२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

बन्द भयो झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास

२४ कार्तिक २०८०, शुक्रबार ०९:२२

कार्तिक २४, काठमाडौँ | झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रुपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले दूतावास बन्दको जानकारी केही अगाडि नै पाएको बताइएको छ । राजदूत मान तथा नेपाली फरर बोल्ने काउन्सिलर किमले प्रेस काउन्सिका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतसँग पनि भेट गरेर बिदाइ भएका छन् ।


उनीहरु आजै बेइजिङ भएर उत्तर कोरिया फर्किएका छन् । पन्चायतकालमा सन् १९७४ मे २५ मा नेपाल र उत्तर कोरियाको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही वर्ष काठमाडौंमा दूतावास स्थापना भएको थियो । नेपालको दूतावास भने उत्तर कोरियामा छैन । बेइजिङको दूतावासले उत्तर कोरिया हेर्ने गरेको छ ।

नेपालबाट टंकप्रसाद आचार्य र किर्तिनिधि बिस्टले प्रधानमन्त्रीको रुपमा उत्तर कोरिया भ्रमण गरेका थिए । उत्तर कोरियाबाट भने कोरियाको सवोंच्च सभाका अध्यक्ष अन म्योङ ओकको नेपाल भ्रमण सन २०१४ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली