विजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, ति"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएस दशैं-तिहार-छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न

२०७३, ७ कार्तिक आईतवार १२:५१

विजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, तिहार, छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ l 

हरेक बर्ष लामो समय देखि मनाउदै आएको उक्त कार्यक्रम यस बर्ष अझ बिशेष कार्यक्रमको साथ मनाईएको छ l नेपालका लागि अमेरिकन पूर्व स्व राजदुत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिका नेपाल सोसाइटी बंकर भिषण भियतनाम युद्धमा भियतनाम को लागि राजदुत भएको अमेरिका को राजधानी वाशिंटन डीसीमा यो संस्था स्थापना भएको हो l १९६७ मा स्थापना भएको यो संस्था अर्को बर्ष ५० बर्षमा पुग्दै छ l 

वाशिंगटन डीसी स्थित नेपाली राजदुताबास तथा अमेरिका नेपाल सोसाइटीको सयुक्त आयोजनामा यस बर्षको एक मुष्ठ चाडपर्वहरु दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत लाई समेट्दै शुभकामना समारोह सफलता पूर्वक सम्पन्न भएको छ l 


औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम साथ सम्पन्न भएको उक्त शुभकामना कार्यक्रममा डीसी महानगर क्षेत्र वरपरका बिदेशी अतिथिहरुले समेत शुभकामना दिएका थिए l 

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले शुभकामना मन्तब्यको साथ सम्मानित हुनेहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए l 



बिगत बर्ष भन्दा यस पटक ज्यादा सांस्कृतिक कार्यकमलाई ज्यादा प्राथमिकता को साथ प्रस्तुति गरिएको थियो भने अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालबालिकाले नेपाली राष्ट्रिय गीत तथा अन्य सर्बाधिक लोकप्रिय गीत आदिमा नेपाली पहिरन साथ आफ्नो कला प्रस्तुत गरेका थिए l यसै गरि स्थानीय स्तरमा रहेका प्रतिभाशाली समुह, कलाकारले समेत सांगीतिक प्रस्तुति गरेका थिए l 

बिशेष बालबालिकाको लागि नृत्य प्रस्तुतिको सम्पूर्ण तारतम्य मिलाउने तथा उनीहरुलाई अवसर दिनु पर्छ भन्ने मान्यता राख्दै प्रभा भट्टराई देउजाले गरेकी थिइन् l स्वयम प्रभा देउजाले नृत्य निर्देशन समेत गरि बालबालिकाका लागि पहिरन समेत व्यवस्था गरेकी थिइन् l 

कार्यक्रममा समाजमा निस्वार्थ भावना तथा स्वयम् सेवक रुपमा काम गर्ने बिशेष व्यक्तिहरु, कलाकार, नेपाल र नेपालीको नाम उच्च राख्ने कराते खेलाडी उज्ज्वल ठकुरी तथा संचार माध्यमहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन