असोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैं टीका

२०७३, ३० आश्विन आईतवार १३:०७


असोज ३०, अस्ट्रेलिया | अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब "पाको पर्ब" मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा तेश्रो पटक जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ दसैं कार्यक्रम मनाएको छ ।

कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसैंको टीका ग्रहण गरिन भने बिभिन्न ब्यक्तिहरुलाई टीका लगाइदिइन पनि । कार्यक्रममा उपस्थित बिभिन्न देशका सहभागीहरुले पनि दसैंको टीका ग्रहण गरे । 


कार्यक्रमका प्रमुख अतिथि सांसद कोजेन्सले आफू संधै नेपाली समुदायसंग नजिक रहेर काम गर्न इच्छुक रहेको बताउँदै दसैंको शुभ-कामना दिइन ।  शुभ-कामना मन्तब्य ब्यक्त गर्नेहरुमा एनआरएन भिक्टोरियाका संयोजक एबं एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, साउथ अस्ट्रेलियन कम्युनिटी लिंक ग्रुपका महासचिब डा सोनिया सिंह, अजी एक्सन अब्रोडका प्रबन्ध निर्देशक ग्राहेम केण्ट, बेटर कम्युनिटी कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, मिस श्रीलंकाका आयोजक समितिका सदस्य एबं मिस्टर एबं मिस नेपाल अस्ट्रेलिया २०१६ का एक जज साभ पेरेरा, फ्रेण्डस अफ टिम ज्याकका स्टेभ रिचार्ड, बारवोन हेड्स कम्युनिटीका बर्नाड नेप्थाइन र सन्तोष पराजुली थिए । 


कार्यक्रममा ग्रेटर जिलोङ काउन्सिलका सामुदायिक बिकास अधिकृत भिमा मुनियापाह, प्रबासी नेपाली मन्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, जनसंपर्क समिती भिक्टोरिया भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपमध्वज किरण आदिको उपस्थिति थियो । 

कार्यक्रममा रेखा श्रेष्ठ, बिना भण्डारी कुँवर, मोहन चैसिंह चैसिर, मोक्षदा सापकोटा, रुबी न्यौपाने, परिभाषा श्रेष्ठ र श्रेस्टी श्रेष्ठले नाच प्रस्तुत गर्नु भएको थियो भने सम्भब भट्टराईले गीत गाउनु भएको थियो । 

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागीहरु, स्वयं सेवक, तीज कार्यक्रम मूल आयोजक समितिका सदस्यहरु, तीज कार्यक्रमका स्पोन्सर ग्रेस इण्टरनेशनल र गत भूकम्प पीडितको लागि सहयोग गर्नेहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन