२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

इजरायलमा हराएका विपिन अझै बेपत्ता, हमास समूहको नियन्त्रणमा रहेको आशंका

२८ आश्विन २०८०, आईतवार ०६:२०

असोज २८, काठमाडौँ | इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन् । पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन् । 

शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन् । नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । 

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । 


जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन् । हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन् । उस (विपिन जोशी)लाई दुई तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन् । त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा– ३ वीरेन्द्र चौधरीसहित २५३जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर शनिबारसम्म गाउँ पुगिसकेको छ । 

अर्थ मन्त्रालयमा कार्यरत चुरामणि अर्यालले प्यालेस्टाइन सरकारमा कार्यरत साथीसँग व्यक्तिगत तवरमा भएको सम्पर्कका आधारमा जोशीबारे चासो राखेको बताए । ‘मेरो व्यक्तिगत चिनजानका साथी प्यालेस्टाइन सरकारका कर्मचारी हुनुहुन्छ । मैले उहाँलाई सम्पर्क गरेर विपिन जोशीबारे चासो राखेको थिएँ,’ अर्यालले शनिबार साँझ भने, ‘उहाँले नेपाली रहेको वा नरहेको केही पनि भन्नुभएन । तर, हमास समूहको नियन्त्रणमा रहेका एसियाली नागरिकलाई सुक्षित रूपमा इजरायलतर्फ फर्काउने तयारी गरेको जानकारी उहाँले दिनुभएको छ । यदि नेपाली त्यो समूहमा छन् भने उनी सुरक्षित छन्, सुरक्षित रूपमा इजरायल फर्काउने तयारी छ भन्नुभएको छ ।’ 

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय गाजाआसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमाक्षेत्रमा थप जोखिम बढेको जनाएको छ । त्यहाँबाट सुरक्षित स्थानमा सर्न नेपालीहरूलाई दूतावासले आग्रह गरेको छ । ‘इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकाले यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,’ दूतावासले शनिबार जारी सूचनामा भनेको छ । दूतावासले अनलाइन फर्म भर्न तथा रोजगारदाता नभएकाहरूले पनि सम्पर्क गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली