठान गर्दै नेविसंघको पुरानो साख जोगाउनु आजको अवश्यकता हो ।

(भट्ट नेविसंघ केन्द्रीय सदस्य हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या