२८ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कतारमा २५ जना महिलासमेत ५५ जना नेपाली कामदार अलपत्र

२८ चैत्र २०८०, बुधबार ०७:०५

चैत २८, काठमाडौँ । कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई कम्पनीले ५ महिनादेखि तलब दिइएको छैन । कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको छ ।

अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् । उनीहरूलाई अल नासेर म्यानपावर कम्पनीले दुईदेखि तीन लाख रुपैयाँ लिएर कतार पठाएका थिए । म्यानपावर कम्पनीले कामदारको समस्या समाधान गर्न चासो दिएको छैन । अलपत्र पर्ने कामदारहरूमा २५ जना महिलासमेत रहेका छन्। 

 अक्टोबर १५ मा कतार पुगेकी पार्वती कुँवरले कम्पनीलाई तलब माग्दा उल्टो डरत्रास देखाइएको बताइन् । ‘तलब माग्दा भोलि भन्दाभन्दा ६ महिना पुर्‍यायो । पैसा माग्दा कामदारविरुद्ध उजुरी गर्छु भनेर उल्टो हामीलाई धम्काउँछ । प्रहरी लगाइदिन्छौं भन्छ । धेरै समय दिँदा पनि वास्ता गरेन,’ उनले भनिन्,‘यहाँ आफन्त हुनेलाई जसोतसो सजिलो छ । खानाका लागि पैसा खोज्न सक्छन् । आफन्त नहुनेको हरिबिजोग छ ।’ उनले अक्टोबर १६ देखि अप्रिल १ तारिखसम्म अलविदा पार्कमा क्लिनरको काम गर्दा १२ सय ३१ रियाल मात्रै तलब पाएकी बताइन् । ‘कसैले त यो पनि पाएको छैन । पैसा हातमा दिन्छ, हस्ताक्षर गराउँछ । बैंकबाट दिँदैन । पहिला आउँदा दुई सय दियो । त्यसमा काम गर्दै गयो । फेरि दुई सय दियो । आधा महिनाको ६ सय दियो,’ उनले भनिन्,‘त्यो पैसा घर पठाएनौं ।’

जाजरकोटका कृष्ण विकले कम्पनीले गैरकानुनी हैसियतमा काममा पठाउँदै आएको बताए । उनी अल नासेर म्यानपावरलाई २ लाख ३० हजार रुपैयाँ तिरेर वेटरको काम गर्न गत नोभेम्बर १० तारिखमा कतार पुगेका थिए । ‘अहिलेसम्म न कतारी आवासीय परिचयपत्र (आईडी) लगाइदिएको छ । आईडी कार्ड नभए अस्पताल जान पाइँदैन । न बैंकको एटीएम दिएको छ । न तलब दिएको छ । खानासमेत दिइएको छैन,’ उनले भने,‘एक जना सहयोगीले दाल र चामल दिएको थियो । त्यो पनि बेलुका सकियो । हामी साह्रै समस्यामा छौं ।’

कम्पनीले कामदारको अवस्थाबारे चासो दिएको छैन । तलब नपाएपछि उनीहरूले अप्रिल १ देखि काम गर्न छाडेका छन् । ‘हामीसँग खाना पनि छैन । अरु मान्छेसँग भिख मागेको जस्तो भयो । हामीलाई खाना पनि नदिएपछि काम गर्न नसकेको हो । तलब दिए हामी ड्युटी जान्छु,’ सल्यानका भरत योगीले भने । ५ महिनाको अवधिमा एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन् ।

पटक–पटक आफ्ना समस्या सुनाउँदा म्यानपावरले हेलचेक्य्राइँ गर्दै आएको उनीहरूको आरोप छ । श्रमिकहरूले समस्या समाधान गर्न नेपाली दूतावास र कतारको श्रम अदालतमा गएर उजुरी दर्ता गरेका छन् । कतारका श्रम काउन्सिलर टिकामणि न्यौपानेले समस्या समाधान गर्नका लागि रोजगारदाता कम्पनी र पठाउने म्यानपावरबीच दूतावासले पहल गरिरहेको बताए । ‘यो विषय दूतावासमा आएको एक हप्ता मात्रै भयो । जब हामीले थाहा पायौँ, म्यानपावर र कम्पनीलाई भनिसकेको छौं । कम्पनीले १५ दिनभित्र समस्या समाधान गर्छु भनेको छ । यो विषयमा म्यानपावर जति गम्भीर हुनुपर्ने हो, त्यो देखिएन,’ न्यौपानेले भने । यो म्यानपावरका सञ्चालक रौतहटका दिनेशकुमार राय हुन् । त्यस कम्पनीमा दुई वर्षदेखि कार्यरत कामदारको पनि आईडी लगाइदिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ? आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,