डायमण्ड म्याग्देली/फाल्गुन २८ मा केपी ओली नेतृत्त्वको सरकारले विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समुह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केहि दिन देखी नेपाली राजनितिमा तरंग सिर्जना भएको छ | सडकदेखी सदनसम्म, प्रतिपक्षदेखी सत्तापक्षसम्म, सर्वसाधारण नागरिकदेखी राजनितिक कार्यकर्ता, नेता, पत्रकार, वौद्दिक वर्गसहित आम रुपमा यो चासो र वहसको विषय वनेको छ | पक्ष र विपक्षमा तर्क र विचारहरु सार्वजनिक भईरहेका छन | कसैले स्वीकार गरोस या नगरोस त्यो उस्को निजि विचार हुन सक्छ तर "विप्लव विद्रोह" अव राष्ट्रिय वहसको केन्द्रमा पुगेको छ र अवको नेपाली राजनिति त्यहि वरिपरी घुम्न सक्ने सम्भावनालाई कसैले नजरअन्दाज गर्नु उपयुक्त देखिदैन त्यसैले सवै पक्षवाट सार्थक र सकारात्मक भुमिका को आवश्यकता देखिन्छ |
"विप्लव विद्रोह" वर्तमान राज्यले भनेजस्तै समस्या हो या राज्यमा विद्यमान विकृतिले जन्माएको विकल्प ? विप्लव विद्रोह जन्मिनुका आधार र कारणहरु के हुन ? त्यो विषयमा सतही हैन गहिराईमा पुगेर चर्चा र समिक्षा गर्नु आवश्यक छ |
आजको विप्लव विद्रोहलाई आकाशवाट एक्कासी फुत्त धर्तिमा झरेजस्तै ठहर गरी सतही टिका-टिप्पणी गरेर समय गुजार्नु भन्दा यो २०५२ सालमा सुरु भएको जनयुद्दकै निरन्तरता हो भन्ने सच्चाई लाई वुझ्न कत्ति कन्जुस्याई गर्नु हुदैंन | यसो भन्नुको मतलव २०५२ सालमा जनयुद्दको सुरुवात पुर्व राष्ट्रियता.जनतन्त्र र जनजिविका का सवाल हरुलाई समेतेर तत्कालिन देउवा सरकार समक्ष जुन ४० सुत्रिय मागहरु पेश गरिएको थियो र देउवा सरकारले ति मागहरुलाई पुरा गर्न क्रियाशिलता देखाउनु, संवाद र अन्तर्क्रियाको पहल गर्नुको सत्ता पुरै वेवास्ता गरेपछी त्यहि एजेण्डाले जसरी जनयुद्द जन्माएको थियो | त्यसरी नै आजको विप्लव विद्रोह पनि त्यै ४० सुत्रिय माग.जनयुद्दको एजेण्डा, जनयुद्द पछी पनि फेरीन नसकेको पुरानो विकृतियुक्त संसदीय राज्य प्रणालीको कारण जन्मिएको हो भन्दा कुनै दुविधा मान्नु आवश्यक देखिदैन |
हुन त हिजो जनयुद्दको नेतृत्त्वकर्ता प्रचण्ड स्वयम आज वर्ग संघर्षको वाटोमा नभई यहि संसदिय प्रणालीको अभ्यासमा हुनुहुन्छ | वहासंगै वावुराम भट्टराई, राम वहादुर थापा "वादल" लगाएत कैयौ नेताहरु त्यहि अभ्यासमा फर्किसक्नुभएको छ र उहाहरुको तर्क राजनितिक क्रान्ति पुरा भयो अव कुनै क्रान्ति र विद्रोहको आवश्यकता र सम्भावना छैन भन्ने छ | झट्ट सुन्दा कतिपयलाई त्यस्तै होकी भन्ने भ्रम पनि पर्न सक्छ.किनकी राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना, संघियता, धर्म निरपेक्षता, समावेसी र समानुपातिक प्रतिनिधित्त्व आदी तर समयको विकाशक्रम संगै ति भ्रमहरु विस्तारै हट्दै जाने क्रम सुचारु छ |
जनयुद्दको उदेश्य विहारी पुंजिवादी गणतन्त्र नभै जनताको जनवादी गणतन्त्र थियो यस्मा कोहि भ्रमित हुनु आवश्यक छैन | जनताको जनवादी गणतन्त्र भन्नुको अर्थ नारायणहिटी दरवारको अधिकार र शक्ति खोसेर जनतालाई हस्तान्तरण गर्नु थियो | शितलनिवास र सिंहदरवारमा सार्नु थिएन | शामन्तवादको अन्त्य, राजा/रजौता को फजुल खर्च, तडक/भडक र अत्यन्त विलासीपुर्ण जिवनशैली, संस्कार, तामझामको खारेजी गर्नु थियो | गणतान्त्रिक नव शामन्त, रजौताहरु जन्माउनु र त्यो दरवारको विकृति त्यहां स्थानान्तर गर्नु थिएन | संघियताको नाममा त्यस्को शाखाहरु गाऊ/नगरसम्म विस्तार गर्नु थिएन | समावेसी, समानुपातिक प्रतिनिधित्वमार्फत पिछडिएका वर्ग, क्षेत्र, समुदाय, लिंगका नागरिकलाई राज्य संचालनको मुल प्रवाहमा समाहित गर्ने उदेश्य थियो | कुनै धनाढ्य पुजिंपति वर्ग,दलाल, तस्कर, गुण्डाहरुलाई मोटो रकममा सांसद पद वेचेर उनिहरुलाई फेरी देश लुट्न र जनता ठग्न वैधानिकता प्रदान गर्ने आशय कतै थिएन | पहुंचवाला नेताको श्रीमति, छोराछोरी, वुहारी, आफन्तजन, नाता/गोता, समर्थक सिमित झुण्ड/भक्तहरुलाई सांसद, मन्त्रि, मेयर वनाउने तथा अन्य सार्वजनिक लाभको पदमा भर्ति गर्ने र जागिरे वनाउने कल्पना कहिं कतै थिएन तर आज त्यस्को दुरुपयोग गरिएको छ र नागरिकलाई भ्रमित पार्न खोजिदै छ |
यदी राजनितिक क्रान्ति/वर्ग संघर्ष पुरा भएको हो भने के आज देशमा वर्गिय शोषण र सामाजिक विभेद छैन त?के धनि र गरिव.गरिखाने र वसी खाने वर्ग, मजदुर र मालिक विचको असमानता अन्त्य भयो ? के मुठ्ठिभर पुंजिपतीहरुको नियन्त्रणमा रहेको अवैध अकुत सम्पत्ति कव्जा गरेर राष्ट्रियकरण गरियो ? के सिमित शामन्तहरुको स्वामित्त्वमा रहेको हजारौ हेक्टर जमिन खोसेर भुमिहिन गरिव सुकुम्वासीहरुलाई वांडियो ? के आजसम्म देश लुटेर कंगाल वनाउने भ्रष्ट, तस्कर, दलाल, माफिया विचौलियालाई जेलमा कोचियो ? के देशको नदी/नाला, उद्योग, कलकारखाना लगायत राष्ट्रिय सम्पदा/सम्पत्ति विदेशीलाई वेचेर खाने दलाल, देशद्रोहीहरुलाई कठालो समातेर कठघरामा उभ्याईयो ? के विगतमा भारतसंग गरिएका असमान सन्धि/सम्झौता खारेज भए ? के आज भारतिय हस्तक्षेप छैन/भारतले सिमा क्षेत्रमा दिनानुदिन हाम्रो भुमि मिचिरहेको छैन ? के अव आम नागरिकलाई गास, वास कपास/शिक्षा, स्वास्थ्य रोजगारको ग्यारेन्टी हुने अवस्था छ ?
के जनयुद्दमा ज्यान गुमाएका शहिद, वेपत्ता परिवार, घाईते/अपांग, आम ईमान्दार कार्यकर्ता, गरिव जनताले परिवर्तनको महशुस गरेका छन/उनिहरुको जिवनमा कुनै फेरवदल आएको छ ? के जनयुद्दमा नि:स्वार्थ योगदान गर्नेहरुले अहिले गर्व गर्ने अवस्था छ ? के गाउंको झुप्रो घर, २/४ रोपनी पाखा वारी पार्टीकरण गर्दै एक जोर कपडा झोलामा प्याक गरेर गोल्ड स्टार जुत्ता र वाटाको चप्पल पड्काउदै सर्वहाराको भेषमा क्रान्तिमा लागेका केहि सिमित नेताहरु एक दशक पछी काठमाडौ छिर्दा रातारात करोडपति वनेको दुनियाको आँखाले झल्झल्टी देख्नुलाई क्रान्ति नै मान्ने ? तिनिहरु सहित तिनका आसेपासे अवसरवादीहरु रातारात सडकछापवाट करोडपती वन्नु, झुपडीवाट आलिसान महलमा सर्नु, आर्थिक हैसियत, जिवनशैली रातारात वदलिनु, नवधनाढ्य वर्गमा रुपान्तरण हुनु, विलासिपुर्ण जिवनशैलीमा रुमल्लिन पुग्नुलाई नै "विप्लव विद्रोह"- समस्या कि विकृतिपुर्ण वर्तमान संसदिय व्यवस्था को वैकल्पिक समाधान ?