राजधानी देशको सबैभन्दा विकसित सहर जहाँ, पुर्वमेची देखि पश्चिम महाकाली सम्मका जनताहरु वसोवास गर्छन | हजारौं मान्छेहरु आफनो भविष्य उज्ज्वल बनाउन लागि दूरदराजका वस्तीदेखि राजधानी आउने गर्छन | उच्च श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजधानी देशको सबैभन्दा विकसित सहर जहाँ, पुर्वमेची देखि पश्चिम महाकाली सम्मका जनताहरु वसोवास गर्छन | हजारौं मान्छेहरु आफनो भविष्य उज्ज्वल बनाउन लागि दूरदराजका वस्तीदेखि राजधानी आउने गर्छन | उच्च श"/>
२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमै यस्तो छ भने कसरी पुग्ला र तिम्रो सिंहदरवार गाउँगाउँमा ?

२१ बैशाख २०७५, शुक्रबार १०:५६

सरस्वती अधिकारी (खुशी) | राजधानी देशको सबैभन्दा विकसित सहर जहाँ, पुर्वमेची देखि पश्चिम महाकाली सम्मका जनताहरु वसोवास गर्छन | हजारौं मान्छेहरु आफनो भविष्य उज्ज्वल बनाउन लागि दूरदराजका वस्तीदेखि राजधानी आउने गर्छन | उच्च शिक्षा होस् या राम्रो जागिर अनि सुखद जीवनयापन गर्न कै लागी नै किन नहोस उनीहरुले सबै भन्दा उत्तम थलो राजघनीलाई नै देख्ने गर्छन |

तर विडम्बना, यही राजधानी अथार्त काठमाडौँको परिवेश अथवा अवस्था केलाइरहदा के लाग्छ भने यो देशको सबैभन्दा अविकसित ठाउँ हो र यँहा कुनै पनि विकास गर्ने निकाय नै छैन् | सडक होस या खानेपानी नै किन नहोस् ,अव्यवस्थित दल होस् या फोहोर नै किन नहोस अस्तव्यस्त छ |

सडक कै कुरा गरौ घाम लाग्दा उकुसमुकुस हुने घुलो हुन्छ, जस्ले गर्दा सास फेर्न समेत हम्मे हम्मे पर्छ | त्यस्तै पानी पर्दा हिलाम्मे बनिदिन्छ सडक | कतै डुब्ने पो होकी, कतै चिप्लिएर लड्ने पो होकी भन्ने त्रास आम यात्रुमा रहेको छ | हिलो पनि यति सम्मको दल दल हुन्छ कि किसानले रोपाइँको लागि तयार पारेको खेत पनि यति दल दल हुन्न होला ? जबकी त्यो हिलो पार गर्दा यात्रुलाई सबैभन्दा ठुलो सफलता मिलेको महसुस भैदिन्छ | कहिले ढल निकासको नाममा भत्काईछ त कहिले खानेपानी पाइपलाइनको नाममा, भत्काईसकेपछाडी बनाउने कुरा त एकादेशको कथा नै हो  त्यसै नै अलपत्र छाडिदिन्छन् | यही पनि बल्ल बल्ल एउटाले पुरेको हुन्छ फेरी अर्कोले आएर भत्काउन सुरु गरिहाल्छ | यसको कुरा के गरि साध्धे छ र ?

त्यस्तै खानेपानी कै कुरा गरौ आजपनि राजधानीकै कतिपय ठाउँहरुमा पानीको हाहाकार नै मच्चिरहेको अवस्था छ | कतै कतै पानि पाइहाले पनि अशुद्ध पानी विचरा राजधानीबासि त्यही पानी पनि पिउन बाघ्य छन | सरकार मेलम्चीको कुरा गर्छ यता राजधानी वासीको मुख रसाउँछ, प्यास मेटिने कहिले हो रुथाहा छैन |

ढलको त के कुरा गर्नु र कुरा गर्दै गनाउछ | कलकल बग्ने बागमती र विष्णुमति होइन कलकल बग्ने ढलमतिको अवस्था छ | अनि त्यसै माथि फोहर थुपारीदिदा त् झन सुनमा सुगन्ध  भनेझैँ दुर्गन्ध माथि दुर्गन्ध ! हावा, पानी देखि लिएर पुरै वातावरण नै प्रदूषणको उच्च घेरामा रहेको छ |

अब तपाई आफै मूल्यांकन गनुहोस्, के नेपालमा विकासको गरे कुनै निकाय छ र ? शिक्षा ,स्वास्थ्य, राजनीति ,आथिर्क ,भौतिक सामजिक सबै क्षेत्र अस्थव्यस्त बनेको छ | त्यसैमा बढ्दो सहरीकरण अनि अव्यवस्थित घर निर्माण जता हेर्यो त्यतै भताभुङ्ग र लथालिङ्ग देखिन्छ | कुरा के गर्नु र ? उफ !


निकाय छैन भनौं भने दिनहुँजसो सम्वृद्धिका भाषण सिंहदरवार र संसद भवनभित्र गुन्जिरहेको हुन्छ | त्यसको पनि बाहिर निस्कन नपाउदै सिंहदरवार भित्र निसास्सिएर मरण हुन्छ |

कहिले सुनिन्छ, नेपालमा रेल आउँछ रे, कहिले सुनिन्छ चन्द्रमामा रकेट पठाउने अरे, अनि कहिले सुनिन्छ सुइजरल्याण्ड बनाउने कुरा | तर विडम्बना कहिले सुनिएन ढल व्यवस्थापनका कुरा ढिलो नियन्त्रणका कुरा | सुनिएपनि एकदिन संसद थर्किन्छ मात्र कार्यान्यन हुदैन | 

जब चुनाव आउछ अनि लाग्छ कि मेरो देशले काँचुली नै फेर्दै छ | अब विकासका ढोकाहरु खुल्ला भए भनेर | हुन पनि हो त्यतिबेला दूरदराजका वस्तीसम्म ती नाराहरु गुन्जायमान हुन्छ | अनि फेरी ती सोझा जनताले विश्वास गर्न बाध्य हुन्छन् | झन् तिनले तयार पारेका घोषणा पत्र हेरिसकेपछी त झन् विश्वास नलाग्ने पनि कसरि होला ?

अनि घोषणा पत्र पढीसके पछाडी भोट नदिई पनि कसरि बस्न सकिन्छ र ? 

जब चुनाव आउछ अनि भोट माग्नकै लागी दुरदराजमा विकासको एजेन्डा बोकेर पुग्छन्, यस्तो गर्छु, उस्तो गर्छु भनि सोझा जनतालाई प्रलोभन देखाउन सारै खप्पिस छन् हाम्रा नेताहरु | जनताको मन जितेरै छाड्छन् | अनि जब चुनाव जितिन्छ नि तव न नेता फर्किन्छ न त नेताको चुनावी घोषणा पत्र नै काम लाग्छ | जनतामाथि घात  र प्रतिघात हुन्छ | जित्नेहरु ऐसआराम र विलासीता को भुमरीमा हराइसकेका हुन्छन्, भने हार्नेहरु मलाई जिताएको भए यस्तो गर्थे त्यस्तो गर्थे भनि जनतालाई आश्वासन दिलाउन र प्रतिपक्षमा बसेर खुट्टा तान्ने काम नै व्यस्त हुन्छन् |

यसरि एकअर्कालाई आरोप र प्रत्यारोप लगाउदैमा अवधि सकिन्छ | अनि फेरी त्यहि प्रक्रिया दोहोरिन्छ, चुनाव आउछ दुर दराजमा पनि सम्वृद्दीको नाराहरु गुन्जाएमान बनिदिन्छ अनि फेरी अर्कोले जित्छ, तर हालत उही भइदिन्छ | 

सत्ता र भत्ताको बिचको द्वन्द्व हुन्छ अनि त्यहि द्वन्द्व बिचमै टुंगिन्छ सम्वृद्धिका नाराहरु | के सत्ता र भत्ताको खेल नै सम्वृद्धि हो ? होइन भने तिमीले भोट माग्दा भनेको सम्वृद्धि दुर दराजका वस्तीहरुमा कहिले आउँछ ? राजधानीकै हालत यस्तो दयनीय छ भने अलिकति पनि सोच्ने शक्ति तिमी नेताहरुमा छ भने सोच टि दुर दराजको वस्ती कतातिर गुज्रिएको छ होला ? कहिल्यै कल्पना गर्छौ टि वस्तीहरुको ? के चुनाव जित्नकै लागी हो तिमीहरुको घोषणा पत्र अनि त्यस भित्रका विकास एजेन्डा ? तिमि त चिल्ला कार चद्छौ न कुनै अवरोध न कुनै समस्या नै जेल्नु पर्छ | किनकि तिमि पंहुचवाला हौ उस्तै परे पुरै बाटो नै रोकेर सवारी गर्छौ | समस्या त ती जनतालाई छ जसले तिमीलाई सामान्य जीवनबाट कार चड्ने त्यो हैसियतमा पुर्याए | 

तर तिमीले त्यो बुझ्न पनि सकेनौ र बुझ्न पनि चाहेनौं, कतिले त बुझेर पनि बुझ पचाए |

गाउँगाउँमा सिंहदरवार पुग्छ भन्थ्यौ,  राजधानी भित्र त यस्तो हालत छ भने कसरि पुग्ला र तिम्रो सिंहदरवार गाउँगाउँमा ? दुरदराजको कुरा त के गर्नु राजधानीसँगै जोडिएको जिल्लाको अवस्था त नाजुक छ भने ? तिम्रो सम्वृद्धिको नाराहरु कसरि पुग्लान र ती विकट वस्तीहरुमा ? अँह पत्याइन मैले त ! 

तिमी जनप्रतिनिधिहरु त मस्त निन्द्रामा छौ | जबसम्म तिम्रो अवधि सकिदैन तबसम्म तिम्रो निन्द्राले तिमीलाई छोड्दैन | अनि त्यति बेला फेरी उही परिवेश दोहोरिन्छ | 

कहिलेसम्म मस्त निद्रामा पर्छौ तिमी ? अनि ती सम्वृद्धिका नाराहरु कहिले बिउंझन्छन् ? जनाताहरु कुरेर बसिरहेका छन् | कहिलेसम्म कुराउछौ ? ती टोलाइरहेका ती आखाहरू बन्द हुनुभन्दा पहिले तिम्रा सम्वृद्धिका नाराहरु पुगोस् ती दुर दराजमा | आशहरु निरास नबनुन् मेरो भन्नु यत्ति नै हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ