कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेल्जियममा गुन्जिए कवि तिर्थका कविता

२०७३, ८ कार्तिक सोमबार १५:५३

कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । 

कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक सन्दर्भका कविता, मुक्तक र गजल वाचन गरे । कवि श्रेष्ठले पागलहरु, चुपचाप, म यदोधरा, लाहुरे फूल, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरी, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कविहरु , सत्ता, हिउँमा लेखिएका नामहरु लगायत कविता वाचन सुनाए ।

क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजबहादुर जिसीले कवि श्रेष्ठको बारेमा जानकारी दिएका थिए । कवि श्रेष्ठका कविताहरु जिन्दगीका जटिलताहरुलाई सरल ढंगले संप्रेषित गर्न र पाठकका हृदयमा बास बस्ने सफल रहेको जिसीले प्रस्टाए ।लुभेनस्थित स्थानीय सभागहृ ओन्स हाउसमा भएको कार्यक्रममा लुभेन नेपाली समाजका साहित्यिक व्यक्तित्व र नेपाली समाजका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियमा स्थित नेपालका कावा राजदुत घनश्याम भण्डारीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेल्जियमा रहेका कविहरु दिपेन्द्र केसी, विमल गिरी र सौरभ रंजितकारले कवि श्रेष्ठसँग पुस्तक विनिमय गरेका थिए । क्लबका अध्यक्ष मीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बुद्ध बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लहकार माधव सापकोटाले राखे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने