२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

जेलभित्रै नेपाली युवाको मृत्यु भएपछि अमेरिकाको न्युयोर्कस्थित जेल बन्द, जेलभित्रै मर्ने नेपाली युवक को हुन् ?

३० आश्विन २०८०, मंगलवार ०८:५०

असोज ३०, काठमाडौँ | अक्टोबरको पहिलो साता २७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेल सन् २०२७ को अगस्त ३१ सम्म बन्द गरिने तय भएको छ । अमेरिकाको न्युयोर्कको रेकर्स आइल्यान्ड जेल भित्र एक जना नेपाली युवा अवस्थामा भेटिएका थिए । उनको मुत्युको कारण रहस्मय देखिएको थियो । कस्टडी भित्र मृत भेटिनु जेलको गंभीर कमजोरी र घटना ज्यादै दुखद रहेको भन्दै गैरआवासिय नेपाली संघले छानवीनको माग गरिरहेको थियो । उनी गएको सेप्टेम्बर २७ मा हिरासतमा पुगेको न्युयोर्क डेली न्युजले पहिलो पटक उल्लेख गरेको थियो । उनलाई डकैतीको अभियोगमा पक्राउ गरिएको अमेरिकी संचारमाध्यम डेली न्युजले जनाए थियो । खराब साथीहरुको संगतले उनी यो अवस्थामा पुगेको हुन सक्ने परिवारले बताएका छन् ।

उनी जेल भित्रै मृत अवस्थामा भेटिएका थिए । हलचल नभएको अवस्थामा भेटिएका उनलाई ६ बजेर २० मिनेट जादा जेल भित्रै मृत घोषित गरिएको थियो ।


न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको थियो ।  कुँवरको कथा सन् २०१६ मा डिभी कार्यक्रममार्फत नेपालबाट अमेरिका आएपछि सुरु भएको थियो । अफसोसको कुरा, उसले आफ्नो आगमनको केही समय पछि आफूलाई घरबारविहीन पाए। सात वर्षसम्म, उनले न्यूयोर्क शहरमा बसोबास गर्दै र न्यू जर्सीमा घरबारविहीन आश्रयमा घरबारविहीनताका चुनौतीहरूको सामना गरे। उनले रेस्टुरेन्ट र निर्माण कम्पनीहरूमा विभिन्न कामहरू सम्हालेका थिए, तर काँधमा चोट लागेपछि उनको जीवनले खराब मोड लियो। मानसिक रोग, लागूपदार्थको दुरुपयोग, र रक्सी सम्बन्धी संघर्षले उनको कठिनाइलाई अझ बढाइदियो।

जुन २०२२ मा, कुँवरले क्वीन्समा डकैतीको आरोपको सामना गरे, एक व्यक्तिबाट $१,२०० लिन चक्कु चलाएको आरोप। उनीसँग घरबारविहीन व्यक्तिहरूबाट क्रेडिट कार्डहरू चोरेको र अनाधिकृत खरिदहरू गर्ने प्रयास गरेको आरोप पनि लगाइएको थियो। यी अभियोगमा अदालतमा उपस्थित हुन नसकेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

जेल भित्रै कुँबरको ज्यान गएपछि संघीय न्यायाधिसले न्युयोर्क सिटीलाई राइकर्स आइल्याण्ड जेलको अवस्थाबारे द्रुत कारबाहीको माग गरेका छन् । यो जेलबारे गम्भीर हिंसा, दुर्व्यवहार र अन्य मानवअधिकार सम्बन्धि सरोकारहरु रहेका छन् ।

अक्टोबर २५ सम्म न्युयोर्क सिटीका अधिकारीहरुसँग संघीय मनिटर स्टीव जे मार्टिनसमक्ष जेलमा भएको घटनाहरूको रिपोर्टिङ र सुधारबारे अन्य जानकारी दिने समय दिइएको छ । नोभेम्बर ८ सम्म मार्टिनले सिटीका अधिकारीहरूबाट यो आदेशको पालना भए नभएको विषय अदालतमा रिपोर्ट गर्नुपर्नेछ भने सिटीका अधिकारीहरूलाई कसरी जवाफदेही बनाउने भनेर थप सिफारिसहरू गर्न सक्नेछन् । न्युयोर्क सिटीका अधिकारीहरूले आदेशलाई बेवास्ता गरे प्रतिबन्धहरु लगाउन सकिने अदालतको आदेशमा चेतावनी दिइएको छ ।

अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ । उनको मृत्यु ओभरडोजका कारण भएको हुनसक्ने आशंकाका साथ अनुसन्धान भइरहेको छ । तर उनको मृत्युको कारण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली