२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

बढी नेपाली भएका देशमा दूतावास खोल्दै सरकार

२०८०, १३ कार्तिक सोमबार ०६:२०

कात्तिक १३, काठमाडौँ | बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ । १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो ।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक बसेको थियो । उक्त बैठकले बढी नेपाली भएका देशहरूमा समेत कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही आधारमा प्रकृया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए । सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका मुलुकमा कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको हो ।


सरकारले ती देशहरूमा दूतावास नै स्थापना गर्ने तथा ड्राई पोष्टिङको प्रकृया गर्ने भएको हो ।  ड्राई पोष्टिङमा खटिएका कर्मचारीले परिवार बाहेकको मात्र सुविधा पाउनेछन् । त्यसरी नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको मन्त्री भण्डारीको भनाई छ ।

ती देशहरूमा १ जना परराष्ट्र सेवाको उपसचिव स्तरको कर्मचारी, १ जना श्रम सहचारी र १ जना स्थानीय कर्मचारी गरेर तीन जनाको दरबन्दी रहनेछ । त्यसका लागि परराष्ट्र मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको प्रकृया अगाडि बढाएको छ ।

उक्त प्रकृया पुरा गरेर मन्त्रिपरिषद्मा निर्णयको लागि प्रस्ताव पेश गर्नेछ । उक्त कार्यको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेले समेत सहजीकरण गर्नेछन् ।

त्यस्तै जापान, जर्मनी, अष्ट्रिया, इजरायल तथा दक्षिण कोरियामा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जनाको प्रकृया अघि बढेको छ । श्रम मन्त्रालयले परराष्ट्रको समन्वयमा प्रस्ताव तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गर्न लागिएको मन्त्री भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा