४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले कार्तिक १६ मा

८ कार्तिक २०७६, शुक्रबार ११:२८

कात्तिक ८, चितवन | मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ् गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन । भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो-आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए । 

भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले “मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सिमा महतो, बेनिशा छेत्री, नविना अधिकारि, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिश्प्रधा गरिरहेका छन् ।


होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा बिकाश सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।

चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभब बटुली सकेकि सरिता आचार्यको आयोजनामा भईरहेको  यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् ।

भबिष्यमा नेपाल बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको कुरा “मिस्टर एण्ड मिस स्टार चितवन २०१९” को अधक्ष्य आचार्य बताउछिन ।

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन। साथै बिजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ ।


कोरियोग्राफर अस्मिता नेपालीले कोरियोग्राफी गरिरहेकी प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक सस्थाले गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ