विजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, ति"/>
१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएस दशैं-तिहार-छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न

७ कार्तिक २०७३, आईतवार १२:५१

विजय थापा | वाशिंगटन डिसी | डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, तिहार, छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ l 

हरेक बर्ष लामो समय देखि मनाउदै आएको उक्त कार्यक्रम यस बर्ष अझ बिशेष कार्यक्रमको साथ मनाईएको छ l नेपालका लागि अमेरिकन पूर्व स्व राजदुत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिका नेपाल सोसाइटी बंकर भिषण भियतनाम युद्धमा भियतनाम को लागि राजदुत भएको अमेरिका को राजधानी वाशिंटन डीसीमा यो संस्था स्थापना भएको हो l १९६७ मा स्थापना भएको यो संस्था अर्को बर्ष ५० बर्षमा पुग्दै छ l 

वाशिंगटन डीसी स्थित नेपाली राजदुताबास तथा अमेरिका नेपाल सोसाइटीको सयुक्त आयोजनामा यस बर्षको एक मुष्ठ चाडपर्वहरु दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत लाई समेट्दै शुभकामना समारोह सफलता पूर्वक सम्पन्न भएको छ l 


औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम साथ सम्पन्न भएको उक्त शुभकामना कार्यक्रममा डीसी महानगर क्षेत्र वरपरका बिदेशी अतिथिहरुले समेत शुभकामना दिएका थिए l 

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले शुभकामना मन्तब्यको साथ सम्मानित हुनेहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए l 



बिगत बर्ष भन्दा यस पटक ज्यादा सांस्कृतिक कार्यकमलाई ज्यादा प्राथमिकता को साथ प्रस्तुति गरिएको थियो भने अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालबालिकाले नेपाली राष्ट्रिय गीत तथा अन्य सर्बाधिक लोकप्रिय गीत आदिमा नेपाली पहिरन साथ आफ्नो कला प्रस्तुत गरेका थिए l यसै गरि स्थानीय स्तरमा रहेका प्रतिभाशाली समुह, कलाकारले समेत सांगीतिक प्रस्तुति गरेका थिए l 

बिशेष बालबालिकाको लागि नृत्य प्रस्तुतिको सम्पूर्ण तारतम्य मिलाउने तथा उनीहरुलाई अवसर दिनु पर्छ भन्ने मान्यता राख्दै प्रभा भट्टराई देउजाले गरेकी थिइन् l स्वयम प्रभा देउजाले नृत्य निर्देशन समेत गरि बालबालिकाका लागि पहिरन समेत व्यवस्था गरेकी थिइन् l 

कार्यक्रममा समाजमा निस्वार्थ भावना तथा स्वयम् सेवक रुपमा काम गर्ने बिशेष व्यक्तिहरु, कलाकार, नेपाल र नेपालीको नाम उच्च राख्ने कराते खेलाडी उज्ज्वल ठकुरी तथा संचार माध्यमहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी