२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीले फेसबुक मात्रै चलाएर विकास, समृद्धि र परिवर्तन कसरी ल्याउलान र खै ?

२०७५, १३ जेष्ठ आईतवार ०९:४८

लोकेन्द्र प्रशाद जोशी/जेठ १३, दार्चुला ।


माथिको तस्बीर दार्चुला जिल्लाका प्रमुख हस्तीहरु जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुखहरु, बिभिन्न कार्यालय, संघ संस्था प्रमुख लगायत व्यक्तीत्तहरुको हो । महाकाली नगरपालिका ५ गल्फैस्थित सुर्य प्रकाश डिलक्स होटलको बैठक हलमा एउटा महत्तपुर्ण टेलिभिजन कार्यक्रमको रेकर्डीङको पुर्ब तयारी भइरहदा सबैको आँखा फेसबुकमा झुमेको थियो । म लगायत सबैको ध्यान एकाग्र भएको थियो मात्र मोबाइलको पर्दामा, सबै जना इन्टरनेटमा ध्यानमग्न भएको बेला म संगै बस्नुभएका पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीले मलाइ झस्काउँनुभयो, झस्कीनुको कारण म पनि फेसबुकमा अपडेट भएका पोष्टहरु हेर्दै म्यासेन्जरमा साथीहरुसंगको कुराकानीमा अलिअलि ब्यस्त नै थिए ….. प्रशंग हो फेसबुकको ब्यस्तता समाजिक सञ्जालमा ध्यानमग्न हुने सबैको साझा लत बन्दै गएको छ ।

बिहान आखाँ खुल्ने बित्तिकै सायद शौच लगायतका नियमित दिनचर्या गर्नुभन्दा पहिले मोबाइल खोलेर इन्टरनेट (फोसबुक, ट्युटर) चलाउँने बानि धेरैको बनिसकेको छ । बिउँझिएपछि सबै काम छोडेर कसले के पोष्ट गरेको छ ? कहाँ के के भैरहेको छ ? अर्थात के कुराले समाजिक सञ्जालमा चर्चा पाएको छ, भनेर फेसबुक हेर्नै पर्ने लत बसेको छ, हामी धेरैको । सरसर्ती साथीहरुका पोष्टहरु हेरीसकेपछि अरु काममा हात हाल्ने मन लाग्ने गरेको धेरैको साझा बानि होला नि है ? सकारात्मक नकारात्मक बिषय र प्रात्रलाइ लिएर दोहोरी नै चल्ने गरेको छ, हामीहरुको !

पछिल्लो समय समाजिक सञ्चालको ब्यस्तताले आफ्नो जिम्मेवारीमा रहेको काम समयमै नसकिने, बिद्यालय समय ढीलो भएको, खाना सेलाएको, मेटिङ लगायत धेरैधेरै काम छुटेको बिषय सामान्य बन्दै गएको छ । अभिभाबकहरुसंग बस्नुपर्दाको दिन त घुमाउँरो भाषामा गाली पनि खानुपर्छ हामीले ।  

मेरो आफ्नो कुरा गर्दा फेसबुक तथा ट्वीटरमा राखिएका समाचार तथा साथीका पोष्ट हेर्दाहेर्दै समय घर्केको पत्तै हुँदैन । आजै गर्नुपर्ने आफ्ना काम भरे, भोलि गरौंला भन्दाभन्दै धेरै दिन धकेलिदा समेत फेसबुकलाइ दिने समय त जसरीपनि ब्यबस्थापन गर्ने लत नै बनेको छ । कहिलेकाही सोच्दा सामाजिक सञ्जालप्रतिको यो ब्यस्तताले हाम्रा दैनिक गतिविधि नै अनियमित बनेका छन भनेर सोच्छु, तर इन्टरनेट चलाउँन थाल्यो कि टेलिकमसंग सापटी मागेको पैसा समेत सकिएको पत्तो हुदैन ।

घर, कोठा, कार्यालयमा मात्र होइन, बाटोघाटो, चिया चोक, प्रतिक्षालय अनि सार्बजनिक सवारी साधनमा समेत मोबाइलमा इन्टरनेट चलाउँनै पर्ने बानि बनिसकेको छ, म जस्तै हामी धेरैको । सोचिन्छ, मोबाइलबिनाको जीवन कस्तो हुन्थ्यो होला है ? उसो त केहि बर्ष पहिले गाउँघरसम्म फोनसम्मको सुबिधा नहुदापनि जीबन त चलेकै थियो तर बिश्व जगतका गतिबिधिहरुबारे यतिसारो अपडेट हुन भने पक्कै सकिएको थिएन ।

फेसबुकमा हुने स्टाटस, च्याट, ग्रुप च्याट, भ्वाइस कल, भिडियो कल लगायतको माध्यमबाट संसारको जुनसुकै कुनामा भएपनि एउटा मोबाइलको भरमा आफ्ना कुरा र गतिविधि साटासाट गर्न सकिन्छ । अर्थात यसरी भनौ, सिगों बिश्वजगत नै मानिसको मुठ्ठीमा बाधिएको छ ।

धेरै कुरामा हाम्रो जीबनशैलि सहजपनि बनाएको छ, समाजिक सञ्जालले तर धेरैको जीवन बर्बाद बनाउने माध्यम पनि बनेको छ । मानिसको निकै ब्यस्त, महत्वपूर्ण तथा उर्जाशील समय फेसबुक, ट्युटर लगायतका सामाजिक सञ्जालमा खर्च भैरहेको छ । धेरैको पैसा, समय मात्रै हैन, जीबन नै बर्बादीको दिशामा पनि हिडिरहेको छ । आफ्नो जिम्मेवारी, काम, कर्तब्य, भुमिकामा लगनसिल हुनुपर्ने समयमा बिभिन्न नकारात्मक काममा लागेर समाज, घर, परिवार अर्थात आफ्नो सुन्दर अमूल्य जीबन नै बर्दाद भइरहेको छ, भन्दा फरक नपर्ला । धेरैले त ज्यान समेत गुमाएका घटनाहरु प्रशस्तै सुन्न र देख्न पाइन्छन ।

सामाजिक सञ्जाललाइ सूचना, शिक्षा र मनोरञ्जनको माध्यम बनाउँनु त सकारात्मक होला तर बिभिन्न विकृतिहरुको तलतलमा फस्दैजादा बिद्यार्थी, कर्मचारी, बुद्धिजिबि लगायत आम नागरीकको जीबन बर्बादीको दिशामा अघी बढीरहेको छ ।

कक्षा कोठामा बिद्यार्थीले पढाइ छोडेर फेसबुक चलाउँने, शिक्षकले पढाउँन छोडेर फेसबुक चलाउँने, सबै क्षेत्रका कर्मचारी, जनप्रतिनिधिले दैनिक कार्यसम्पादन गर्न छोडेर फेसबुक चलाउँने हुदाहुदा सबै सर्बसाधारण मानिसको समुहले फेसबुक चलाउँने हो भने काम कस्ले गर्ने र प्रगति, बिकास, समृद्धि हुने कसरी ? यो बिषयमा सबैले समयमै सचेत बन्न सके अर्थात फेसबुकसंगै जिम्मेवारी, काम कारबाहि समेत पुरा गर्न सके सुनमा सुगन्ध हुने थियो कि ? यसै गतिमा फेसबुकको दुरुपयोग हुने हो भने कार्यालय समयमा फेसबुक बन्द र बिद्यालयमा प्रतिबन्ध गरीनुपर्छ,  …. बाकि पाठककै जिम्मामा !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री