२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टामा नेपालकी २५ वर्षीया मधुलाई तीन वर्ष जेल सजाय

२०८०, १६ कार्तिक बिहीबार ०७:१६

कार्तिक १६, काठमाडौँ | युरोपियन मुलुक माल्टामा नेपालकी २५ वर्षीया मधु सापकोटालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सापकोटालाई ७४ वर्षीया महिलालाई सामान्य चोटपटक पु-याएको र पर्स चोरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको हो ।

गत २७ जुलाई दिउँसो ३:३० बजे सडकमा हिँडिरहेकी एउटी वृद्ध महिलामाथि हमला गरी पर्स चोरी भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । प्रहरीले सीसीटिभी फुटेजबाट सापकोटाको पहिचान गरेको हो ।


सापकोटाले आरोप स्वीकार गर्दै आफ्नो कार्यप्रति खेद प्रकट गरेकी थिइन् । उनले प्रहरीसँग प्रारम्भिक चरणमा नै अपराध स्वीकार गरेकी थिइन् । सजाय सुनाउँदै मजिस्ट्रेट जो मिफसुदले वृद्धहरूलाई पूर्ण सुरक्षा दिनु सबैको आवश्यकता रहेको बताएका छन् ।

बचाउ पक्षका वकिल जोसेट सुल्ताना र अभियोजन पक्षले अभियुक्तले पश्चाताप गरेको, प्रहरीसँग मिलेर काम गरेको र प्रारम्भिक चरणमा स्वीकार गरेकामा सहमति जनाए । उनीहरूले कम्तीमा तीन वर्षको जेल सजाय हुनुपर्नेमा सहमति जनाएका थिए ।

यसअघि प्रधानन्यायाधीश जो मिफसुदले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै मुद्दाको सुनुवाइ १८ अक्टोबरसम्मका लागि स्थगित गरेका थिए । अदालतले हिंसा स्वीकार्य छैन भन्ने सन्देश दिनुपर्ने मजिस्ट्रेट मिफसुदले बताएका थिए ।

उता, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले नेपालीको यस्ता समाचार सुन्दा र देख्दा दुःख लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी