४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू

२३ कार्तिक २०७८, मंगलवार १०:१५

शेर भण्डारी | कात्तिक २३, डडेल्धुरा | डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार मंगलबारदेखि  सर्भे सुरु भएको हाे। 

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटो पिन छ। पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले बताए। प्राविधिक टोलीले सर्भेका लागि  ड्रोन क्यामराको समेत प्रयोग गरेको छ। त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका विषयलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उनले बताए। ‘भौगलिक हिसाबले कठिन छ। सकेसम्म कम खर्चमा कसरी बनाउन सकिन्छ भनेर सर्भे गरिरहेका छौं । सकेसम्म इकोनोमिक डिजाइन बनाउँछौं। विस्तृत विवरण सर्भेपछि मात्रै थाहा हुन्छ,’ उनले भने।

२०७० सालदेखि नै डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न स्थानलाई प्रस्ताव हुँदै आएकाे थियाे । अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे  गराउन सकेको राजनीतिज्ञ डा. तारा जोशीको भनाइ छ। ‘विमानस्थल बनाउन थुप्रै स्टेपहरू छन्। सुरुमा अध्ययन भयो। त्यसपछि सम्भाव्यता अध्ययन भयो। अहिले हामी डीपीआर बनाउने प्रयासमा छौं। रिपोर्ट आएपछि  इआइएको प्रक्रिया सुरू हुन्छ। हेरौं कति समय लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी डेन्डर, बजेट बनाउने कुरामा अगाडि बढ्छाै‌।’  विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको तर जमिन भिरालो भएर पनि धावनमार्ग, पहाडले छेक्ने सम्भावनासमेत रहेको प्राविधिकहरूको भनाइ छ। 

स्थानीय खुसी

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सात वटै पहाडी र दुई वटा तराईका जिल्लामा विमानस्थल छन्। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल छैन्। 

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आयस्तरमा समेत बढ्ने अमरगढी नगरपालिकाका नगरप्रमुख संगीता भण्डारीले बताइन्। उनले भनिन्, ‘यो ठाउँमा विमानस्थल बने मिनिमार्केटको रूपमा स्थापना हुन्छ। त्यसपछि यहाँका नागरिकले विभिन्न किसिमका व्यवसाय गर्न सक्छन् । र, आर्थिकरूपमा समेत सम्पन्न हुन्छन् ।’

डडेल्धुरामा विमानस्थल बने सुदूरपश्चिमका नाै जिल्लाका जनताले सुविधा पाउने स्थानीय धनबहादुर साउदले बताए। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव