प्रभात सुवेदी | ‘गुरु’ शब्द आफैमा अत्यन्तै प्रिय लाग्ने शब्द हो । यसको शाव्दिक अर्थलाई केलाउने हो भने पनि ‘अँध्यारो हटाउनु’ वा ‘अँध्यारोबाट उज्यालोतर्फ’ भन्ने लाग्दछ । हिन्दु परम्परा अनुसार हरेक वर्ष असार श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी | ‘गुरु’ शब्द आफैमा अत्यन्तै प्रिय लाग्ने शब्द हो । यसको शाव्दिक अर्थलाई केलाउने हो भने पनि ‘अँध्यारो हटाउनु’ वा ‘अँध्यारोबाट उज्यालोतर्फ’ भन्ने लाग्दछ । हिन्दु परम्परा अनुसार हरेक वर्ष असार श"/>
२० मंसिर २०८२, शुक्रबार
बर्दिया - BRD

‘समय नै गुरु’

५ श्रावण २०७३, बुधबार ०६:३०

प्रभात सुवेदी | ‘गुरु’ शब्द आफैमा अत्यन्तै प्रिय लाग्ने शब्द हो । यसको शाव्दिक अर्थलाई केलाउने हो भने पनि ‘अँध्यारो हटाउनु’ वा ‘अँध्यारोबाट उज्यालोतर्फ’ भन्ने लाग्दछ । हिन्दु परम्परा अनुसार हरेक वर्ष असार शुक्ल पूर्णीमालाई व्यास जयन्ती अर्थात गुरु पूर्णीमाको नामले पुकारिन्छ । जुन दिन हिन्दु विद्यार्थीहरुका लागि अत्यन्तै ओझिलो दिन पनि हो । मानव जीवनलाई संस्कारले नै संस्कारित गरेको हुनाले वर्तमान अस्तित्वमा रमाएको छ । यदि मानिसबाट संस्कार हट्ने हो भने मानव अस्तित्व नै धरापमा पर्ने कुरालाई नकार्न पनि सकिँदैन । वास्तवमा संस्कार छ र त मानव अस्तित्व यो धर्तीमा अहिलेसम्म कायम रहेको छ । तथापि अहिले आएर मानव संस्कारमा केही विश्रृङ्खलता उत्पन्न भएको छ । जसका कारण प्रविधिको दुरुपयोग गर्दै विभिन्न हत्या, हिंसा भैरहेको अवस्था रहेको छ । यो अत्यन्तै भयावह कुरा हो मानव अस्तित्वको लागि । यति मात्रै हैन कुनै पनि मानिसले आफ्नो ज्यान भन्दा पनि कुनै पनि घटना घटाउनु महत्वपूर्ण मान्दछ र आत्मघाती विष्फोटन गराउँछ । आफू पनि सिद्धिन्छ र अरुलाई पनि सिद्ध्याउँछ । यो सबै संस्कारको कमी हो । गुरुको अभाव हो । मानिसले मानव हुनुको मूल्य दिनप्रतिदिन विर्सिरहेको छ । आफूलाई चिन्न छाडेर निहित स्वार्थलाई जीवनको अन्तिम लक्ष्य बनाएको छ । हो, यही स्वार्थको प्राप्तिमा लाग्दै गर्दा अनेकन कुकर्महरुको खाडलमा जाकिएर जीवन समाप्तितर्फ उन्मुख भैसकेको उ आफैलाई नै पत्तो हुँदैन । समाप्तिपछिको परिणाम के हो वा के भो भनेर पनि उसलाई जानकारी हुँदैन जुन कुरा संभव पनि त भएन । यति हुँदाहुँदै पनि मानिस किन स्वार्थको खाडलमा भौंतारिहरको होला । एकछिन गम्भीर भएर सोच्न मन लाग्छ ! 

असार ४ गते विभिन्न स्थानहरुमा विभिन्न तरीकाले गुरु पूर्णीमा मनाइएको छ । हुनत यो दिनमा ज्ञानका अथाह सागर वेद, उपनिषद् तथा पुराणका रचयिता वेदव्यासको जन्म भएको दिन हो । व्यासलाई हिन्दु वाङ्मयका गुरुका रुपमा हामी श्रद्धा गर्दछौं । हाम्रा वैदिक ग्रन्थहरु सबै मानव कल्याणका लागि बनेका कानुन नै हुन् । हिन्दू धर्मका मात्रै नभएर अन्य सबै धर्मका ग्रन्थहरु मानिसलाई संस्कारित गर्नकै लागि बनाइएका हुन् । तथापि हामीले यसको महत्व बुझ्नै सकेनौँ र यसको फाइदा गैर हिन्दुहरुले उठाइरहेका छन् र आफू अनुकुल पुनर्निर्माण गरिरहेका छन् । यो हामी हिन्दुहरुको लागि अत्यन्तै पश्चाताप लाग्नुपर्ने विषय हो । आज हाम्रा भाषाहरुमा आक्रमण भैरहेका छन् । अक्षरहरुमा राजनीति चलिरहेको छ । यसमै जुङ्गाको लडाईँ लड्नेहरुको कमी छैन । एउटाले एकथोक भन्छ, अर्काले अर्को थोक भन्छ, एउटाले ह्रश्व लेख भन्छ, अर्काले दिर्घ लेख भन्छ, एउटाले लेखनको भाषा यो हो भन्छ, अर्काले बोलिचालीको भाषा लेख भन्छ । हाम्रो भाषा आत्तिइरहेको छ, निस्सासिइरहको छ अनि छटपटाइरहेको छ । यसरी छट्पटाएको भाषाबाट अबका बालबालिकाहरुले के सिक्ने त खै ? यो अतासपूर्ण भाषा र ज्ञानबाट हामीले कहिले मुक्ति पाउने हो त ? भाषाको त मानक हुनुपर्ने हो, सर्वसम्मत मान्यता पाएको व्याकरण हुनु पर्ने हो । तर, विडम्बना जसलाई जे मन लायो त्यही गरिरहेछन्  आज । जसले जे चाह्यो त्यही भैरहेको छ आज ।

वास्तवमा गुरु, गुरु नै हो । मानिसको पहिलो गुरुको रुपमा जन्म दिने आमा, बाबा हुन् । यसमा कुनै पनि शन्देह छैन । त्यसपछिका गुरु भनेका मानव सभ्यताको महत्पूर्ण पाटो शिक्षा दिने गुरु मान्नु पर्दछ । अर्थात अक्षराम्भ गराउँदै सिकाइ व्यवहारलाई निरन्तर परिवर्तन गर्दै असल संस्कार चिनाउँदै सामाजिकीकरणको प्रकृयामा लैजाने व्यक्ति यो स्थानमा पर्दछन् । नेपाली शब्दकोषमा हेर्ने हो भने गुरुको अर्थ यसरी प्रष्ट्याएको छ ः–

कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक, अध्यापक, । सङ्गीतकला आदि सिकाउने व्यक्ति, उस्ताद । गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति, आचार्य । बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति, मान्य जन । यसरी विद्या वा ज्ञान दिने व्यक्ति वा कुनै पनि कला वा सिप सिकाउने व्यक्ति जो बुद्धि, बल, उमेर, विद्याले निपूर्ण होस्, त्यस्तो व्यक्तिलाई गुरुका रुपमा हामी सम्मान गर्दछौँ । यो शब्दकोषमा लेखिएको कुरा पनि अन्तन्तै प्रासाङ्गिक रहेको छ । 

आजभोली यसको मर्ममा केही प्रहार भएको छ । असार ४ गतेका दिनमा सामाजिक सञ्जालहरुमा यसको रमिता देखियो । सबैले प्राय गुरुप्रति सभक्तिपूर्वक नमन गरे । सायद यसबाट यो पंक्तिकार पनि अछुतो छैन । तर, यो पंक्तिकारले हरेक कर्महरु आफ्ना पिता पूर्खाहरुलाई नै स्मरण गरेर गर्ने गर्दछ । गुरु पूर्णीमाको दिनमा केही चेलाहरुको फोन पनि आयो । गुरु पूर्णीमा परेर आज सम्झेको गुरुलाई । मैले पनि आशीर्वाद र सफल जीवनको कामना गरेँ हौषला दिएँ प्रेरणा दिएँ मेरा शिष्यहरुलाई । तर जसरी हामीहरु शब्दमा खेल्न सिपालु भएका छौँ तस्वीरहरु पोष्ट गरका छौँ के हाम्रो व्यवहार त्यो रुपमा छ त एकछिन सोचौँ त । ती सिपहरु वास्तविक रुपमा कार्यान्वय गर्न सकिरहेको अवस्था भने पक्कै छैन । आज गुरु शब्द उच्चारण गर्न समेत हामी अल्छि मानिरहेका छौँ कञ्जुस्याँईँ गरिहरका छौँ । अनि भनिदिन्छौँ बडो सहज तरिकाबाट ‘सर’ । यसको साटो गुरु भन्दा के बिग्रियो ? ल भन्नुस् त । आमाबाबालाई मम्मी र ड्याडी भन्दैमा हामी गौरव गर्नेहरुले के गुरु पूर्णीमा अनि टिचर्स डे मनाउनु  ? माता पिता भन्दा हुँदैन र ? के फरक पर्छ । यसको अर्थ यो होइन कि कुनै अन्य भाषिक रुपान्तरणको विरोध । हामीले हाम्रा आफ्नै मौलिक परम्परा र संस्कारमा भएका सकारात्मक व्यवहारहरु अनुसरण गरौँ भन्न मात्रै खोजेको हो । 

वास्तवमा गुरु कसलाई मान्ने वा सद्गुरु कसलाई मान्ने ? तपाईंहरुसँग यसको सहज उत्तर हुन सक्ला तर मलाई लाग्छ, यसको ठेट उत्तर मसँग भने छैन । किनकी गुरु प्रकृतिमा पाइने र देखिने वा अस्तित्वमा भएका सबै चराचर सजीव तथा निर्जीव सबै बस्तुहरु हुन् । एउटा कलम, कापी, हावा, सूर्य (आगो), चन्द्र, पानी, हरेक वनस्पति, जीवहरु, माटो सबै नै त गुरु हुन् । कलम ले व्यवहार सिकाउँछ, कापीले खुला हृदय र सहनशीलता, हावाले स्वच्छता, सूर्यले जीवन, चन्द्रले शीतलता, पानीले निर्मलता, वनस्पतिले जिम्मेवारी, जीवहरुले कर्म, माटोले धर्म सबै सबै कुरा हेर्नुस् त, अनि विचार गर्नुस् त एक्कै छिन् । अब प्रश्न उठ्न सक्दछ आखिर गुरु को त ? ल अब खोजौँ त उत्तर ?  

हरेक धर्म वा शास्त्रको मान्यता नै यही हो कि, ‘परापकार पुण्याय, पापाय परपीडनम्’ अनि यो मर्मले पनि त गुरुकै आभाष कहिँ न कहिँ दिन्छ । त्यसैले अक्षर गुरु, शब्द गुरु, वाक्य गुरु, पुस्तक गुरु सबै सबै बस्तुहरु गुरु हुन् । अनि हामी कसरी सक्छौँ यी कुराहरु निषेध गरेर अगाडि बढ्न । त्यसैले गुरु, शिक्षक, सर, भाइसाप जे भनेर पुकारे पनि आखिर हामीले आफ्नो कर्तव्य विर्सनु भने कदापि हुँदैन । जीवन अमूल्य छ संस्कार भन्दा ठूलो कुरा जीवनमा अरु केही पनि हुन सक्दैन हरेक दिन हाम्रा लागि गुरु बनेर उदाउँछ अनि केही न केही पाठ सिकाएर अस्ताउँछ । समय नै सबैभन्दा ठूलो गुरु हो । समयको महत्व बुझी कुनै पनि काम सहि तरिकाले उपयुक्त समयमा गर्न सक्नु नै ठूलो सफलता प्राप्त गर्नु हो । त्यसैले समयलाई मूल गुरु ठानौँ विचारौँ र मनन गरौँ । जय गुरुदेव ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता