–प्रभात सुवेदी |
“विद्यार्थीहरु कहिले भूकम्पको त्रासबाट पीडित छन्, कहिले विद्यालयका पर्खाल भत्किएर पीडित छन्, कहिले आफ्नै शिक्षकहरुबाट पीड"/>
–प्रभात सुवेदी |
“विद्यार्थीहरु कहिले भूकम्पको त्रासबाट पीडित छन्, कहिले विद्यालयका पर्खाल भत्किएर पीडित छन्, कहिले आफ्नै शिक्षकहरुबाट पीड"/>
–प्रभात सुवेदी |
“विद्यार्थीहरु कहिले भूकम्पको त्रासबाट पीडित छन्, कहिले विद्यालयका पर्खाल भत्किएर पीडित छन्, कहिले आफ्नै शिक्षकहरुबाट पीडित छन्, कहिले आफ्नै साथीहरुबाट पीडित छन् भने कहिले मानसिक त्रासले पीडित छन् । यसरी पीडित मानसिकताबाट त्रासदीपूर्ण वातावरणमा अध्ययन गरेका बालबालिकाहरुको भविष्य के हुने हो ? उनीहरुको लक्ष्य कसरी पूरा हुने हो ? उनीहरुको सक्षमता कसरी वृद्धि हुने हो ? यी तमाम अनुत्तरीत प्रश्नहरुले यो मुलुकको सिङ्गो शिक्षाक्षेत्रलाई चियाइरहको छ ।”
आतङ्क शब्द नै मानिसको शत्रु शब्दको रुपमा स्थापित रहेको छ । भर्खरै मात्र राजधानीका केही निजी विद्यालयहरुमा बमको आतङ्क मच्चाइएको छ । बम भेटिएका स्थानमा भेटिएका पर्चा पम्प्लेटहरुसँग घटनामा संलग्न हुनेहरुको कुनै सम्बन्ध होस् वा नहोस् त्यो सरोकारको विषय भएन तर यसको पछाडिको उद्देश्य र बेलाबेलाबेलामा यस प्रकारका गतिविधीहरु सञ्चालन गर्ने मानसिकताले गाँजिएका आतङ्ककारीहरु कसरी चुप लागेर बस्छन् भन्ने कुरा प्रमुख हो ।
शिक्षालाई केहीले व्यापार बनाएका पनि हुन सक्दछन् । तर, व्यापार मात्रै हैन उनीहरुले शिक्षाको गुणस्तरीयता र विद्यार्थीहरुलाई संस्कार पनि विशेष प्राथमिकतामा राखेका छन् । तर, विडम्बना यो बम बनाउने शिक्षा अनि यसरी शैक्षिक क्षेत्रमा आतङ्क मच्चाउने शिक्षा नेपालको कुन तहको शिक्षाको पाठ्यक्रममा छ ? यसको जवाफ सरकारले दिनु पर्दछ । हैन भने यस प्रकारको ज्ञान कसले दियो ? कसले सिकायो । बुर्जुवा शिक्षामा त यस प्रकारको ज्ञान त पक्कै थिएन ? ज्ञान दिने गुरुहरुले नै यो कुरा बुझ्नु जरुरी हुन्छ । हैन भने ज्ञान दिएर त्यो ज्ञानलाई व्यवस्थित गर्न र त्यसको सही सदुपयोग गर्न नसिकाउने गुरुहरु गुरु हैनन् उनीहरु पनि आतङ्कबादी नै हुन् ।
विद्यालय शान्ति क्षेत्र भनिएको छ तर यो भनाई र शब्दमा मात्रै केन्द्रित रहेको छ । नेपालमा शब्दका खेलहरु निकै भइरहेका छन् । यही शब्दको खेलका कारण आज विकासको चरमचुलीमा पुग्नुपर्ने मुलुक सत्ता र स्वार्थको लुछाचुँडीमै रुमल्लिएको छ । यहाँ न त सडकमा ध्यान छ, न त बजार र महङ्गीमा अनि न त औद्योगिक विकासमा नै ? बरु शब्दलाई कसैले निजी सम्पत्ती जस्तै गरी तोडमोड र परिवर्तन गरी भाषाविद् बन्न खोज्नेहरुबाट नै फेरि भाषको आतङ्क फैल्याइरहेको अवस्था रहेको छ । भाषा भनेको संस्कार हो लेखन भनेको संस्कृति हो जसलाई कसैले आफ्नो स्वार्थसँग जोडेर परिवर्तन गर्न खोज्दछ भने त्यो मूर्खता बाहेक केही पनि हुन सक्दैन ।
यसरी कलिका बाल मस्तिष्कमा असर पर्ने गरेर चाहे निजी विद्यालय हुन् वा सामुदायिक विद्यालय हुन् यसरी बम वा बम जस्तै गरी कुनै पनि शङ्कास्पद बस्तुहरु राखेर आतङ्क मच्चाउन खोज्नेहरु को हुन् ? यिनीहरुको स्वार्थ के हो ? किन यस प्रकारका व्यवहारहरु प्रदर्शन गरिरहेका हुन् ? यिनीहरुको को द्वारा सञ्चालित हुन् भन्ने कुरा राम्ररी बुझ्नु जरुरी रहेको छ । प्रहरी प्रशासनले चाहेमा जे पनि गर्न सक्दछ । अझ नेपालको प्रहरी संयन्त्र यति चुस्त छ कि विगतमा गरेका कार्यहरुबाट प्रहरीको सामथ्र्य आम जनताले बुझेको अवस्था छ । तर सबैभन्दा ठूलो कुरा राजनैतिक संयन्त्र रहेछ । राजनैतिक संयन्त्रको अगाडि प्रहरी प्रशासन जबसम्म झुकिरहने अवस्था आउँछ तबसम्म यो मुलुकमा यस प्रकारका आतङ्कहरु भैरहने छन् भन्ने कुरामा कसैको पनि दुइमत हुन सक्दैन । यसको ज्वलन्त उदाहरण के हो भने भर्खरै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलाली घटनाका आरोपी मुख्य अभियुक्तलाई भारतको राजधानी दिल्लीमा भेटेर प्रेमालाप गर्नुले यसको पुष्ट्याँई गर्दछ । कस्तो हाँसो उठ्दो कुरा छ ? यता प्रहरीले ‘मोस्ट वान्टिड’ सूचीमा राखेर फरार अभियुक्त भनेर व्यापक खोजी गर्ने, उता देशकै प्रधानमन्त्रीले भने भेटेर कुराकानी गर्ने, यो कस्तो मुलुकको संयन्त्र हो । अब यसको पछाडिको रहस्य तपाईंहरु आफै खोज्नुस् पाठकवर्गज्यूहरु । यसरी के बुझिन्छ भने ती साँच्चिकै अभियुक्त दोषी हुन् भने प्रहरील समात्न सक्नु प¥यो हैन भने उनलाई सफाई दिनु प¥यो । यसरी जनतालाई आतङ्ककारीले मात्रै हैन बेवकुफ बनाउने काम त राज्यले पनि गरिरहेको छ ।
उपरोक्त घटनाहरुमा जस्तै विद्यालयमा बम आतङ्क मच्चाउनेहरु पनि कतै यस्तै प्रकारले संरक्षित त छैनन् । आजका बालबालिकाहरुका मनस्पटलमा यस प्रकारका आतङ्क मच्चाएर उनीहरुले के गर्न खोजिरहेका हुन् त । यत्ति मात्रै हैन तपाईंहरु हेर्दै जानुस् केही समयपछि यो घटना आफै चुप लागेर सेलाउँछ । तर, त्यतिबेला कसरी सेलायो र कसले सेलाउने तत्वको प्रयोग ग¥यो भन्ने कुरा कसैको चासोको विषय नै बन्दैन । नेपालमा यस्ता आतङ्कबादी घटनाहरु घटना घटेको केही समयसम्म मात्रै चर्चाको विषय बन्दछन् अनि यस प्रकारका घटनाहरु घटाउने, सबुतहरु सबै गायब पारिन्छन् । कोही व्यक्ति नै प्रमाण रहेछ भने पनि त्यस्ता व्यक्तिहरुबाट गोपनीयता खुल्ने डरमा त्यस्ता व्यक्तिहरुको नै हत्या गरिएको छ ।
विद्यार्थीहरु कहिले भूकम्पको त्रासबाट पीडित छन्, कहिले विद्यालयका पर्खाल भत्किएर पीडित छन्, कहिले आफ्नै शिक्षकहरुबाट पीडित छन्, कहिले आफ्नै साथीहरुबाट पीडित छन् भने कहिले मानसिक त्रासले पीडित छन् । यसरी पीडित मानसिकताबाट त्रासदीपूर्ण वातावरणमा अध्ययन गरेका बालबालिकाहरुको भविष्य के हुने हो ? उनीहरुको लक्ष्य कसरी पूरा हुने हो ? उनीहरुको सक्षमता कसरी वृद्धि हुने हो ? यी तमाम अनुत्तरीत प्रश्नहरुले यो मुलुकको सिङ्गो शिक्षाक्षेत्रलाई चियाइरहको छ ।
आज मुलुकको कुनै पनि क्षेत्र व्यवस्थित बन्न सकिरहेको छैन । अस्तव्यस्त बनेको छ । यसको दोषी अरु कोही पनि नभएर तपाईं हामी नै हाँै । किनकी हामीमा नै असल संस्कार अनुसरण गर्ने परिपाटी हराइसको अवस्था छ । विकृत मानसिकताका कारणले गर्दा हामी आफै विकृतिउन्मुख भैरहेका छौँ । समाज दिनानुदिन विकृतिका जालोहरुमा फसिरहेको छ । कुनै पनि उद्यम भन्दा पनि रातारात धनी बन्ने लोभमा समाजमा आजभोलि छ्याप्छ्याप्ती आम नागरिहरुलाई विगार्ने खालका व्यवसायहरु सञ्चालन गरिहरको अवस्था छ । यस खालका गतिविधीहरुमा परिपक्व भैसकेका व्यक्तिहरु मात्रै हैन कि बालबालिकाहरु पनि फसिरहेका छन् । यसमा हाम्रो वास्ता नै छैन । यस प्रकारका कुकृत्य र विकृतिहरुमा फसिरहका जनताबाट अनि राज्यले के अपेक्षा गर्ने हामीले नै राज्यको लागि के योगदान दिन सकेका छौँ र ? दिउसै सडकमा बलिरहेको बत्ती हेरेर हिँड्ने हामी त्यो बत्ती निभाउने एउटा सानो प्रयासमा पनि कञ्ज्युस्याईँ गरिरहेका छौँ । अनि कहाँबाट बन्छ समृद्ध मुलुक । खै हामीले के शिक्षा पायौँ र के शिक्षा दिइरहका छौँ ?न त यसमा संस्कार छ, न त नैतिकता छ ?आधारभूत तहमा पढाइने नैतिक शिक्षा पढाउनका लागि मात्रै राखिएको विषय भएको छ । यस प्रकारको पाठ्यक्रममा समेटिएका विषयवस्तुहरु त अत्यन्तै सान्दर्भिक त छन् तर यसका लगि उपयुक्त संस्कार पनि चाहिने रहेछ । जसरी एउटा विरुवा रोपेर मात्रै हुँदैन, त्यो विरुवा हुर्काउन बढाउनका लागि उत्तिकै मिहिनेत र लगनशीलता चाहिन्छ, त्यसैगरी नैतिक शिक्षा भन्ने विषय पढाएर मात्रै केही हुँदैन जबसम्म त्यो शिक्षामा रहेका आदर्श र नैतिकताका कुराहरु ग्रहण गरी दैनिक जीवनमा उतार्न अनुकुल वातावरण नै हुँदैन ।
तसर्थ, आजको समयमा यही कुराको अभाव खट्किरहेको छ । विद्यालयमा गुरुहरुले नैतिकताका पाठहरु नपढाएको पनि हैन । पक्कै पनि कोही पनि आमाबाबुले आफ्ना सन्तानहरु चरित्रहिन भएको देख्न चाहिरहेका छैनन् तर यहाँ ठ्याक्कै उल्टो भैरहेको अवस्था छ । यो सब के कुराले गरिरहेको छ ? यसमा को कुराको हाबी भैरहेको छ भन्ने कुरा हामी आफैले बुझेर पनि बुझ्न चाहिरेहका छैनौँ ।
यस कुरामा हाम्रा खानपान देखि लिएर हाम्रो समाज र हामीले अनुसरण गर्ने संस्कारले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यहाँ धर्मका नाममा विकृति मच्चिरहेका छ, हिन्दू हिन्दूमै फाटो परिरहेको अवस्था छ । धर्मलाई व्यक्तिवादी चिन्तनका रुपमा व्याख्या गर्न थालिएको अवस्था छ । त्यसकारण पनि संस्कार बटारिएको छ, नैतिकता लछारिएको छ । अनि यसरी बटारिएका र लछारिएका मानसिकताले आफ्नो जीवनयापनको लक्ष्य नै आतङ्क बनाइरहेका छन् ।
चाहे निजी हुन् चाहे सामुदायिक हुन् । यसरी आफ्नो निजी स्थार्थ पूरा गर्नका लगि शैक्षिक संस्थाहरुलाई केन्द्रविन्दु बनाउनु हुँदैन । शैक्षिक क्षेत्रहरु पनि विकृतिमुक्त छैनन् तर यसका लागि बालबालिकाहरुको बाल मन र मस्तिष्कमा कुनै पनि असर नपर्ने गरी समाधानकाउत्तम विकल्प रोजिनु पर्दछ । हैन भने यस प्रकारका आतङ्कहरुबाट आतङ्ककारी नै जन्मिन्छन् यसका कुनै पनि शङ्का छ्रैन । त्यसैले अबको आवश्यकता भनेको नै व्यवहारिक नैतिक शिक्षा हो । यसका लगि हामीले बालबालिकाहरुको खानपानदेखि लिएर उनीहरुको दैनिक क्रियाकलापहरुमा समेत आवश्यक रुपमा लगाम लगाइरहनु आवश्यक छ ।