२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दोश्रो पटक टुक्रिदै एनआरएनए, अब एमाले समर्थक छुट्टै एनआरएनए !

४ कार्तिक २०८०, शनिबार १४:१९

कतिक ४, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजन उन्मुख भएको छ । एनआरएनएको अनलाइन भोटिङ सिस्टम संकास्पद भएपछि बिबादित भएको अवस्थामा एमाले निकट बद्री केसी पक्षले एकपक्षीय कार्यसमितिको सपथ ग्रहण गरेपछि अध्यक्ष पदमा पराजित उम्मेदवारहरु महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेका  हुन् । 


बिहीबार भएको एनआरएनए निर्वाचनमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि अनलाइन भोटिङमा सेटिङ रहेको भन्दै विवाद सुरु भएको थियो । त्यस बाहेक अरु पनि धेरै त्रुटि भएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने भन्दै पत्रकार सम्मेलननै  गरेका छन् । बिबाद सुरु भएपछि बिबादको कुरा नमिलाई बद्री केसी पक्षले एकपक्षीय अगाडी बढ्न लागेको, केसी पक्षले स्पष्ट अनलाइन भोटिङको क्रममा बिबाद रहेको अवस्थाबारे बुझ्दाबुझ्दै पनि जवाफदेहि नभएको महेश श्रेष्ठ र आरके शर्मा पक्षले बताएको छ । 


सपथ ग्रहण गर्नु अघि केसीसहित अध्यक्षहरु कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए । 

त्यसपछि भएको छलफलका क्रममा निर्वाचनबारे दुई साताभित्र छानबिन गर्ने सहमति भएको थियो । अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरित केसी पक्षले हतारहतार सपथ कार्यक्रम राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

शनिबार साँझ संयुक्त पत्रकार सम्मेलन गरेका श्रेष्ठले सपथले अविश्वास थप बढाएको बताएका छन् । सहमतिमै स्थगित भएको प्रक्रिया सुचारु नगरी सपथ लिनु कानुनी विपरित भएको भन्दै  एपपक्षीय सपथ लिनुले झन अविश्वास पैदा भएको श्रेष्ठ र शर्मा पक्षले बताएका छन् । 

बिबादकै बीच एनआरएनएको बहुमत पक्षलाई बाहिर राखेर सानो समूहले एनआरएनए संस्था चलाउन खोज्नुले संस्थाप्रतिको विस्वास झनै घट्ने बताइएको छ । जसको कारण एनआरएनए फुटको संघारमा रहेको विश्लेषण गरिएको छ । 

यसअघि दशौं अधिवेशनमा बिबाद बढेपछि शेष घले पक्षले बेग्लै गैरआवासीय नेपाली संघ गठन गरी बाहिरिएको थियो जसको अध्यक्ष बिनोद कुवँर रहेका छन् । उनीहरुले आगामी मार्चमा अधिवेशनको तयारी गरिरहेका छन् । योसँगै २० बर्षअगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ दोश्रो पटक टुक्रिएर तीन टुक्रामा परिणत हुने अवस्थामा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली