कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेल्जियममा गुन्जिए कवि तिर्थका कविता

८ कार्तिक २०७३, सोमबार १५:५३

कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । 

कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक सन्दर्भका कविता, मुक्तक र गजल वाचन गरे । कवि श्रेष्ठले पागलहरु, चुपचाप, म यदोधरा, लाहुरे फूल, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरी, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कविहरु , सत्ता, हिउँमा लेखिएका नामहरु लगायत कविता वाचन सुनाए ।

क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजबहादुर जिसीले कवि श्रेष्ठको बारेमा जानकारी दिएका थिए । कवि श्रेष्ठका कविताहरु जिन्दगीका जटिलताहरुलाई सरल ढंगले संप्रेषित गर्न र पाठकका हृदयमा बास बस्ने सफल रहेको जिसीले प्रस्टाए ।लुभेनस्थित स्थानीय सभागहृ ओन्स हाउसमा भएको कार्यक्रममा लुभेन नेपाली समाजका साहित्यिक व्यक्तित्व र नेपाली समाजका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियमा स्थित नेपालका कावा राजदुत घनश्याम भण्डारीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेल्जियमा रहेका कविहरु दिपेन्द्र केसी, विमल गिरी र सौरभ रंजितकारले कवि श्रेष्ठसँग पुस्तक विनिमय गरेका थिए । क्लबका अध्यक्ष मीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बुद्ध बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लहकार माधव सापकोटाले राखे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का