२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टामा नेपालकी २५ वर्षीया मधुलाई तीन वर्ष जेल सजाय

१६ कार्तिक २०८०, बिहीबार ०७:१६

कार्तिक १६, काठमाडौँ | युरोपियन मुलुक माल्टामा नेपालकी २५ वर्षीया मधु सापकोटालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सापकोटालाई ७४ वर्षीया महिलालाई सामान्य चोटपटक पु-याएको र पर्स चोरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको हो ।

गत २७ जुलाई दिउँसो ३:३० बजे सडकमा हिँडिरहेकी एउटी वृद्ध महिलामाथि हमला गरी पर्स चोरी भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । प्रहरीले सीसीटिभी फुटेजबाट सापकोटाको पहिचान गरेको हो ।


सापकोटाले आरोप स्वीकार गर्दै आफ्नो कार्यप्रति खेद प्रकट गरेकी थिइन् । उनले प्रहरीसँग प्रारम्भिक चरणमा नै अपराध स्वीकार गरेकी थिइन् । सजाय सुनाउँदै मजिस्ट्रेट जो मिफसुदले वृद्धहरूलाई पूर्ण सुरक्षा दिनु सबैको आवश्यकता रहेको बताएका छन् ।

बचाउ पक्षका वकिल जोसेट सुल्ताना र अभियोजन पक्षले अभियुक्तले पश्चाताप गरेको, प्रहरीसँग मिलेर काम गरेको र प्रारम्भिक चरणमा स्वीकार गरेकामा सहमति जनाए । उनीहरूले कम्तीमा तीन वर्षको जेल सजाय हुनुपर्नेमा सहमति जनाएका थिए ।

यसअघि प्रधानन्यायाधीश जो मिफसुदले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै मुद्दाको सुनुवाइ १८ अक्टोबरसम्मका लागि स्थगित गरेका थिए । अदालतले हिंसा स्वीकार्य छैन भन्ने सन्देश दिनुपर्ने मजिस्ट्रेट मिफसुदले बताएका थिए ।

उता, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले नेपालीको यस्ता समाचार सुन्दा र देख्दा दुःख लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली