८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण आवश्यक छ क्रान्ति

१ श्रावण २०७३, शनिबार १८:१४

–गणेशमान सिंह | 

जनयुद्ध हुनुपूर्व, जतिबेला भर्खर पंञ्चायत ढलेको थियो । देशमा जनताको आन्दोलनले प्रजातन्त्र आएको थियो । दलहरुले, नेताहरुले जनताको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । जसले चाकडी गर्छ, जसले आफूले भनेको मान्छ त्यस्ता  सिमित व्यतिmलाई छानेर निरन्तर देशको आर्थिक स्रोत दोहन गर्दै गाउँ गाउँमा छोटे सामन्त जन्माउँदै गरेको पंञ्चायत, साँचो अर्थमा जनताको सत्ता थिएन । कतैबाट पनि त्यहाँ सर्वसाधारण जनताको अधिकार थिएन । न त त्यो व्यवस्थामा खुल्लम खुल्ला आफ्ना विचार राख्न मिल्थ्यो न कुनै राजनैतिक गतिविधि गर्न सहज र छुट थियो । थियो त केवल जनतालाई राजा भनेका ईश्वर हुन, उनको नराम्रो सोचे, विरोध गरे पाप लाग्छ भन्ने मान्यतालाई जर्बजस्त स्थापित गरिएको थियो ।

त्यस्तो जर्जरपूर्ण स्थिीतिमा कांग्रेस, कम्यूनिस्टलाई जनताले समर्थन गरेका थिए । साथ दिएका थिए । नेताहरु जनमानसमा किवदन्तीको रुपमा स्थापित भएका थिए । एउटा महान आदर्शविम्ब को रुपमा, फरक मिथकको रुपमा नेता र पार्टीहरु सबको मनमा बसेका थिए । सबैलाई परिवर्तनको चाहना थियो र सत्तामा अधिकार पाएको हेर्न चाहन्थे । जब जनताको ठूलो बलिदान, धर्य र त्याग बाट आन्दोलन सफल भयो, राजाले प्रजातन्त्र दिएको घोषणा गरे र दलका नेताहरुलाई सत्ताको चाबी बुझाए तब न जनताको आशा, अपेक्षा विपरित शुरु भयो परिवारवाद, नातावाद, कृपावाद, चाकडीवाद को घिनलाग्दो फोहरी संसदिय राजनीति ।

जनताले राज्यव्यवस्थामा आफ्नो सुरक्षित जीवन खोजेका थिए । विकास, समृद्धी र सम्पन्नता चाहेका थिए । सत्तामा बस्नेहरुले हाम्रा पनि पिर मर्का, दुख र दर्दका  अनि अभावका कुरा सुनिदेउन, साथ देउन भन्ने आशा राखेका थिए । तर उल्टो चरम भ्रष्ट्राचारमा डुब्दै नेताहरु सत्ता र सम्पत्तिको लागि देशका नदीनाला समेत विदेशीलाई बेच्न पछी परेनन् । राष्ट्रघाती, जनघाती संन्धी सम्झौताहरु गर्दै गए । महिनै पिच्छे सरकार ढल्ने र बन्ने भईरह्यो । जनताका प्रतिनिधिका रुपमा रहेका सांसद नै संसद भवनमा खसी बाख्रा सरह लाख र करोडमा बिक्न थाले । देशमा बेरोजगार युवाको संख्या ह्वात्तै बढ्यो । सत्तामा चरम बेथीति, राज्यको लापर्बाही र जनताको जनजीवनमा महङ्गी र अभावको संकट आईप¥यो । ठिक यहीनेर आएर जनता विस्फोटक अवस्थामा पुगेको कांग्रेस, एमालेले बुझेनन् । राज्यमा जे पनि हुने, जुनसुकै बेला पनि गडबड हुने आकलन गरेनन् । सरकारको राशन पानि भोग गरेकाले चाल पाएनन् । पाए पनि के पो होला र भनि पत्याएनन् ।  देशलाई सामान्तवाद र साम्राज्यवाद बाट मुतm गर्दै स्वतन्त्र, स्वाभिमान र समृद्ध देशको परिकल्पना सहित राज्यसत्ता बन्दुकको नाल बाट जन्मिन्छ, बन्दुकको बलमा टिकेको राज्यसत्तालाई बन्दुकको नालबाटै परास्त गर्न सकिन्छ, सेना नभएको जनता सँग केही हुँदैन र सत्ता बाहेक सब थोक भ्रम हो भन्ने मान्यतामा अडिग रहेको क्रान्तिकारी पार्टी माओवादीले जनयुद्ध शुरु ग¥यो । जो केही वर्ष अघि देखि तिव्र तयारी गरिरहेको थियो । माओवादीका नेताहरुले ठोस वस्तुको ठोस विश्लेषण गरिसकेका थिए । जरुर क्रान्ति हुनेवाला थियो । र भईसकेको थियो आवश्यक पनि ।

जब जनयुद्ध शुरु भयो, देशको राजनीतिमा नयाँ बहस शुरु भयो र संभावनाको नयाँ ढोका खुल्यो । जहाँ जहाँ अन्याय, अत्याचार र असमानता थियो माओवादीले त्यहाँ त्यहाँ आफ्नो कारबाही शुरु गर्यो । गाउँबाट शहर घेर्ने निति अनुरुप गाउँका जाली फटाहा हरुलाई छिटै एक एक गरी तह लगायो र रातारात आफ्ना आधारइलाकाको संरचना खडा ग¥यो । गाउँघरमा चर्को व्याज असूल्ने साहुमहाजनको सम्पत्ति जफत गरियो, जालझेल गरी बनाएका तमशुक जलाईयो र जनतालाई क्रृण मुतm पारियो । तराई, मधेसमा जहाँ लाखौँ विगाहा जमिन ओगटेर बसेका थिए, त्यस्ता भूसामान्तहरुलाई लखेटियो र त्यहाँ घरजग्गा नभएका भूमिहिन सर्वहाराहरुलाई जग्गा वितरण गरियो । जस्को जोत उसको पोत भन्ने नारा स्थापित गरियो । सदियौँ देखि समाजमा व्याप्त कुरीति, कुसंस्कार र कुप्रथा लाई बन्द गरियो । सट्टामा समय अनुरुपको क्रान्तिकारी संस्कार, संस्कृतिको शुरुवात गरियो । धामी झाँक्री, बोक्सी, डाइना जस्तो अपहेलनाको व्यवहार जरै देखि निर्मुल पारियो । गाउँमा, शहरमा गर्ने गुन्डागर्दीलाई बन्द गरियो । जाँड, रक्सी, जुवातास लाई निषेधै गरियो । जताततै व्याप्त जातभातको विभेद, उच र निचको भावना, धनी र गरिबको विभेद लाई निषेध गरियो । बन्द गरियो । क्रमश मान्छे मान्छे एउटै हो भन्ने व्यवहारले मान्छेको सोचाईमा परिवर्तन आयो । गर्ने व्यवहारमा पनि सुधार भयो । यसरी माओवादी छोटो समयमै किशान देखि मजदुर, युवा देखि वृद्ध सम्म लोकप्रिय भयो । साथ पायो । माया पायो । जनताले माओवादीको अभियानमा खुशी खुशीका साथ आफ्ना छोराछोरी भर्ती गर्न थाले । यो वास्तवमा गौरवमय क्षण थियो ।

यो देशले पहिलो पटक जनताको सशस्त्र विद्रोह भोग्यो । सदियौँ देखि राज्यसत्ता बाट बन्चित सर्वहारा वर्ग, सामान्य जनताले सत्ता सँग बन्दुकको भाषा बोले । शतिmको भाषा बोले । यही नेर कांग्रेस, एमालेका कथित नेताहरुले वुुद्धि पु¥याएनन् । ठाने यो लहडको खेल हो । एकादुएक जनाको चाहनाले भएको हिंसा हो । यो आम जनताको बाध्यता र विवशताको उपज हो भन्ने यर्थात नबुझी केही महिनामै हतियारले तह लगाउने दुस्साहस गरे । कांग्रेस र एमालेले यो देश आफ्ना बाउ बाजेको मात्र विर्ता भएको जसरी सोच र व्यवहार अपनाए । फलस्वरुप देशमा प्रहरीको दमन र ज्यादतिको श्रङ्खला शुरु भयो । तर उता चमत्कारीक रुपमा नेपाली जनताले माओवादीको आह्वानमा प्रतिरोध गरे । युद्धका मोर्चाहरुमा पनि बलिदानका असंख्य कोटापूर्ति गर्दै क्रान्तिका भिषण मार्गमा एक पछी अर्को फड्को मार्दै गए । देशमा भिषण गृहयुद्ध भयो ।

संसारलाई छक्क पार्दै माओवादी छोटो समयमै देशको ठूलो राजनैतिक शतिm बन्न पुग्यो । सामान्य जनताले समेत राज्यबाट अधिकार मागेर नदिए, खोसेर लिनुपर्छ भन्ने माओवादीको मान्यतालाई जीवन व्यवहारमै अनुशरण गरे । समाजमा परेका सप्ठ्यारा र अप्ठ्यारा काममा जनतालाई सघाउँदै माओवादीका नेता कार्यकर्ता एउटा उच्च विचार र आदर्शमा बाँचे । त्याग, बलिदान र सौर्यको उच्च नमुना बने । एउटा क्रान्तिको, परिवर्तनको चाहनालाई माओवादीले पहिलो पटक जीवन मरणको सवालमा लिएर जोडिदिए । र देशका हर कुना हर क्षेत्रबाट जनता परिचालित गर्न सफल भए । अन्नतत राज्यले जनताको तागत बुझ्यो, माओवादीको राजनीतिलाई स्वीकार ग¥यो । देशमा पहिलो पटक गणतन्त्र, राज्यको पूर्नसंरचना, संघीयता, धर्मनिरपेक्षता र समावेशीताका मुद्धाहरु स्थापित भए । विभिन्न तह र तप्काका शोषीत, पिडित जनताले आफ्ना हक अधिकारका कुरा वैधानिक ढङ्गले दर्ज गराए । देशमा शान्तिवार्ता भयो । दशवर्षे जनयुद्धले विश्राम लियो । माओवादीका जनसेनाहरु अस्थायी शिविरमा बसे ।

जब शान्तिप्रक्रिया शुरु भयो, देशमा जटिल प्रकारको राजनैतिक संक्रमण देखा प¥यो । एउटै देशमा दुई सेना, दुई सत्ताको संरचना रह्यो । एक पछी अर्को गर्दै क्रान्तिका मुद्धाहरुमा, जनतासँग जोडिएका सवालमा शान्तिपूर्ण लडाई लडिए । माओवादी शहर पस्यो । संसद भवनमा छि¥यो र सरकारमा सहभागी भयो । माओवादी सँग नयाँ भिजन थियो । नयाँ नेतृत्व, नयाँ नीति र नयाँ उद्देश्यका साथ काठ्माण्डौँ प्रवेश गरेको माओवादी सँग अपार जनसमर्थन थियो । यो कुरा पुरानो सत्ताका मतियार कांग्रेस, एमालेले राम्ररी बुझेका थिए । 

देशमा गणतन्त्र आउँदै गर्दा क्रान्तिकारी नेताहरु बुद्धिमत्तापूर्ण राजनीति गर्दै जनताको नेतृत्व गर्नुको सट्टा सिंगापुर र स्विजरल्यान्डको सपना बाँड्नमा व्यस्त देखिए । जनयुद्धमा जनता सामु, कार्यकर्ता सामु गरिएका बाचाकसम र प्रतिबद्धताहरु पूरा गर्न छोडी सत्ताको वरीपरी घुमीरहे । जनताले सदियौँ देखि खाईपाई आएको राजतन्त्रलाई सदाको लागि बिदा त गरे तर त्यतिबेला जनतामा पलाएको आशा, भरोसा र अपेक्षालाई बेवास्ता गर्दै दल र दलका नेताहरुले संक्रमणलाई नियतवश लम्ब्याएर देशको ढुकुटी रित्याउन तिर लागे । दिनका दिन नेताहरुको जीवनशैली फेरियो । आफन्तीहरुले मोजमस्ती शुरु गरे । अनि त बिस्तारै चमत्कारी नेताहरुको चमक उड्न थाल्यो । एकपछी अर्को गर्दै क्रान्तिकारी नेताहरु विचलनको बाटो हिडे । माओवादी पार्टी विघटनको दिशामा अघि बढ्न थाल्यो । माओवादीको मुख्य नेतृत्वले नै हिजोका शहिदहरुको भावना र योगदानलाई भूले । शहिद परिवार, बेपत्ता परिवार, पूर्णकालिन कार्यकर्ताको वेवास्ता गर्दै नेतृत्वले जनयुद्धको भावना विपरीतका सहमती गर्न थाल्यो । अझ नेताहरुले क्रान्तिकालिन मुद्धाहरुलाई आफू सत्तामा पुग्नको लागि बार्गेनिङ्को साधन बनाए । जसरी पुरानो संसदिय खेलमा कांग्रेस, एमाले सहभागी हुन्थे ठिकै त्यसैगरी नयाँ शतिm, क्रान्तिकारी शतिm भनेको माओवादीको मुख्य नेता नै तिनै खेलको भद्धा खेलाडी बने । कांग्रेस र एमाले जो खुशी खुशी साथ ताली पड्काउँदै थियो, यता माओवादी प्रति पार्टी कार्यकर्ता मात्र होइन जनतामा समेत ठूलो वितृष्णा जागीसकेको थियो । अविश्वास पलाई सकेको थियो ।

संविधानको नाममा, दुई दुई पटक चुनाव गराएर राष्ट्रको अर्बौ अरबको ढुकुटी रित्याउने । संविधान बन्यो त भनियो तर कुनै जनता सन्तुष्ट भएका देखिदैन । उही बनाएको संविधानको पालना कसले गर्दैन त भन्दा जसले बनाएका थिए उनै नेताले । उनै दलले । जनताले यी सब कुकृत्य घाम जस्तै छर्लङ्ग देखेका छन् । आँखै अगाडी भोगेका छन् । सरकारको लागि जुनसुकै हद सम्म पनि गिर्ने प्रवृत्तिको शुरुवात फेरी जोडतोडका साथ शुरु भएको छ । जनताको नाममा तिनै कुरुप व्यवहार र अनुहारका नेताहरुले वर्षौँ वर्ष सम्म सत्तामा राज गर्ने सपना देखेका छन् । देशलाई झन भन्दा झन कंगाल बनाउँदै विदेशीको गुलामी गर्ने गरेको कतै छिपेन । दिनदहाडै नेपाली जनतामाथि भईरहेको अन्यायमा आँखा चिम्लिने, मिचिएका सिमानाको बारेमा चुईक्क सम्म बोल्न नसक्ने यि भातमारुवा कथित दलालहरुलाई देश सुम्पन सकिदैन र सकिदैन्थ्यो पनि ।

जो हिजो आफ्नो सिंगो जीवनलाई जनताका लागि, क्रान्तिका लागि, परिवर्तनका लागि युद्धमा होमेका थिए, तिनै इमान्दार नेताहरुले फेरी माओवादी पार्टीको पूर्नगठन गरे । र क्रान्तिको निरन्तरताको घोषणा गरे । फेरी गाउँ गाउँबाट, शहर शहरबाट नयाँ कार्यदिशा, नयाँ नेतृत्व सहित हामी क्रान्तिको उदघोष गर्दैछौँ । थाछ नेपालका नदिनालाहरुमा यस बिचमा धेरै पानी बगीसक्यो, समयले केही कोल्टे फे¥यो तर हामीलाई के पनि थाछ भने, जनताको जीवन फेरिएन । जनताको भविष्य यसरी उज्वल हुने वाला छैन । तसर्थ क्रान्तिको विकल्प छैन । इमानदारीका साथ जनतालाई भनौँ फेरी एकपटक लडौँ । जनताले समर्थन नदिने कुरै छैन । किन कि, क्रान्ति आवश्यक छ ।

यो लेख लेखक गणेशमान सिंहको व्यक्तिगत तर्क हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना