२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक प्रकोपबाट बच्न बेलैमा सजग बनौँ

१७ असार २०७५, आईतवार ०७:५१

फणीन्द्र फुयाल (ज्वाला) | यस वर्षको बर्षायाम सुरु भइसकेको छ । नेपालमा पश्चिमी बायु (बंगालको खाडी) को प्रभावका कारण मौसममा परिवर्तन हुने गरेको मौसमविदहरुले भन्ने गरेका छन् । हरेक वर्ष नेपालमा भारी वर्षाका कारण लाखौँ धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्र भारी वर्षा हुँदा देशको प्रमुख राजधानी काठमाडौं, भक्तपुर, पूर्वि तथा पश्चिम तराईका धेरै मानिसहरुको उठिबास भयोे, घर र झुपडीहरु डुवानमा परे भने हजारौँ बिघामा लगाइएको धान र तरकारी बालि नष्ट भयो । पहाडी जिल्लाका धेरै स्थानमा भूकम्पले पिडित नेपाली पहिरोको चपेटामा परे ।

नेपाल जस्तो बिकासोन्मुख र हिमाल, पहाड अनि तराईको भौगोलिक उपहार प्राप्त देशमा वर्षैनी प्राकृतिक प्रकोपका कारण धेरै क्षति हुने गरेको छ । सुख्खा याममा डँढेलो र आगलागिबाट पिडित हुने नेपालीहरु वर्षौँदेखि यस्ता प्रकृतिक प्रकोपको सिकार हँुदै आएका छन् । देश यतिबेला संघीयता प्रणालीमा गइसकेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा प्रत्यायोजन भइसकेको यस परिप्रेक्षमा प्राकिृतक प्रकोपको लागि आर्थिक र भौतिक रुपमा सहयोग गर्न सबै गाउँपालिका, नगरपालिका, स्थानीय सरकार, प्रदेश सरकार र समग्रमा केन्द्रीय सरकार तयारी अवस्थामा रहनु पर्दछ । सबै जिल्लाका दैविप्रकोप व्यवस्थापन समिति, रेडक्रस, सामाजिक संघ संस्था र विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि तम्तयार अवस्थामा बसिरहनु पर्छ । 

दैबिप्रकोपमा परेका नेपालीहरुको समयमै उद्धार र राहत वितरण गर्न सरकारले गाउँ गाउँमा टोलि खटाउन सक्ने गरी बैलेमा व्यवस्था मिलाई रहनु पर्छ । यातायातको पहुँच नपुगेका स्थानमा उद्धार र राहत वितरण गर्न सरकारले पर्याप्त मात्रामा हेलिकोप्टर, पहिरोले सडक अवरुद्ध पुर्याउन सक्ने सम्भावित स्थानमा बेलैमा डोजर र पर्याप्त बजेटको पनि व्यवस्था मिलाइराख्न जरुरी छ । दूर्घटना र दैविप्रकोपले कतिबेला कस्तो रुप धारण गरेर प्रस्तुत हुन्छ त्यसको पूर्णं रुपमा पूर्व जानकारी नहुने भएकाले क्षति कम गर्न भने बेलैमा सचेत भएको खण्डमा ठूलो दूर्घटनाबाट जोगिन सकिन्छ ।

खासगरी नेपालमा कतिबेला कुन समस्या देखा पर्छ ? कति क्षति हुन्छ ? अनि मात्र त्यससम्बन्धि नीति, नियम बनाउने कार्यले गर्दा यो देश प्रयोगशालाको रुपमा धेरै वर्षदेखि चल्दै आयो । राजनीतिक रुपमा जसरी देश लामो समयदेखि तरल अवस्थामा बहदै आयो देशका अन्य निकायहरु पनि त्यसको सिकार बन्दै गए । यतिबेला देशले बल्ल एउटा मूर्त रुप लिन खोज्दै छ । देशमा स्थायी सरकार निर्माण भइसकेको छ । राजनीतिक तरलताको अन्त्य भएको छ । बिगतका कमि कमजोरीहरुबाट पाठ सिक्दै, वैदेशिक सहायता लिँदै सरकार अगाडि बढिरहेको छ । 

सरकारले गरेका हरेक कामको बिरोध गर्ने मात्र होइन देश निर्माणमा हरेक क्षेत्र र बर्गका नागरिकले आफ्नो दायत्वि पनि पुरा गर्दै जाने हो भने आगामि दिनमा आउन सक्ने हरेक प्रकारका प्राकृतिक, राजनीतक, आर्थिक, साँस्कृतीक र मानवनिर्मित समस्याहरुको सहजै समाधान गर्दै देशलाई संविधानमा उल्लेख गरिए जस्तै समाजवाद सम्म पुर्याउन सकिने थियो । यसमा सरकारको मात्र मुख ताकेर नभई हरेक नेपालीले आफ्नो तर्फबाट पनि केही समाजसेवी भावले काम गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो