विजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरका"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मेरिल्याण्ड शाखाले बिजया दशमी मा बिदा दिन मेरिल्याण्ड गभर्नरलाई पत्र बुझाए

२७ आश्विन २०७३, बिहीबार ०३:३८

विजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरकारी बिद्यालय बिदा गराई दिनको लागि निबेदन दिएको छ l

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको जन घनत्व वृद्धि हुदै गइ रहेको अवस्थालाई मध्ये नजर गर्दै सो पहल गरेको संघले बताएको छ l टिकाको शुभ- मुर्हतमा पनि नेपालीका छोराछोरी पाठशाला जानु पर्ने बाध्यता भएको र अभिभावकले टिका लगाई दिन समेत बन्चित हुनु परेकोले यस्तो कदम चालिएको अध्यक्ष जेदु पोख्रेलले बताए l

नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैँ तथा उक्त पवित्र दिनको शुभ मुर्हतमा टिका लगाईदिन बन्चित हुदै गयौ भने अर्को पिढी मा दशैंको महत्व समेत लोप भएर जाने संभावना बढेर जाने हुनाले नेपाली समुदायको समग्र हितको कदम चालिएको बताएका छन् l

उक्त पत्र हस्तान्तरण गर्न गभर्नरको कार्यलय जाँदा गभर्नर कार्य व्यस्तताले गर्दा बाहिर गएकोले उक्त अनुरोध पत्र मेरिल्याण्ड राज्यका पूर्व सिनेटर तथा मेरिल्याण्ड गभर्नरका वरिष्ठ सल्लाहाकार मार्टिन म्याडेनलाई बुझाईएको छ l

र मार्टिनले कार्यालयमा बुझाउने र यस बिषयमा गभर्नर संग समेत कुरा राख्ने गएका प्रतिनिधि मण्डललाई आश्वासन दिएका छन् l

उक्त निबेदन बुझाउने क्रममा नेपालि भाषालाई पनि मेरील्याण्डको पठन पाठनको पाठ्यक्रममा ऐच्छिक बिषय स्पेनिस, फ्रेन्च तथा चिनिया भाषालाई जस्तै समाबेश गरि मेरिल्याण्ड राज्यको गभर्नर कार्यालयमा अनुरोध गरि निवेदन पत्र बुझाईएको छ l

स्मरण रहोस गत अक्टोबर १ ,२०१६  बाट यहि शाखाको पहलमा मेरिल्याण्ड राज्यमा नेपाली भाषा मै सवारी साधन चालक अनुमति पत्र को परीक्षा दिने गराएको थियो  l


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का