३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

२६ पुष २०७४, बुधबार ०७:५७

नारायण ढुंगाना | पुस २६ चितवन,  (रासस) | सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । 

विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ । 

छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ । 

नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ । 

आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोको हेयलाई तुलना गरिएको कथासहितको बेदनाको पोको खोल्छन् । यसैबाट दर्शकको मन रसाउन शुरु गर्छ । 

त्यसपछि नाटक ‘आमा’ शुरु हुन्छ … 

“कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ”, यसो उठेर फूलमा पानी मात्रै हाल्दे’नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा वृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन् । “बाहिर गर आफैँ, भित्र आफँै, सक्दिन म, के म यो घरको नोकर हो र ?” शान्ति कराउन छाड्दिनन् । 

“हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है”, आमा भन्छिन् । बुहारीलाई आमा घरमा बसेको मन पर्दैन । वृद्धाश्रममा पठाउन श्रीमान्लाई दबाब दिन्छिन् । देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैँ गर्छिन् । बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ । 

आमाको ममता अपरम्पार हुन्छ । त्यसको कुनै मोल नै हुन्न । तर छोराले यी सब कुरा बिर्सन्छ । जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमत जाग्छ । 

“एकछिन छोरा, तँ एउटी आमाले गरेको ममताको मूल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्दिन, तर एक हप्ताभित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु ।” ऊ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन् । उपस्थित दर्शकमा आँशुका धारा बग्न थाल्छन् । आमाहरुको मन थामिँदैन । 

नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सँुक्कसुँक्क गरी रुन थाल्नुभयो । “सुखदुःख दुवैसँगै त हुन्छ, दुःख देख्दा रुन मन लाग्यो”, अधिकारीले भन्नुभयो, “घरपरिवार नै राम्रो भए बाआमा यसरी बिछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन ।” उनीसँगै ८७ वर्षका वृद्ध वैकुण्ठ अर्याल र ८१ वर्षीया दमयन्ती अर्याल दम्पती नै लट्ठी टेकेर आमा नाटक हेर्न सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए