२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

हमास आक्रमणमा ज्यान गुमाएका भण्डारीको एक महिना पछि दाहसंस्कार

२०८०, २० कार्तिक सोमबार ०७:१९

कार्तिक २०, सल्यान । हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका शारदा नगरपालिका ३ साहुटोलका प्रवेश भण्डारीको शव एक महिना पछि ल्याइएको छ। शनिबार काठमाडौं आएको शव नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेत-दाङ हुँदै सल्यान ल्याइएको हो। 


शव आइपुगेपछि आफन्तका भिड लागेको थियो। शव देखेर केहीबेर रुवाबासी चलेको थियो । शव देखेर आफन्त मात्र नभई पूरै गाउँवासी रोएका थिए। एक महिना पछि छोराको शव आएपछि ४० वर्षकी आमा चन्द्रिका भण्डारी बेहोस भएकी थिइन् भने ४८ वर्षका बाबु चक्रबहादुर भण्डारीलाई सम्हाल्नै गाह्रो भएको थियो ।

मृत्यु भएको एक महिना पछि आएको शव सोमबार राति करिब ७ बजेतिर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकायतर्फ उच्च शिक्षाको अध्ययनसँगै 'अर्न एण्ड लर्न' कार्यक्रम अन्तर्गत भण्डारी साथीहरुसँग इजरायल गएका थिए । हमासको आक्रमणमा भण्डारीसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी