२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

२१ वर्षदेखि मलेसियामा बेपत्ता छन् मोहन सारु, खोजी गरिदिन परिवारको अपिल

२४ कार्तिक २०८०, शुक्रबार ०८:५०

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् ।

रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ ।

कमाउने मान्छे नै लामो समयदेखि सम्पर्कमा नहुँदा परिवार निकै पीडामा रहेको, परिवारबाट मलेसियामा रहेको दूतावास, विभिन्न संघसंस्था तथा नेपाली समुदायसँग अपिल गरिसकेको भन्दै जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले खोजीकार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।


उनलाई मलेसियाको कुनै पनि ठाउँमा देख्नेले उद्धार केन्द्र मलेसिया वा नेपाली दूतावासलाई जानकारी गराइदिन पनि अपिल गरिएको जनउद्धार केन्द्र अध्यक्ष थापाले बताए ।

यसैगरी, महोत्तरी औरही नगरपालिका–२ निवासी राम लोचन महतोको छोरा चौठी महतो पासपोर्ट नम्बर (०९०२६९९८) पनि मलेसियामा बेपत्ता भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार रोज एम्पोइमेन्ट सर्भिसेज म्यानपावरमार्फत मलेसियाको मेंटरा एसडीएन बीएचडी कम्पनीमा काम गर्न २०७४ सालमा आएकोमा कम्पनी छोडेर परिवारसँग सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।

उनलाई फेला पारेको अवस्थामा परिवारको सम्पर्क नम्बर ९८१४८६०२५९ (श्रमण महतो दाजु) अथवा दूतावासले उपलब्ध गराएको सम्पर्कमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरीदिन कल आउने गरेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।

विदेशी भूमिमा हराइरहेका कामदारबारे पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट बिदेसिएका नेपाली परिवारको सम्पर्कमा नआएको एक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली