२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकी प्रहरीले भन्यो- ममता काफ्लेको केसमा नयाँ ‘क्लु’ पायौं, एक व्यक्ति सम्पर्कमा

२०८१, २८ भाद्र शुक्रबार १२:३५

भदौ २८, काठमाडौँ । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको अनुसन्धान प्रगतिबारे अमेरिकी प्रहरीले सार्वजनिकरुपमा जानकारी गराएको छ । सिटी अफ मनासस पार्क पुलिस डिपार्टमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समूदायलाई पछिल्लो अपडेट दिएको हो ।

विज्ञप्तिमा ममता काफ्लेको अनुसन्धानमा प्रहरीले विभिन्न सूचना र प्रमाणहरु प्राप्त गरिरहेको उल्लेख छ । साथै, घटनाको विषयमा सूचना भएका एकजना व्यक्ति प्रहरीको सम्पर्कमा आएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै एकजना व्यक्ति सूचना सहित आएका छन्, जुन यो केसमा सहयोगी हुन सक्छ ।’


प्रहरीले ती व्यक्तिको नाम भने गोप्य राखेको छ । विज्ञप्तिमा जुलाइ २८ देखि अगष्ट ५ भित्र नरेश भट्टसँग भेटघाट वा कुराकानी भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आह्वानसमेत गरिएको छ । जुलाइ २८ बाट ममता बेपत्ता भएकी थिइन् भने अगष्ट ५ मा नरेशले श्रीमती हराएको उजुरी दर्ता गरेका थिए ।

‘हामी अहिलेसम्म अनुसन्धानकर्ताहरुले नभेटेका वा बयान नलिएका व्यक्तिहरु खोजिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

मनाससका प्रहरी प्रमुख मारियो लुगोले एक व्यक्ति नाम नखोल्ने शर्तमा आफूहरुको सम्पर्कमा आएको र केही सूचना दिएको बताएका छन् ।

उनले डब्लुयूएसए ९ च्यानलसित कुरा गर्दै भने, ‘उनले दिएका सूचनाहरुमा हामी काम गरिरहेका छौं । घटनासँग सम्वन्धित हुन् कि होइनन् भनेर हेरिरहेका छौं ।’

प्रहरीले ममताको घर परीसरमा खोजतलास जारी राखेको छ । पछिल्लो पटक बुधबार गरिएको खोजतलासमा केही पनि नयाँ प्रमाण नभेटिएको लुगोले बताए । तर, अघिल्ला खोजतलासहरुमा घटनासँग सम्वन्धित हुनसक्ने केही प्रमाणहरु फेला परेको उनको भनाइ छ । ती प्रमाणहरुको फरेन्सिक परिक्षण भइरहेको उनले जानकारी दिए ।

नेपाली समूदायलाई सम्वोधन गर्दै लुगोले भने, ‘हामी अहिले पनि ममताको खोजी गरिरहेका छौं । सानो–सानो कुराहरुलाई एक ठाउँमा राखेर ममतालाई न्याय दिनुपर्ने छ ।’

प्रहरीले ममताका श्रीमान नरेशविरुद्ध लाश वेपत्ता पारेको मुद्दा मात्र दायर गरेको छ । त्यसको अर्को एउटा मोसन हियरिङ आज हुँदैछ । आज पनि नरेशकै वकिलका मागअनुसार मोसन राखिएको हो । उनीहरुले ममता कार्यालयबाट निस्किएको र कालो कारभित्र चढेको सीसीटीभी फुटेज तथा उनको फोनभित्रका डाटाहरुको सूचना आफूहरुलाई पनि शेयर गर्नुपर्ने माग राखेका छन् । यही विषयमा आजको सुनवाइमा न्यायाधीशले निर्णय दिनेछन् ।

फक्स ५ वासिंटन डिसी च्यानलले अदालतको डकुमेन्टलाई उध्दृत गर्दै नरेशले आफ्नो आम्दानी शून्य देखाएको जनाएको छ । जबकी उनी कामकाजी व्यक्ति हुन् ।

प्रहरी नरेशलाई फेलोनी १ अन्तर्गत हत्याको मुद्दा दायर गर्ने प्रयासमा छ, तर प्रमाण पुगेको छैन । अहिले दायर भएको मुद्दा फेलोनी ६ अन्तर्गत लाश लुकाएको सम्बन्धी हो । आउँदो १६ तारिखबाट ५ महिनाभित्र यो अभियोग प्रमाणित भएन भने नरेशले सफाइ पाउन सक्छन् । तर, त्योभन्दा अगाडि नै प्रहरीले हत्याको मुद्दा दायर गरिने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन