विजय थापा (वाशिंगटन डीसी) | अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा (वाशिंगटन डीसी) | अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दि"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महजोडीद्वारा नेपाली समुदायलाई चुल्हो निम्तो

२०७३, १८ कार्तिक बिहीबार ०८:४२


विजय थापा (वाशिंगटन डीसी) | अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दिन मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य ) डीसी आज आई पुगेका छन् l 

एनपीपीए को निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रमको लागि मात्र बिशेष नया कार्यक्रम प्रस्तुति गर्ने जानकारी मह जोडीले वाशिंगटन डीसीको अन्तरराष्ट्रिय डलस बिमानस्थलमा दिए l 

हरि बंश आचार्यले सवालको जवाफमा एनपीपीए यो ठुलो सांस्कृतिक पर्व हो भन्दै सांस्कृतिक पर्वको लागि आफु आएका बताए l एनपीपीएले हामीलाई बोलाएर आफुलाई ठुलो सम्मान गरेको बताए l अमेरिकामा बस्ने नेपाली समुदायलाई सांस्कृतिक सद्भाव टक्र्याउने छौ भनि प्रतिबद्धता जनाए l 

विमानस्थलमा कुराकानी गर्दै आगामी नोवेम्बर ५ तारिख शनिबार मेरिल्याण्डमा हुने आफ्नो प्रस्तुतिमा डीसी महानगर वासी नेपाली समुदायलाई चुल्हो निम्तो दिएका छन् l विमानस्थल मै मह जोडी आएको थाहा पाएर अन्य शहर तथा राज्यमा अन्य समुदायले कार्यक्रमको लागि निमन्त्रणा तथा आग्रह आयो भने कस्तो प्रतिक्रिया हुन्छ भन्ने राखिएको सवालमा आफुहरु केवल डीसीको लागि मात्र आएको र अन्य ठाउँमा जान नसकिने बताए l 

नोवेम्बर १५ तारिकमा आफु फर्कनु पर्ने भएको बताउदै अहिले नसकिएता पनि अर्को साल तारतम्य मिलाएर सबै राज्यमा कार्यक्रम लिएर आउने बताए l मह जोडी को स्वगार्थ विमानस्थलमा संस्थापक अध्यक्ष राम मालाकार , संस्थाकी वर्तमान सभापति सरोज प्रजापति ,महासचिब मनोहर लाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु पुगेका थिए l मह जोडीलाई माला लगाई अमेरिकामा स्वागत गरेका गरेका थिए भने सामुहिक तस्बिरहरु पनि लिइएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन