२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिकट बस्तीमा नारी दिवसको संदेश कसले पुर्याउला र खै ?

२०७४, २४ फाल्गुन बिहीबार ०७:३४

सरस्वती अधिकारी/फागुन २४,काठमाडौं। एक्काइसौं शताब्दीमा फड्को मारिरहदा पनि अझै दुख लाग्छ, मन झसंग हुन्छ, पिरै पिरले मनमा आगोको ज्वाला दन्किन्छ, आफुले आफैलाई अनेकौ प्रश्न गर्न थाल्छन् छोरी भएर किन जन्मिए ?


छोरी भएर जन्मनु पाप त होइन ? तर पनि ठुलो पाप हो जस्तो लाग्छ | झस्किन्छ मन, हर पाइलामा अतालिन्छ, प्रश्नचिन्ह खडा भएर अगाडी उभिदिन्छ: कतै म पनि जिउदै आगोमा होमिनु त पर्दैन ? इज्जत लुटिएर बर्बाद पो हुन्छु की  ? हो यस्ता यस्तै अनेकौ त्रास बोकेर हिडेकी हुन्छे छोरी (नारी), र पनि यी प्रश्नहरुलाई आफ्नै मनभित्र गुम्साएर राख्न बाध्य छिन् नारी |

एक्काइसौं शताब्दीको बाटोहरुमा पनि हेपिएकी छे नारी, बेचिएकी छे नारी, पिछाडिएकी छे नारी, चाहे बालबिबाह होस् या बहुबिबाह, चाहे अनमेल बिबाह या दाइजो प्रथा नै किन नहोस आफ्नो हर इच्छा मनभित्र दबाएर, आशु पिउंदै बाचेकी हुन्छे |

पढ्ने, हास्ने, खेल्ने र रमाउने उमेरमै विबाह बन्धनमा बाधिनु पीडा त कति हो कत्ति, त्यसैमा पनि अनमेल बिबाह, अनि जवानीमै सिउँदो  खोसिनुको पीडा  सम्झदा पनि कहाली लागेर आउछ | जो सँग सँगै मर्ने सँगै बाच्ने कसम खाएको छ उसैले अर्को बिबाह गर्दाको पीडा त छदै छ | माइतीले  दाइजो नदिएको भन्दै जिउदै जल्नु कति असहज हुदो हो, मुटु झस्किन्छ, खलखली पसिना छुट्छ | 

बोक्सीको आरोप  पनि त्यहि नारी, अलच्छिनाको दोष पनि  त्यहि नारीलाई,  आरोप पनि कत्ति हो कति | बोले बाठी भै रे नबोले लाटी भई ,थोरै बोले ठुस्किई रे जे गरेपनि सुख छैन | विभेदको नि  हद हुन्छ नि | पुरुषले मात्र होइन नारीले नारीलाई गर्ने विभेद झनै बिकराल बन्दै गैरहेको | सासुले बुहारीलाई गर्ने विभेद होस या बुहारीले सासूलाई गर्ने विभेद नै किन नहोस नारी नारीबाट नै हेपिएकी छे आज |

३६४ दिन नारीलाई दबाउनेहरु १ दिन मात्र एकदिन नारी दिवस मनाउछन् | नारी स्वतन्त्रताको कुरा गर्छन नारी शसक्तिकरणको भाषण गर्छन् केहि पहुँचवालाहरुको सहभागितामा त्यहि पनि ५ तारे होटलमा | त्यहाँ हेपिएका,दबाइएका नारीहरुको सहभागिता होस् नि कसरी | केहि पहुँचवालाहरु हातमा मात्र छ नारी दिवस, डलरमा बिकेको छ नारी दिवस |

नारी शसक्तिकरणकै लागि भनेर लाखौ बजेट छुट्याइन्छ तर त्यो बजेट ५ तारे होटलमा नै सकिन्छ | गाउँका दुर दराजमा बस्ने ति आमाहरुको बेदना सुनिदिने खोई कसले हो ?  बिकट बस्तीमा नारी दिवसको संदेश कसले पुर्याउछ र खै ? त्यो पीडितको घाउमा कसले मलम लगाउछ र ? तैपनि आशाका  दियोहरु  निभेका छैनन्, बाटो हेरिरहेका छन् नारी दिवसको संदेश आफनै विकट बस्ति सम्म पनि आइपुग्छ कि भनेर | 

ती आशाका दियोहरु निभेर नजाओस, ती आखाहरू थकाईले ननिदाउँन वास्तविक पीडितसम्म पुगोस | नारी दिवस र नारी शसक्तिकरणका नाराहरु भोलिको दिनमा नारीहरु जिउदै जलेको सुन्न नपरोस,लैगिक विभेद भन्ने शब्द खतम होस्, नारी दिवस डलरमा बिक्ने खालको नहोस र नारामा सिमित नबनोस नारी हिंसाबिरुद्दको आवाज बुलन्द होस्, नारी दिवशको शुभकामना | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता