विजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड "/>
१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपछि अमेरिकाले नेपालीलाई दिएको सुबिधाको म्याद थप्यो, नेपालीमा खुसियाली

१० कार्तिक २०७३, बुधबार ०२:५४

विजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड स्टाटस) सुबिधाको म्याद पुन: डेढ बर्षको लागि थप गरेको छ l 

मंगलबार अमेरिकन संघीय सरकारको आधिकारिक संजालमा सूचना प्रकाशित गर्दै जुन २४, २०१८ को सम्मका लागि थप गरेको जनाएको छ l यो सूचना प्राप्त गरेपछि हजारौ कागजपत्र बिहिन नेपालीहरुमा खुशीको लहर छाएको छ l 

अस्थाई सुरक्षित दर्जाको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१, २०१६ तारिखसम्म मात्र रहेकोले मानसिक रुपमा स्वदेश फर्कनु पर्छ भनि झिटी गुन्टा सहित तयार समेत रहेका नेपालीलाई अमेरिकाले बुधबार, अक्टोबर २६ तारिख सार्बजनिक गर्ने सूचना टासेकोले सुबिधा उपयोग गरि रहेकालाई ठुलो राहत भएको छ l 

अमेरिकाले यस्ता अवस्थामा बिभिन्न मुलुकलाई अस्थाई सुरक्षित दर्जा सुबिधा प्रदान गरेता पनि फिलिपिन्सलाई सुबिधा थप गरेको थिएन l गत बर्ष झन्डै दशौ हजार नेपालीले यो सुबिधा लिएका भएता पनि गत वर्ष केहि बिभिन्न कारणबाट छुट्न गएकाले समेत यस पटक आबेदन दिन पाउने भएका छन् l 

अस्थाई सुरक्षित दर्जा सुबिधा लिन आवेदक अमेरिका जुन २४, २०१५ अगावै आई सकेको प्रमाण हुनु पर्दछ l अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरि अमेरिका अवैध रुपमा बसोबास गर्दै आएका बस्दै आएका र कानुनी प्रकृया बढाई रहेका नेपालीलाई काम गर्न पाउने अनुमति दिनुको साथै भूकम्प बाट पिडित परिवारलाई भेट्न नेपाल आउन जान कागज पत्र समेत बनाई दिने सुबिधा प्रदान गरेको छ l 

जस्को कारण थुप्रै नेपालीहरु नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको पनि छ l अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधा दिए पछि नेपालीहरु अन्य सरह काम गरि रहेका छन् l 

यो सुबिधा पुन थप गरियोस भन्ने हेतुले अमेरिकामा रहेका बिभिन्न संघ तथा संस्थाले सम्बन्धित निकायमा कुरा पुर्याएका थिए l  अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद सकिनु दुई महिना अगाडी महाबाणिज्य दुताबास, नेपाल जनसम्पर्क समिति अमेरिका, नेपाल प्रवासी मंच अमेरिका, आदीवासी जनजति महासंघ अमेरिका, गैर आवासीय नेपाली संघ बाल्टिमोर तथा अन्य संघ संस्थाका प्रतिनिधि मण्डलले अमेरिकन सरकार समक्ष म्याद थप गर्न आग्रह गर्दै ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )लाई बुझाएका थिए l 

गैर आवासीय नेपाली संघ बाल्टिमोरले परराष्ट्र मन्त्रि प्रकाश शरण महतलाई समेत म्याद थप गराउन ज्ञापन पत्र बुझाएको थियो l अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरेकाले अपराधिक गतिविधिमा संलग्न भएमा त्यो सुबिधा स्वत खारेजी हुने र स्वदेश फर्काउन समेत सक्ने छ l यो सुबिधा उपयोग गर्न नया तथा पुराना दुबैले आबेदन पत्र फेरी भर्नु पर्ने छ l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी