विजय थापा (वाशिंगटन डीसी) | अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा (वाशिंगटन डीसी) | अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महजोडीद्वारा नेपाली समुदायलाई चुल्हो निम्तो

१८ कार्तिक २०७३, बिहीबार ०८:४२


विजय थापा (वाशिंगटन डीसी) | अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दिन मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य ) डीसी आज आई पुगेका छन् l 

एनपीपीए को निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रमको लागि मात्र बिशेष नया कार्यक्रम प्रस्तुति गर्ने जानकारी मह जोडीले वाशिंगटन डीसीको अन्तरराष्ट्रिय डलस बिमानस्थलमा दिए l 

हरि बंश आचार्यले सवालको जवाफमा एनपीपीए यो ठुलो सांस्कृतिक पर्व हो भन्दै सांस्कृतिक पर्वको लागि आफु आएका बताए l एनपीपीएले हामीलाई बोलाएर आफुलाई ठुलो सम्मान गरेको बताए l अमेरिकामा बस्ने नेपाली समुदायलाई सांस्कृतिक सद्भाव टक्र्याउने छौ भनि प्रतिबद्धता जनाए l 

विमानस्थलमा कुराकानी गर्दै आगामी नोवेम्बर ५ तारिख शनिबार मेरिल्याण्डमा हुने आफ्नो प्रस्तुतिमा डीसी महानगर वासी नेपाली समुदायलाई चुल्हो निम्तो दिएका छन् l विमानस्थल मै मह जोडी आएको थाहा पाएर अन्य शहर तथा राज्यमा अन्य समुदायले कार्यक्रमको लागि निमन्त्रणा तथा आग्रह आयो भने कस्तो प्रतिक्रिया हुन्छ भन्ने राखिएको सवालमा आफुहरु केवल डीसीको लागि मात्र आएको र अन्य ठाउँमा जान नसकिने बताए l 

नोवेम्बर १५ तारिकमा आफु फर्कनु पर्ने भएको बताउदै अहिले नसकिएता पनि अर्को साल तारतम्य मिलाएर सबै राज्यमा कार्यक्रम लिएर आउने बताए l मह जोडी को स्वगार्थ विमानस्थलमा संस्थापक अध्यक्ष राम मालाकार , संस्थाकी वर्तमान सभापति सरोज प्रजापति ,महासचिब मनोहर लाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु पुगेका थिए l मह जोडीलाई माला लगाई अमेरिकामा स्वागत गरेका गरेका थिए भने सामुहिक तस्बिरहरु पनि लिइएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता