८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

५ मंसिर २०८०, मंगलवार ०५:३७

मङ्सिर ५, काठमाडौँ | दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् ।

पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमार्फत स्वदेश फर्काइएको चितवन सेवा समाज कुवेतका संस्थापक अध्यक्ष नाबिन लोप्चनले जानकारी दिए ।

गैरकानुी हैसियतमा रहेकी उनी करिब ३२ महिनादेखि अस्पतालमा उपचाररत थिइन् । टाउकोमा गम्भीर समस्या देखिएपछि उनको अप्रेसन गरिएको थियो । उपचारकै क्रममा उनले छोरी जन्माएकी थिइन् । उनी अझैसम्म बोल्न सक्दिनन् ।सन् २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिले अस्पतालमा पहिलोपटक उनीसँग भेट गरेको थियो । त्यसपछि नेपाली दूतावास कुवेतले उनको उद्धार गर्न निक्कै प्रयास गरेको थियो । नेपाली दूतावासले पनि उनको उद्धारमा सक्रियता देखाएको थियो ।


एनआरएनएको फलोअप र पछिल्लोपटक चितवन सेवा समाजको पहलमा आमा छोरीकै उद्धार गरी नेपाल पठाउन सफल भएको समाजका संरक्षक लोप्चनले बताए । दूतावासका कर्मचारी सिरज महम्मदले बिरामीको उद्धारका लागि सक्रियतापूर्वक समन्वय गरेका थिए ।

उनलाई नेपालसम्म पु-याउन राजु गोले तामाङलाई पनि साथमा पठाइएको समाजले जनाएको छ । उनलाई नेपालमा अमृत सार संगठनको संरक्षणमा राखिने बताइएको छ ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू अधिकांश साधारण लेखपढ नभएका छन् । सामान्य अंग्रेजी भाषा बोल्न त परै जाओस् । आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थानबारे पनि जानकारी नहुने हुँदा उनीहरूको उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत हुने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना