२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

नेपाली श्रमिकलाई खान बस्न तथा तलब सुविधा नदिने साउदीको कम्पनी विभागको कालो सूचीमा, कामदार पठाउने म्यानपावर निलम्बनमा

२४ कार्तिक २०८०, शुक्रबार १०:३६

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो । 

त्यस्तै नेपाली कामदार पठाउने दैलेख ओभरसिजलाई अर्को व्यवस्था नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले विभागका महानिर्देशक मदन दाहाल तथा नेपाली राजदूतावासको टोलीले स्थलगत अनुगमन गरेको थियो । 


स्थलगत अनुगमनको क्रममा कामदारहरूलाई काम नदिई एउटै कोठामा २०/२५ जनालाई राखेको, खान बस्न तथा तलब सुविधा नदिएको, केही कामदार बिरामी परेको देखिएको थियो । अनुगमनपछि कम्पनीका संचालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन समेत दिइएको र समस्या समाधान नहुँदासम्मको लागि निलम्बन तथा कालो सूचीमा राखिएको निर्देशक भुसालले बताए ।

विभागका महानिर्देशक दाहालसहितको टोली केही समय अगाडि साउदी लगायतका देशको भ्रमणमा गएको थियो । साउदीमा रहेका नेपालीका समस्या धेरै आउन थालेको भन्दै विभागको टोली स्थलगत अनुगमनका लागि गएको थियो । सोही क्रममा दूतावासका पीडित श्रमिकहरूले दिएको उजुरीको आधारमा महानिर्देशक दाहालसहितको टोली अनुगमनको लागि गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली