१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

हमास आक्रमणमा ज्यान गुमाएका भण्डारीको एक महिना पछि दाहसंस्कार

२० कार्तिक २०८०, सोमबार ०७:१९

कार्तिक २०, सल्यान । हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका शारदा नगरपालिका ३ साहुटोलका प्रवेश भण्डारीको शव एक महिना पछि ल्याइएको छ। शनिबार काठमाडौं आएको शव नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेत-दाङ हुँदै सल्यान ल्याइएको हो। 


शव आइपुगेपछि आफन्तका भिड लागेको थियो। शव देखेर केहीबेर रुवाबासी चलेको थियो । शव देखेर आफन्त मात्र नभई पूरै गाउँवासी रोएका थिए। एक महिना पछि छोराको शव आएपछि ४० वर्षकी आमा चन्द्रिका भण्डारी बेहोस भएकी थिइन् भने ४८ वर्षका बाबु चक्रबहादुर भण्डारीलाई सम्हाल्नै गाह्रो भएको थियो ।

मृत्यु भएको एक महिना पछि आएको शव सोमबार राति करिब ७ बजेतिर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकायतर्फ उच्च शिक्षाको अध्ययनसँगै 'अर्न एण्ड लर्न' कार्यक्रम अन्तर्गत भण्डारी साथीहरुसँग इजरायल गएका थिए । हमासको आक्रमणमा भण्डारीसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार