२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

इजरायलमा हराएका विपिन अझै बेपत्ता, हमास समूहको नियन्त्रणमा रहेको आशंका

२०८०, २८ आश्विन आईतवार ०६:२०

असोज २८, काठमाडौँ | इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन् । पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन् । 

शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन् । नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । 

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । 


जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन् । हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन् । उस (विपिन जोशी)लाई दुई तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन् । त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा– ३ वीरेन्द्र चौधरीसहित २५३जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर शनिबारसम्म गाउँ पुगिसकेको छ । 

अर्थ मन्त्रालयमा कार्यरत चुरामणि अर्यालले प्यालेस्टाइन सरकारमा कार्यरत साथीसँग व्यक्तिगत तवरमा भएको सम्पर्कका आधारमा जोशीबारे चासो राखेको बताए । ‘मेरो व्यक्तिगत चिनजानका साथी प्यालेस्टाइन सरकारका कर्मचारी हुनुहुन्छ । मैले उहाँलाई सम्पर्क गरेर विपिन जोशीबारे चासो राखेको थिएँ,’ अर्यालले शनिबार साँझ भने, ‘उहाँले नेपाली रहेको वा नरहेको केही पनि भन्नुभएन । तर, हमास समूहको नियन्त्रणमा रहेका एसियाली नागरिकलाई सुक्षित रूपमा इजरायलतर्फ फर्काउने तयारी गरेको जानकारी उहाँले दिनुभएको छ । यदि नेपाली त्यो समूहमा छन् भने उनी सुरक्षित छन्, सुरक्षित रूपमा इजरायल फर्काउने तयारी छ भन्नुभएको छ ।’ 

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय गाजाआसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमाक्षेत्रमा थप जोखिम बढेको जनाएको छ । त्यहाँबाट सुरक्षित स्थानमा सर्न नेपालीहरूलाई दूतावासले आग्रह गरेको छ । ‘इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकाले यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,’ दूतावासले शनिबार जारी सूचनामा भनेको छ । दूतावासले अनलाइन फर्म भर्न तथा रोजगारदाता नभएकाहरूले पनि सम्पर्क गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना