अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा यसरि मनाए नेपालीले भाई टिका

१७ कार्तिक २०७३, बुधबार १४:५१

विजय थापा, वाशिंगटन डिसी । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले भाई टिका हर्सौल्लासका मनाई २०७३ सालको चाडपर्व सम्पन्न गरेका छन् । 

अमेरिकामा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गएको अवस्था तथा सपरिवार सहित रहदै आएका राज्य तथा शहरमा नेपालमा जस्तै गरि भाई टिका मनाएका छन् । 

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए । 

अधिकांस नेपालीले भाई टिकाको दिन बिदा लिएर भएता पनि  मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएकोले त्यहि साइत देखि रातिको समय सम्म दिनभर काम बाट फुर्सद निकाली भाइटीका लगाइका छन् । 

अमेरिकामा जन्मेका बालबालिका,पहिलो पुस्ता ,बिद्यार्थी ,अमेरिका विभिन्न कारण बाट आएका कलाकार ,साहित्यकार ,पत्रकार ,पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार ,कुकुर तिहार को साथै भाई टिका समेत मनाएका छन् । 

नेपाल जस्तै सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई नेपाल जस्तै भाई टिका मनाएको समाचार छ । 

दिदीबहिनीहरुले दाजुभाइको यश र ऐश्वर्य ,द्रिघयु दिर्घायु कामना समेत गरेका छन् । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि मंगलबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त भएको छ । 

अमेरिकामा नेपाल जस्तै प्रसस्त फूलहरु पाइने हुनाले मखमली फूल तथा सयपत्री फूल तथा अन्य फूलमाला आफ्ना दाजुभाईलाई लगाई भाई टिका मनाएका छन् । हरेक घरमा सेल रोटीको साथै आफ्ना दिदिबहिनीलाई दक्षिणा समेत दिएका छन् ।  यसको साथै लक्ष्मी पुञ्ज देखि नै देउसी भैलो तथा तास तथा कौडा समेत खेली यस बर्षको सम्पूर्ण चाड पर्वलाई बिदा गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता