४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पहिलो पटक मावि स्तरीय फुटबल प्रतियोगिता हुने

१८ आश्विन २०७२, सोमबार २२:०८

प्रकाश धौलाकोटी/ असोज १९, तेह्रथुम । तेह्रथुममा पहिलो पटक विद्यालय स्तरबाट फुटबल खेलाडी छनौट हुने भएका छन् । जिल्लाका माध्यमिक स्तरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट प्रतिष्पर्धा गराई उत्कृष्ट छनौट गरेर राष्ट्रिय स्तरका खेलाडी छनौट गर्न लागिएको हो ।

नेपाल विद्यालय फुटवल संघको जिल्ला शाखाले आगामी मंसिर ५ गतेबाट अन्तरविद्यालय प्रतियोगिता गराएर जिल्ला स्तरीय फुटबल टिम छनौट गर्ने संघका जिल्ला अध्यक्ष पे्रमबहादुर खड्काले बताए ।

जिल्लाको वसन्तपुर स्थित खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयले सहभागी हुन पाउनेछन् । सहभागी भएवापत कुनै शुल्क लाग्ने छैन ।

प्रतियोगिताको विजेताले तिन वर्षे रनिङ शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ समेत प्राप्त गर्नेछ । जिल्लाबाट छनौट भएको टिमलाई पुर्वान्चल स्तरीय प्रतियोगितामा सामेल गराइनेछ । त्यहाँ बाट छानिएको टिमले राष्ट्रिय प्रतियोगिता खेल्ने अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ