२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

पोल्याण्डबाट दुई हप्ता अघि मात्रै पोर्चुगल आएका गोरखाका चेक बहादुरको मृत्यु, क्यान्सर रोगी बुवा र परिवारको बिचल्ली

२०८०, २६ कार्तिक आईतवार ०७:४५

कार्तिक २६, काठमाडौँ | गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ माथिल्लोपाम ताकमारे स्थायि घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएस भन्ने ठाँउमा कार्तिक २३ गते (नोभेम्बर ९ तारीख) मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्याण्ड आएका उनि करीव सात महिना पोल्याण्डमा काम गरेर दुई हप्ता अघि मात्रै पोर्चुगल प्रवेश गरेको पारिवारले जानकारी दिएका छन्।

उनि पोर्चुगल पुगेता पनि काम नपाएर बसेको र हिजो कार्तिक २३ गते (नोभेम्बर ०९) बाट काम सुरु गर्ने जानकारी उनले परिवारलाई दिएका थिए । अघिल्लो दिन मात्रै भोलि दिउँसो कामको लागि सम्झौता गर्न जाने भनेका चेक बहादुर मृत अवस्थामा भेटिएको संगै पोर्चुगल गएकी साथी मिना शर्मा अधिकारीले जानकारी दिएको पारिवाको भनाई छ ।


उनको शव पोस्टमार्टमको लागि स्थानिय अस्पताल पुर्याइएको पोर्चुगलमा कार्यरत गोरखा मकैसिङ निवासी प्रदिप अधिकारीले जानकारी दिए ।

घरमा उनका वुवा क्यान्सर रोगबाट ग्रसित छन् । वुवाको उपचार खर्च जुटाउन तथा छोरा-छोरीको उज्ज्वल भविश्यका लागि आफन्त र छिमेकीसंग ऋण खोजेर उनि विदेश गएका थिए ।

कमाउन गएको छोरो अचानक मृत्यु हुँदा घरपरिवारको बिचल्ली हुने भएको छ । आर्थिक संकटको कारण मृतकको शव नेपालमा कसरी ल्याउने भन्ने ठुलो चिन्ता परेको छ । सास फेला नपारे पनि मेरो छोराको लास नेपाल झिकाई दिन नेपाल सरकार र विदेशमा रहेका विभिन्न संघ-संस्थाहरुसंग पिता लिला बहादुर गुरुङ र माता बिच माया गुरुङले हारगुहार गरिरहेका छन् ।

यसैगरी मृतक गुरुङको शव छिटो नेपाल झिकाइदिन परराष्ट्रमन्त्रीको सचिवालयले नेपाली राजदूतावास फ्रान्समा पत्राचार गरेको छ । साथै, सिरानचोक गाउँपालिकाले शव नेपाल झिकाउन गैरआवसीय नेपाली संघ पोर्चुगललाई र आर्थिक सहयोगका लागि तमु समाज पोर्चुगललाई छुट्टाछुट्टै पत्राचार गरेको स्रोत को भनाई छ । चेक बहादुर गुरुङको श्रीमती, दस वर्षिय एक छोरी र चार बर्षका छोरा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी