मीन बहादुर पण्डित | २०४६ सालको जनआन्दोलन पछि संयुक्त  जनमोर्चा र माले अनि अन्य साना घटकहरु मिलेर  बनेको  एमाले  देशको प्रमुख सक्तिका रुपमा देखा पर्यो । मनमोहन अधिकारीको इमान्दारिता र परिपक्कता  अनि म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मीन बहादुर पण्डित | २०४६ सालको जनआन्दोलन पछि संयुक्त  जनमोर्चा र माले अनि अन्य साना घटकहरु मिलेर  बनेको  एमाले  देशको प्रमुख सक्तिका रुपमा देखा पर्यो । मनमोहन अधिकारीको इमान्दारिता र परिपक्कता  अनि म"/>
११ पुष २०८१, बिहीबार
काठमाडौँ - KTM

नेपाली जनता ओली नेतृत्वमा बहुमतको सरकार बनाउन चाहन्छन्

१५ श्रावण २०७३, शनिबार १०:१०

मीन बहादुर पण्डित | २०४६ सालको जनआन्दोलन पछि संयुक्त  जनमोर्चा र माले अनि अन्य साना घटकहरु मिलेर  बनेको  एमाले  देशको प्रमुख सक्तिका रुपमा देखा पर्यो । मनमोहन अधिकारीको इमान्दारिता र परिपक्कता  अनि मदन भण्डारीको बौद्धिक चिन्तन मिलेर  एमालेले नयाँ उचाइ लियो  ।  तर दुर्भाग्यबस २०५१ सालमा  मदन भण्डारीको रहश्यमय ढंगले हत्त्या भएपछि  नेपाली राजनीतिमा अनेक ब्रिकृति र बिसंगतिहरु भित्रीए । २०७३ सालसम्म आउँदा  नेपाली राजिनितीले अनेक घटना र दुर्घटना व्यहोर्न पर्यो ।

यो २६ बर्षको अवधिमा बनेको २४ वटा सरकार मध्य मनमोहन अधिकारि  सरकार बाहेक अरु कुनै सरकारले जनभावना अनुसार राम्रो काम गर्न सकेनन् । यसैबीच सताब्दिकै ठुलो भूकम्पले थलिएको अनि नाकाबन्दीले पिल्सिएको बेलामा केपी ओली प्रधानमन्त्रि बन्न पुगे । एकातिर मधेश आन्दोलन चलिरहेको थियो भने  अर्को तिर नाकाबन्दी थियो र भूकम्पले भत्किएको संरचना बनाउनुपर्ने ठुलो चुनौती पनि थियो । उता छिमेकी भारत नेपाल कमजोर भएको मौका हेरेर आफ्नो स्वार्थ लाद्ने उचित दाउमा  थियो । 

यस्तो बिषम परिस्थितिमा बनेको सरकारबाट ठूलो आश गर्न सकिने अबस्था थिएन । एक त केपी  ओलीको पार्टीको बहुमत थिएन,  आफ्नै पार्टीमा पनि गुट-उपगुट र फरक बिचार राख्नेहरुको सहयोग र समर्थन लिन त्यति सजिलो पनि थिएन । अनेक बिचार र उदेश्य बोकेका पार्टीहरु मिलेर बनेको सरकारले आफुले सोचेजस्तो गरि काम गर्न सकिने अबस्था थिएन । चुनौतीहरु धेरै थिए,  सरकारमा गएर सबैको आँखाको तारो बनिन सक्ने अबस्था थियो । यस्तो अफ्ट्यारो  बेलामा बनेको केपी ओली सरकारले अध्यारोबाट उज्यालो तिर, निराशाबाट आशा तिर, असफलताबाट सफलता बाड्न गरेको  प्रयासलाई तारिफ गर्नैपर्छ ।

केपी ओली सरकारले नेपालमा दुरगामी प्रभाब पर्ने अनेक कामहरु  गर्दै गयो । जुन नेपाल र नेपालीको हितमा नै थियो भन्दा फरक नपर्ला । तर यसबाट तर्सिएको भारतले केपी ओली सरकार ढाल्न  अनेक प्रयाश गर्यो । अन्तत: केपी ओली सरकार विस्तापित गर्न भारत सफल भयो । अनेक प्रयास गरेर सरकार ढालेपछि अहिले भारत भन्दैछ- 'हामीले सरकर ढालेको होइन, यो त नेपालको आन्तरिक मामिला हो । यसो भन्नु भारतको कुटनीतिक चलाखी मात्र हो । सरकार ढाल्नुमा भारतको कति हात छ यो सबैले बुझेकै कुरा हो ।  भारतको स्वार्थ के हो ? चीनको स्वार्थ के हो ? र हाम्रो स्वार्थ के हुनु पर्छ ? यो कुरा नबुझ्ने  हो भने  हाम्रो राजनीतिले देशलाई कुनै बिकाश र निकास दिन सक्दैन ।

भारतको लागि अबको एकमात्र चुनौती भनेको एमाले फुटाउनु नै  हो । किनकी यहि अवस्था रहे केपी ओली सरकारले गरेका कामको आधारले एमालेले अबको चुनाबमा  दुइतिहाई  सिट जित्ने पक्का छ ।  स्मरण रहोस: मनमोहन सरकारले गरेको कामको आधारले एमालेले गएको स्थानीय चुनाबमा दुई तिहाइ सिट जितेको थियो । त्यो अबस्था नदोहोरिएला भन्न सक्किन्न । सबैको रगतमा पार्टीको हेमोग्लोबिन मिसिएको हुँदैन । जुन पार्टीले राम्रो काम गर्यो त्यहि पार्टीलाइ भोट हाल्ने र समर्थन गर्ने मान्छेहरु पनि धेरै हुन्छन । आफ्नो पार्टीले नराम्रो गरेपनि राम्रो अनि अरु पार्टीले  राम्रो गरे पनि नराम्रो भन्ने प्रवृति भएका जनता भएसम्म देशमा अशल र खराब काम बीचको भिन्नता छुट्टिन सक्दैन । जुन पार्टीले गरेपनि राम्रोलाई  राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ । यत्ति चेतना नआएसम्म पार्टीले गर्ने गलत काम रोकिन सक्दैन र  पार्टी सच्चिन दबाब पनि पुग्दैन ।

अहिले नेपाली जनताहरुमा पनि  बिगतमा  भन्दा तुलनात्मक रुपमा राजनीतिक चेतना र राष्ट्रिय भावना वृद्धि भएको छ । आफ्नो ठाउँमा  रोजगारी नहुँदा देश-विदेश पुगेका नेपालीहरुले बिकास भनेको के हो भन्ने देखेका छन् र बुझेका पनि छन् । अब कुनैपनि पार्टीले ठुला-ठुला गफमात्र गर्ने तर काम गर्न नसक्ने हो भने राजनीतिबाट विस्तापित हुने दिनहरु आउंदै छ । भाषण मात्र गरेर शासन गर्ने दिन अब  गए । 

ओली सरकार किन कसरि र कसले ढाल्यो यो बिषयमा अब धेरै चर्चा गर्न नपर्ला । यदि सिद्धार्थ बुद्धको राज्यमा पनि खराब मान्छेहरु नभईदिएको भए, अशल कुरा यो हो भनेर ज्ञान छर्ने, बुद्ध र बुद्दत्व जन्मिदैन थियो होला । अर्काको भर पर्दा दु:ख कस्ट र अपमान  पाईन्छ भनेर  छिमेकीले हामीलाई एउटा पाठ त  सिकाएको छ ।  यो पाठ नै देश बिकाश र प्रगतिका लागि मार्गदर्शन बन्न  पनि त सक्छ  !  देश बिकाश गर्न नेता दुरदर्शी हुनै पर्छ, सपना  देख्नैपर्छ । केपी ओलीमा त्यो सपना र दुरदर्शिता स्पस्ट देखिन्थ्यो । यधपी उनको स्पष्ट अडानलाई धेरैले घमण्ड भनेर परिभाषित पनि गरे । अहिले पनि एमालेमै एकथरी नेता  केपीलाई हटाएर भबिश्यमा  प्रधानमन्त्रि खाने दाउमा छन् । भारतले एमाले फुटाउन प्रयोग गर्नसक्ने पात्र  पनि तिनै हुन् ।  त्यसैले अब एमालेले प्रत्यक  कदम होसियारीका साथ चाल्नु  पर्दछ, यसैमा देशको भलाइ छ । 

एमालेमा पनि कयौं भ्रष्ट र भारत परस्त नेताहरु छन् तर  तुलानात्मक रुपले अरु पार्टी भन्दा एमाले राम्रो छ र त्यशमा पनि  केपी ओलीले अहिले लिएको अडान र नीति देशको  हितमा छ । त्यसैले नेपाली जनता अब एकचोटी  केपीको नेतृत्वमा बहुमतको सरकार बनाउन चाहन्छन् । यसैलाई आधार बनाएर एमालेले आफ्नो आगामी रणनीति तयार गरोस । एमालेको अबको बाटो यहि हुनु पर्दछ । 

कांग्रेसलाइ भारतले मायाँ गर्छ, कांग्रेस  भारतको नजिक भएको पार्टी हो भनेर कुनैपनि हालतमा मान्न सकिदैन । यदि त्यसो हो भने कांग्रेसकै पालामा किन नाकाबन्दी भयो त् ? किन कांग्रेसकै पालामा मधेश आन्दोलन गराइयो  त्  ? यो त भारतले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न खोजेको मात्र हो,  अनि सत्तामा  जान कांग्रेसले पनि भारतलाई प्रयोग गरेको मात्र हो । यी दुबैको स्वार्थले नेपाल राष्ट्रको हित गर्दैन । त्यसैले  कांग्रेस र भारतको मित्रता भनेको मालिक र नोकरको जस्तो मात्र हो । नोकरले बाध्यताले मात्र मालिकले भनेको  मानेको हुन्छ भने, मालिकले मेरो नोकर राम्रो छ जे भने पनि मान्छ भन्ने सम्झन्छ । माओवादिले सरकार ढाल्न सहयोग गर्नुका २ वटा कारण छन् । एउटा द्वन्दकालमा भएका घटनामा कारबाही र जेल परिने  डरले परस्थीति बदल्नु , अर्को डुब्न लागेको पार्टी चालाउन भारतबाट आर्थिक र राजनीतिक फाइदा लिनु ।

चिनिया राष्ट्रपतिले नेपाल भ्रमण गर्ने ठुलो इच्छा गरेका थिए । भ्रमण तयारीका लागि चीनिया उच्च अधिकारी काठमाडौँ आइसकेको अबस्थामा सरकार ढाल्नु भनेको भारतीय चलखेल र चाहना  हो भनेर कांग्रेस र मावोबादीलाई आरोप लाग्नु स्वभाबिक नै हो ।  कमसेकम चिनिया राष्ट्रपतिको  भ्रमणपछि सरकार ढालेको भए कांग्रेस र माओबादी यो आरोपबाट जोगिने थिए । चिनिया राष्ट्रपति आउँदा केरुङ्ग काठमाण्डौ, पोखरा लुम्बिनी  रेलको सिलान्न्याश हुने लगभग पक्का थियो भने अन्य धेरै दुरगामी सम्झौताहरु हुने वाला थियो र खरबौ चिनिया लगानी पनि भित्रिने थियो । यसबाट डराएको भारतले सरकार ढाल्न धेरै मिहिनेत र लगानी गर्यो । अन्तत सफल पनि भयो । नेपाल राष्ट्रको प्रगति र  बिकाशका लागि यो  ठुलो प्रहार थियो । कयौं भारतीय मिडियाले नेपाल चीन रेल लिंकको तिब्र बिरोध गरेका थिए । यदि भारत सरकारको धारणा पनि त्यस्तै खालको थिएन भने उसले आफ्ना मिडियालाई सम्झाउन सक्थ्यो र कारबाही गर्न सक्थ्यो । तर उसको पनि आफ्नो मिडियाको जस्तै धारणा रहेछ र यसमा  नेपाली मिडियाले भारतीय मिडियाको खण्डन र प्रतिबाद  गर्न नसक्नु दुर्भाग्य र कमजोर पत्रकारिता हो ।  नेपालमा रेल आउँदा कुन कारणले भारतलाई असर पर्छ ? यो त उसको नेपालमा बिकास हुन् नदिएर कम्जोर बनाएर आफ्नो सामान  नेपाली बजारमा  बेचिरहने रणनीति मात्र हो । चीन र भारतको  दुवै तिर आफ्नै सिमा जोडीएका छन् । भारत  आक्रमण गर्न चीनलाई नेपाल घुस्न जरुरी छैन । मिसाइल र रकेटको जमानामाको आउला रेलमा बन्दुक बोकेर ? त्यसैले नेपाल सरकारले भारतलाई कुरा बुझाउन सक्नुपर्छ कि चिनिया रेल नेपाल आउँदा भारतलाइ कुनै अफ्ट्यारो पर्दैन भनेर । यो रेल बन्दा भारतले बिरोध गर्ने कुनै अधिकार छैन । यो हाम्रो आन्तरिक बिकाश हो ।  नत्र चीनले पनि भन्न सक्छ,  भारतीय रेल काठमान्डौ आउँदा चीनलाइ अफ्ठेरो पर्छ भनेर । किनकि भारतले पनि काठमान्डौसम्म  रेल लिंक बनाउन बजेट नै छुट्टाई सकेको छ । ओली सरकारले पुर्ब पश्चिम रेल, काठमाडौँमा मेट्रो रेल अनि चिनिया रेल लुम्बिनीसम्म पुर्याउने खर्बौको योजना त बनायो तर यत्रो योजना हेर्ने एउटा रेल मन्त्रालय र रेलमन्त्रि समेत बनाउन सकेन । रेल बिभागले कुनै पनि हालतमा यत्रा योजनाहरु  हेन्डल गर्न सक्दैन । गर्छु भनेर मात्र हुदैन, काम गर्ने संयन्त्र पनि बनाउन सक्नुपर्दछ ।

सरकार काम गर्न नसकेर ढालेको भनेर कदापि मान्न सक्किन्न । किनकि विषम परिस्थितिमा बनेको सरकारलाई छ महिना नपुग्दै ढाल्न कोशिस गर्न थालियो । कुनै काम गर्ने मौका र समय दिइएन । जबकि नेपाली कांग्रेसको सरकार हुँदा मोदी नेपाल भ्रमणमा आएको  बेला सिन्धुपाल्चोकको जिरेमा ठुलो पहिरो गएर भोटेकोशी नदि थुनियो । एउटा गाउँ नै बगायो ।  सुशील कोइराला सरकारले हत्त न पत्त मद्धतका लागि भारत र चीन गुहार्यो । धन्न नेपाली सेनाले ब्लास्टिंग गरेर नदि खोलेर लाज बचायो । जाबो एक ठाउमा पहिरो जाँदा उद्धार गर्न भारत र चीन गुहार्ने पार्टीले अहिले ओलीको आलोचना गर्न मिल्छ ? सुशील कोइराला सरकारले एक बर्ष पुगेको अवशरमा सरकारको उपलब्धि सार्बजनिक गर्यो । त्यसमा भनिएको थियो,  नयाँ नगरपालिका घोषणा गरेको , मदेशी मोर्चालाई बार्तामा बोलाइएको, बजेट निकाशा गरिएको  इत्यादि । यस्तो पनि उपलब्धि हुन्छ ? यो भन्दा त केपी ओलीले के-के गरे गरे ।  

एमाले माथि पनि केहि गम्भीर आरोपहरु  छन् । महाकाली सन्धिमा यदि एमालेबाट गल्ति, कमजोरी र त्रुटि भएका छन् भने त्यशलाइ सच्याउनु  पर्छ, आत्म-आलोचना र समिक्षा गर्नुपर्छ । गल्ति र कमजोरी लुकाउन र ढाकछोप गर्न खोज्दा पार्टीलाई झनै  घाटा हुन्छ । एमाले  किन मदन भण्डारीको हत्त्याको छानबिन गर्न चाहन्न ? के कारणले छानबिन गर्न सकिएन  ?  त्यसको जवाफ जनतालाई दिनुपर्छ । अनिमात्र एमाले जिम्मेबार पार्टी कहलिन्छ । धेरैको आरोप छ, मदन भण्डारीको हत्यामा पार्टीका केहि नेता पनि प्रयोग भएका हुन सक्छन,  त्यसैले एमाले यस बिषयमा बोल्न चाहदैन। यो आरोपको खण्डन नगरी एमालेको उचाइ बढ्नेवाला छैन । सरकार ढाल्न  अबिस्वाशको प्रस्ताब राख्दा प्रचण्डले लगाएका आरोपहरु  बकबाश र आधारहीन देखिन्थ्यो तर प्रम ओलीले दिएका जवाफ गहकिलो र जिम्मेबार थियो । झन् शेर बहादुरले लगाएको आरोप त न बुझ्न  सकिने, न स्पष्ट, न कुनै तर्क संग मेल खाने खालका थिए । नेपालको बिकाश नहुनुको एकमात्र कारण गलत राजनीति र पार्टीको गलत नीति नै हो । 

केपी ओलीले लिएको नीतिले के कुरा प्रमाणित गरिदिएको छ भने यदी देश र जनताको पक्षमा काम गर्ने हो भने भारतको सहयोगबिना पनि यो देशमा राजनीति गर्न सकिन्छ, बिकाश निर्माण अगाडी बढाउन सकिन्छ र जनताको मायाँ पाउन सकिन्छ,  विपक्षको समेत साथ् र समर्थन पाउन सकिन्छ,  भलै आफ्नै पार्टीका केहि नेताहरुको आफु  प्रम बन्ने पदमोहले ओलीको आलोचना गरुन । त्यसैले जसरि भाजपाले मोदीलाई प्रमको उमेरद्वार बनाएर चुनाब जित्यो, त्यसैगरि अब एमालेले ओलीलाई अबको प्रम उमेरद्वार बनाएर चुनाब लड्नु पर्छ । यो नै एमालेको सफलताको बाटो हुन् सक्छ। किनकि गर्छु भन्ने पार्टीलाई नेपाली जनताले बहुमत दिएकै छन् । ओलीको समर्थनमा जनताले सडकमा नारा जुलुस गरेको, ओलीको जयजयकार गरेको बिर्सनु हुँदैन । एमालेले समर्थनलाई सक्तिमा बदल्न सक्नु पर्छ । अब संबिधान संसोधन गरेर ५ बर्षको अबधिमा आधा अबधि कटेपछि १ चोटी मात्र अबिश्वाशको प्रस्ताब ल्याउन पाईने नियम बनाउनु पर्छ । यसो भएमा एउटा सरकारले कमसेकम साढे दुई बर्ष मज्जाले काम गर्न पाउँछ र  सरकार अस्थिर हुने समस्या टर्छ । यत्ति गरेमा  प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रि र प्रत्यक्ष निर्बाचित राष्ट्रपति चाहिन्छ भनेर बिबाद गर्न पनि पर्दैन । दोहोरो चुनाब  खर्च  पनि हुँदैन । बरु सकिन्छ भने खर्च बचाउन संसद चुनाब र स्थानीय चुनाब २ वटा मतपत्र प्रयोग गरेर एकै चोटी गर्दा पनि हुन्छ ।

हामी जनतालाई संधै गलत पार्टी र गलत नेतालाई जिताएको आरोप लाग्छ तर राजनीतिमा  अशल मान्छे नै नभएपछि कसलाई भोट दिने त ? त्यसैले इमान्दार र सक्षम भएर  जनताले छान्ने खालको नेता  बनेर आउनु पर्यो । देश बिकाश गर्न बलियो र स्थिर सरकार हुनैपर्छ । आन्तरिक समस्या समाधान गर्न भारत धाउने परम्परा हट्नुपर्छ । नेपाल-भारत सिमामा काडेतार लगाएर सिमा ब्यबस्थित गर्नुपर्छ । नेपालमा अब भारतपरस्त पार्टीहरुको भबिश्य  छैन । आगामी चुनाबमा तिनीहरु नराम्रोसंग पछारिने  छन् । हाम्रो नेपाल बनाउन प्राकृतिक श्रोत र साधान पनि हामीसंगै छन् । मिहीनेत गर्ने हातहरु पनि हामीसंगै छन् । दर्शन, सिदान्त  र बिचार पनि हामीसंगै छन् । माओ, माक्स र लेनिनको विचार बोकीरहनु पर्दैन । बरु बुद्दले दिएको सान्ति र इमान्दारिता बाटो  अनि मदन भण्डारीको जबजको अनुसरण गर्ने हो भने देश बनाउन अरु कुनै  दर्सन चाहिन्न । माओ, माक्स र लेनिनको विचार बोकेर उनीहरुको नाम झुन्ड्याएर पार्टी खोल्न चाँही हुने अनि नेपाली माटो सुहाउदो  मदन भण्डारीको जबज लागु गर्न चाँही किन नहुने ? यत्ति कुरा बिचार गर्ने हो  भने देशले बिकाश र प्रगतिको बाटो लिने कुरामा कुनै संखा गर्नु पर्दैन । चाडैनै नेपाल स्विज़रल्याण्ड जस्तो धनि र इजरायल जस्तो शक्तिशाली हुनेछ । एक रुपया नेपाली बराबर एक रुपिया साठी पैशा भारु हुनेछ (अहिलेको ठिक्क उल्टो ) अहिले जति नेपाली विदेश काम गर्न गएका छन्, त्यति नेपाली त पर्यटक बनेर विदेश घुम्न जाने हैसियतका हुनेछन् । 

प्रतिक्रियाको लागि:

[email protected]
दुबईबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार