राजन तिमल्सिना (सचिव – माओवादी केन्द्र) |
कम्युनिस्टहरुको दर्शन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यसको सारततव माक्र्सवाद लेनिनवाद माओवादको रुपमा अभिव्यक्त हुन्छ । ढोगी र पाखण्डी कम्युनिष्टहरु दस्तावेजमा माक्र्सवादको कुरा गर्छन तर व्यवहारमा अध्यात्मवाद र धर्मको सहारा लिन्छन । उनीहरु रुपमा क्रान्तिकारी जस्तो देखिएता पनि सारमा संशोधनवादी र प्रतिक्रियावादी चारित्रिक र व्यवहारीक विशेषता बोकेका हुन्छन । तीनिहरुमध्ये कोही अज्ञानता र अशिक्षाको कारण त कोही कम्युष्टि आन्दोलनलाई बदनाम र ध्वंस गर्न सूनियोजित ढंगले कम्युनिष्ट आन्दोलनमा घुसपैठ भएका हुन्छन । कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न, सुधारवादी दलदलमा फसाएर शोषणको चक्रव्यूहलाई बचाई राख्नु र पुरानो शोषणमूलक समाजलाई निरन्तरता दिन हरियो घाँसभित्र लुकेको साँपको जस्तो छद्यभेषी चरित्र प्रदर्शन गर्नु सुधारवादी, संशोधनवादी कम्युनिष्टहरुको मूल चारित्रीक विशेषता हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी र उसका नेता कार्यकर्ताले समाजका श्रेष्ठतम नागरिकको रुपमा आफूलाई उभ्याउन र मानव समूदायको परिवर्तनको सदिक्षा पूरा गर्न कस्तो ढंगको शिद्धान्त, विचार, संस्कृति, कार्यशैली र जीवनशैली अपनाउने भन्ने कुरा नै पार्टी र नेतृत्वको स्तर निर्धारण गर्दछ । भौतिक जगत, मानव समाज र त्यसमा भएका अनेकै क्रियाकलापलाई शैद्धान्तिक र सांस्कृतिक दृष्टिकोणले हेर्दा हामी कम्युनिष्ट वा गौर कम्युष्टि के हो भन्ने कुराको निर्धारण गर्दछ । कम्युनिष्टहरुको दर्शन अध्यात्मवादी हो वा भौतिकवादी भन्ने कुरा छुट्याउनै गाह्रो बन्ने अवस्था कतिपय नेतृतवका क्रियाकलापले सिर्जना हुन गएको छ, त्यसको निरुपण नगरी क्रान्तिकारी पार्टी र नेतृत्वको कल्पना गर्न सकिदैन ।
आदीमकालमा मानिसहरुको अज्ञानताले सृष्टि, जीवन र जगतका नियमहरुको उत्तर खोज्ने क्रममा मानव समुदायमाथि आइलाग्ने अनगिन्ति प्राकृतिक प्रकोप र पीडाहरुबाट राहत पाउने उदेश्यले उनीहरुले अदृश्य शक्ति (ईश्वर, राक्षस, भूतपे्रत) आदिलाई कारण माने । उनीहरुले झरी, वादल, चट्याङ, आँधीवेरी जस्ता घटनामा परलौकिक, अलौकिक, दानवी वा ईश्वर शक्तिको खेल भएको अनुमान गरे र सोही आधारमा अलौकिक शक्ति वा ईश्वरलाई स्थान दिन पुगे । मानिसले अशिक्षा र अज्ञानताको कारण त्यस समयमा कल्पनामा जन्माएको ईश्वरले आजको शताब्दीमा समेत राज गरिरहेको छ । विज्ञानको आलोमा धर्मको मृत्यु भएको हजारौं वर्ष भैसक्दा पनि यसले आफ्नो अस्तित्व बचाउनुमा सामन्तवादी र पूँजीवादी सत्ताको हात रहेको छ । शासकवर्गले आफ्नो सत्ता टिकाइराख्न र शोषकवर्गले आफ्नो शोषणलाई जारी राख्न शक्तिशाली शास्त्रको रुपमा धर्मलाई संरक्षण गर्दै आएका छ । जव विज्ञानले पानी कसरी पर्छ, चट्याङ्ग कसरी चट्कन्छ, मेघ कसरी गर्जन्छ, आँधीहुरी वतास कसरी चल्छ, दिनरात कसरी हुन्छ, मानिसको जन्म र मृत्यु कसरी हुन्छ भन्ने जिज्ञासाको हलगरी सकेपछि धर्म र आध्यत्मवादको मृत्यु भएको हो । विभिन्न भूगोल र कालखण्डमा मानिसहरुले आफूमाथि आईलागेका दुखकष्ट, आपतविपत, झन्झट, अल्झनबाट संकटमोचनका लागि विभिन्न नाम र रुपका ईश्वरको कल्पना गरे जस्तो हिन्दु, बौद्ध, इस्लाम, इसाई, शिख लगाएत अनगिन्ति धर्महरुको जन्म भयो । समयक्रममा विकास भएका धर्महरुले रुप फरक फरक देखिएतापनि सारमा धर्मले शासकवर्ग र पूँजीपतिवर्गको पक्षपोषण र सेवा गर्दै अएको छ । यसको सारतत्व परिवर्तन र श्रमजीविवर्गको मुक्ति विरुद्ध केन्द्रीत छ र यसले परिवर्तनलाई रोक्न आफ्नो भएभरको बासीबुद्धिको प्रयोग गर्दछ । विज्ञान र त्यसका परिवर्तनशील उपलब्धिको बिरोध गर्नु धर्मको मूल विशेषता रहेको छ । विज्ञान वा माक्र्सवाद श्रमजीवी कामदारवर्गको दर्शन र मुक्तिमार्ग हो भने धर्म सत्ताधारी शोषकवर्गको शोषण र दमनको शास्त्र र औजार हो ।
अध्यात्मवाद वा धर्म शोषकवर्ग र पूँजीपतिवर्गको दर्शन भएकाले यसले शोषक वर्गको सेवा गर्छ र मानवजातीलाई विभिन्न काल्पनीक कथा हालेर दासता र शोषणको दुष्चक्रमा फसाँइ श्रमजीविवर्गको प्रगतीपथलाई अवरुद्ध पार्दछ । अध्यात्मवादीहरुले विज्ञानको विकासलाई अवरुद्ध गर्न विभिन्न कालखण्डमा भौतिकवादी वैज्ञानिकहरुमाथि अनेकन ज्यादतीका गर्नुका साथै वैज्ञानीकहरुलाई जलाउने सम्मका पाखण्डी हर्कत गरेका थिए । यदि धर्म र अध्यात्मवादले भने जस्तो पृथ्वीको उत्पतीको कारण धर्म भैदिएको भए धर्मै पिच्छेका अनेकै पृथ्वी हुन्थे र मानव जगतलाई सहज हुने थियो । शोषकवर्गले धर्म, तपस्या र दानदक्षिणाद्वारा आफ्नो मनोकांक्षा पूराहुने अन्धताको खेती गर्दै आइरहेकाछन । पुरोहित, पण्डित, पादरी आदीले दावी गरेजस्तै भेदिएको भए आज कतै गाँस, बास, कपास, शिक्षा, स्वस्थ्य, रोजगारको कुनै चिन्ता हुने थिएन ।
माक्र्सवाद विज्ञान हुनुका नाताले यसले पृथ्वीको उत्पत्ति, मानव जातीको विकासक्रम र भौतिक जगत त्यसका भौतिक र सामाजिक घटनाक्रमहरुको बस्तुगत र वैज्ञानिक व्याख्या विश्लेषण गर्दछ । कम्युनिष्टहरु माक्र्सवादका वैज्ञानिक प्रस्थापनाहरुको आधारमा आफ्ना दृष्टिकोण र व्यवहारलाई प्रदर्शित गर्ने हुनाले अन्य बुर्जुवा भन्दा फरक ढंगको जीवनशैली अपनाउनु पर्ने हुन्छ । कम्युनिष्टहरु नयाँ धातुले बनेका मान्छे हुन भनि स्टालिनले भन्नु भएको थियो । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा साँस्कृतिक रुपान्तरण भएको हुनुपर्छ अर्थात सांस्कृतिक रुपमै नयाँ मान्छे हुनु पर्दछ । नेपाल लगाएत भारतबेस्टित देशहरुमा माक्र्सवादी दर्शनमा भष्ट्रिकरण हुनु यसक्षेत्रको सामाजिक, सांस्कृतिक र धार्मिक कारण प्रमुख बनेको छ । कम्युनिष्टहरुले आफ्नो विश्वदृष्ट्रिकोणद्वारा वर्ग, जात, वर्ण, धर्मका आधारमा मानव विभेदको अवस्थको वस्तुवादी र यथार्थ चित्रण गर्न सक्नु पर्छ ।
कम्युनिष्टहरुले सहि विश्दृष्टिकोण नबनाई न जगतलाई बुझ्न सक्छन् न त जगतलाई बदल्न नै सक्दछन् । कम्युनिष्टहरुले भौतिक जगत, मानव समाज र सामाजिक क्रियाकलापहरुको विश्लेषण गर्दा ध्ष्तजयगत क्ष्लखभकतष्नबतष्यलक लय च्ष्नजत तय क्उभभप भन्ने कुरालाई केन्द्रमा राखेर मात्रै आफ्नो विश्वदृष्टिकोण बनाउनु पर्दछ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले सर्वहारावादी संस्कृतिको विकास गर्न आर्थिक, सामाजिक, सांस्कृतिक स्थितिको नयाँढंगले विश्लेषण गर्न सक्नु पर्छ । यसरी हाम्रो जीवनशैलीले सर्वहारावर्गीय चरित्र ग्रहण गरेको छैन भने रुपान्तरणको विधि के हुन सक्छ त्यसको माक्र्सवादी निरुपण खोज्नु पर्दछ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको जीवन व्यवहार हेर्दा कहिलेकाहीँ बुर्जुवा नेता तथा कार्यकर्ता भन्दा फरक पाउन सकिदैन जसको कारण जनताले कम्युनिष्ट र गैरकम्युनिष्ट छुट्याउन गा¥हो पर्छ । कम्युनिष्ट पार्टीको आवरणमा कुनै समय क्रान्तिकारी भनेर चिनिएका व्यक्तिबाट यतिसम्मको तल्लोस्तरको गैरसर्वहारा वर्गीय व्यवहार प्रदर्शीत हुन्छ कि उनीहरु सगौरव अध्यात्मिक र धार्मिक क्रियाकलापमा लागेको पाइन्छ । यो ढोगी र पाखण्डिपना हो साथै माक्र्सवादी स्कुलिङको कमि र रुपान्तरणको समस्या हो ।
वुर्जुवावर्गको दर्शनले ५ हजार वर्षदेखि एकछत्ररुपमा मानिसको दिमागलाई प्रदुशित पारेका थियो । जव सन् १८४८ मा कार्ल माक्र्स र फेडरिक एगेल्सले कम्युनिष्ट घोषणापत्र प्रकाशन गर्नु भयो त्यसपछि मात्र श्रमजीवी सर्वहारावर्गले आफ्नो दर्शन पायो । माक्र्सवादी शिद्धान्तको विकासक्रम हेर्दा २७० वर्षको छोटो अवधिमा यसको प्रचार र छापको हिसावले धेरै अगाडि भएपनि रुपान्तरणको हिसावले निकै पछि परेको छ जसको कारण प्रतिक्रान्तिका अनगिन्ति श्रृखला घटेका छन् । कम्युनिस्ट पार्टी सत्तासीन हुदापनि माक्र्सवादी विश्वविद्यालय स्थापना गर्न नसक्नु र आफ्नो पंक्तिलाई सुदृढ गर्न नसक्नु विडम्वना हो । कम्युनिष्ट पार्टीमा जीवनभर काम गर्दापनि बुर्जुवावर्गको भन्दा माथिल्लो चेतनास्तर र जीवनशैली नहुनु सामन्तवादी अवशेष र संशोधनवादी रुझानको बिरासत हो । कम्युनिष्ट पार्टीको नेतृत्व र वुर्जुवाहरुको नेतृतवमा व्यवहार उस्तै हुनुमा राजनैतिक, वैचारीक र सांस्कृतिक रुपान्तरणको खडेरी हो, यस समस्याको लागि निरन्तर पार्टीको स्कुलिङ र नेता कार्यकर्ताको परीक्षा प्रणालीको लागू गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टीले स्कुलिङ्ग बिभागको कामलाई पार्टी निर्माणको मुख्य आधार मान्नु पर्दछ । कम्युनिष्ट पार्टीको दर्शन वर्गसंघर्षको दर्शन भएकाले समाज र सामाजिक परिघटनाहरुको वर्गविश्लेषण गर्न निपुर्ण हुनु पर्दछ । कम्युनिष्टहरु साँस्कृतिक रुपमा रुपान्तरण नभई वास्तविक मानव बन्न सक्दैन । समाजमा रुपान्तरित नभएको पशुपतीका बाँदर जस्ता वुर्जुवा र संशोधनवादी ढोगी कम्युनिष्ट हुन भने रुपान्तरित भएको नयाँपुर्खा भनेका क्रान्तिकारी कम्युष्टिहरु हुन । वाँदरबाट मानिसमा रुपान्तरण लामो र दीर्घकालीन संघर्षको परिणति थियो भने त्यो आफै अलौकिक वा स्वतःस्फुर्त रुपमा बदलिएको थिएन । आदिम सम्यवाद हुदै सामान्ती युग, पूँजीवादी युग र समाजवादी युगको वस्तुनिष्ठ बुझई बिना कोही पनि सच्चा कम्युष्टि बन्न सक्दैन ।
कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी र वर्गसचेत डफ्फाको रुपमा विकास गर्न माक्र्सवादको रक्षा प्रयोग र विकासका साथै निरन्तर वर्गसंघषमा भाग लिनु पर्दछ । श्रम र वर्गसंघषबाट कटेको नेतृत्वले न परिवर्तनको पहल लिन सक्छ न कम्युनिस्ट पार्टीको नेता बन्न सक्छ । कम्युनिष्ट पाटी भनेको वर्गसंघर्ष उत्पादनको लागि संघर्ष र समाजको आमुल रुपान्तरण गर्ने नेतृत्वदायी संस्था हो । माक्र्सवाद लेननिवाद माओवादको वैचारिक दिग्दर्शनमा मात्रै सर्वहारावर्गको पार्टीले आफ्नो कार्यभार पूरा गर्न सक्छ । कम्युनिष्ट पार्टीले समाज र दुनियाँ बदल्न वैज्ञानिक विधिको आधारमा पार्टी संगठनलाई संचालन गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले आफ्नो उच्चतहदेखि आधारभूत तहसम्मको नेतृत्वलाई वैचारीक रुपमा पारंगत नबनाई क्रान्तिको कुरा निरर्थक बन्न जान्छ । जवसम्म नेतृत्वमा नै वैचारिक अस्पष्टता हुन्छ तवसम्म आन्दोलनले गोलचक्कर मात्रै मार्दछ क्रान्ति र परिवर्तन हुदैन ।
कम्युनिष्टहरुको रुपान्तरण कस्तो हो ? यो कसरी गर्न सकिन्छ ? र यसको वैज्ञानिक कार्यबिधि के हुनसक्छ ? यस्ता तमाम प्रश्नहरुको घेरामा क्रान्तिकारी नेतृत्वको परिक्षा हुदैछ । समाज र संस्कृति बदल्नको लागि सबैभन्दा पहिलो सर्त नेता तथा कार्यकर्ता सांस्कृतिक रुपले नै बदलिनु पर्छ, जवसम्म नेता कार्यकर्ता बदलिदैन तवसम्म नयाँढंगको क्रान्तिकारी पार्टी बन्न सक्दैन । कम्युनिष्ट पार्टी र उसका नेता कार्यकर्ताले अन्धविस्वास, रुढिवाद र आध्यात्मिक चिन्तनको परित्यग नगरेसम्म न क्रान्तिकारी पार्टी निमार्ण हुन्छ, न क्रान्तिकारी नेतृत्वको जन्म नै हुन्छ न त क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ । वैचारिक र सांस्कृतिक रुपान्तरणको लागि विशेषतः क. माओले महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई निशर्तरुपमा प्रस्थान विन्दु मान्नु भएको थियो ।
कम्युनिष्ट पार्टीहरुमध्ये कुन पार्टी वास्तविकरुपमा कम्युनिष्ट पार्टी हो र कुन पार्टी ढोगी कम्युनिस्ट पार्टी हो भनेर जाँच्ने विधि भनेको मालेमावादी विचारको अनुशरण र प्रयोग नै मुख्या आधार हो । कम्युनिष्टहरुले पारिवारिक सम्बन्धलाई वर्गधरातल कै आधारमा उभ्याउने कुरा कम्युनिस्टहरुको नीजि तथा व्यक्तिगत कुरा मात्र नभएर उसको विश्वदृष्टिकोण सवाल हो । जवसम्म परिवारलाई राजनीतिकरण र वैचारिकरण गर्न सकिदैन तवसम्म नेतृत्वको समेत रुपान्तरणमा ब्यवधान र अवरोध पैदा हुन्छ । बदलिँदो भौतिक जगतका हरेक चीजहरु गतिशील र परिवर्तनशील छन । भौतिक जगत, मानव समाज र सामाजिक क्रियाकलापले जनताको मानसिकतामा परिवर्तित राजनीतिक अवस्थाको बोध गराउदछ । पार्टी नेतृत्वको दृष्टिकोण र जीवनशैलीबाट कार्यकर्ताले सिक्ने भएकाले नेतृत्वले सदैव जनता, समाज र कार्यकर्ता पंक्तिको घेराबन्धी र निगरानीमा छु भन्ने कुरा कहिल्यै भुल्न हुदैन ।
वैचारिक र सांस्कृतिक रुपान्तरणका सम्बन्धमा नेता तथा कार्यकर्तामा किन धार्मिक र अध्यात्मिक चिन्तन, व्यवहार देखिन्छ यसको निराकरण नगरी क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतृत्वको विकास हुन सक्छ ? कम्युनिष्ट नामका संशोधनवादी पार्टीनेतृत्वको वैचारिक र सांस्कृतिक विचलनको पराकाष्ठामा पुगेको कुरा उनीहरुका क्रियाकलापले पुष्टि गरेको छ । जस्तो प्रचण्डको भैसी पूजा र अन्य पूजापाठमा सहभागिता, ओेलीको पनि सोही प्रकृतिका आध्यात्मिक र धार्मिक कार्यमा सहभागिता, वैद्यजीको रुद्राक्षमोह र विप्लवको सांस्कृतिक पर्वदेखि छोराछोरीको बिबाह उत्सव आदि । यसरी आन्दोलनमा स्थापित नेतृत्वको सर्वहारा विश्वदृष्टिकोणमा आएको विचलनको प्रभावले कार्यकर्ता र जनतामा उल्टो रुपान्तरणको असरले प्रतिक्रान्तिलाई मलजल गरेको छ । कम्युनिष्ट आन्दोलनका निष्ठावान कार्यकर्ताले पनि नेतृत्वको गुणगान गाउने संस्कृतिले नेपाली कम्युनिष्ट आन्दोलन ग्रसित छ । नेतृत्वका कमजोरीवारे खुलेर रचनात्मक आलोचना र नयाँ विकल्प पेश गर्ने हैसियत र क्षमताको विकास नगरीकन कम्युनिष्ट आन्दोलनको नेतृत्वलाई रुपान्तरण गराउन र प्रतिक्रान्ति रोक्न सकिदैन ।
कम्युनिष्टहरुले धर्म, स्रस्कृति, रीतिरिवाजलाई हेर्ने दृष्टिकोण वैज्ञानीक र मालेमावादी हुनुपर्दछ । कम्युनिस्टले श्रमजीवी सर्वहारावर्गले गरेका किर्तीमान, पराक्रम, पौरखलाई उच्चसम्मान गर्ने संस्कृति निर्माण गर्नु पर्छ । कम्युनिस्ट नेताकार्यकर्ताले धार्मिक, अध्यात्मिक, रुढिवादी, अन्धविस्वासलाई निर्मम भएर त्याग्न सक्नुपर्छ । प्रगतिशील आन्दोलनको स्मरण गर्दै विभिन्न उत्सव मनाउने र त्यो आन्दोलनले निर्दिष्ट गरेको संस्कृतिको अनुसरण र विकास गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले श्रमजीवीवर्गको जनअधिनायकत्वलाई केन्द्रमा राखेर पूँजीवादी अधिनायकत्वलाई चुनौती खडा गर्नुपर्दछ । नीजि स्वामित्वको पक्षपोषण गर्ने संस्कृतिलाई निरुत्साहित गर्दै सार्वजानिक स्वामित्व, सामूहिक जीवनशैली र सर्वहारावर्गीय पक्षधरतालाई अनिवार्य श्रर्त बनाउनु पर्दछ । जनअधिनायकवाद अर्थात सामाजिक स्वामित्वको नीतिमा दृढ हुनु कम्युनिस्टको इमानदारिता हुन्छ । जसरी वर्गबैरिको बुर्जुवा अधिनायकवाद हुन्छ त्यसैगरि श्रमजीवीवर्गले सर्वहारा जनअधिनायकत्वलाई दृढतापूर्वक पक्षपोषण गर्नु पर्दछ । वर्गवैरीप्रति उदारभाव राख्नु र विजातीय विचार दृष्टिकोणप्रति मौन बस्नु कम्युनिष्टहरुको सुधारवादी विचलनको पराकाष्ठा हो । विजातीय विचार, व्यवहार, जीवनशैली विरुद्ध निर्मम हमला नगरी माक्र्सवादको रक्षा, विकास र प्रयोग गर्न सकिदैन ।
कम्युनिस्टहरुलाई धर्म मान्ने र रीतिरिवाज मनाउने छुट हुदैन र जनतालाई धार्मिक स्वतन्त्रता हुन्छ भन्ने कुरा कम्युनिष्टले कहिल्यै भुल्नु हुदैन । कम्युष्टिहरुले जनताका भावना बिपरित केही काम गर्न हुदैन । कम्युनिस्ट भनेका समाज परिवर्तनका सम्बाहक शक्ती हो । सर्वहारावर्गबिना संसार परिवर्तन भएको इतिहास पाइदैन । वैज्ञानिक अविस्कार भौतिकवादी दर्शनका आधारमा भएको हुनले संसारमा नयाँ नयाँ प्रविधिको बिकास भएको हो । यदि विज्ञानको बिकास नभई धर्मकर्मको आधारमा भएको भए मानव जातीको जीवन कहालीलाग्दो हुने थियोे । मानिसहरु ओढारमै हुन्थे रुखका बोक्राको वस्त्रभन्दा अरु चीजको अविस्कार हुने थिएन । विज्ञानका अनगिन्ती अविस्कारले आज विश्वलाई धेरै सुगम र सानो जस्तो वनाईदिएको छ । माक्र्सवादले विज्ञानकै आधरामा दुनियाँलाई बुझ्ने र बदल्ने हुनाले हामी पनि वैज्ञानिक युगका वैज्ञानिक मान्छे बन्ने प्रयत्न गर्नुपर्छ । धेरै पढेलेखेका मान्छे मात्रै वैज्ञानीक हुन्छन् भन्ने कतपियमा भ्रम छ त्यो कदापी होइन कयै निरक्षर मुर्ख अज्ञानीहरुले पनि अनेकै दुखकष्टबाट साधना गर्दै अनेकै अविस्कार गरेका छन् । हामी सबै रुपान्तरणको महासमरमा सामेल हौं असम्वभ मूर्ख र अज्ञानीको डायरीमा मात्रै हुन्छ ।