२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकी प्रहरीले भन्यो- ममता काफ्लेको केसमा नयाँ ‘क्लु’ पायौं, एक व्यक्ति सम्पर्कमा

२८ भाद्र २०८१, शुक्रबार १२:३५

भदौ २८, काठमाडौँ । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको अनुसन्धान प्रगतिबारे अमेरिकी प्रहरीले सार्वजनिकरुपमा जानकारी गराएको छ । सिटी अफ मनासस पार्क पुलिस डिपार्टमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समूदायलाई पछिल्लो अपडेट दिएको हो ।

विज्ञप्तिमा ममता काफ्लेको अनुसन्धानमा प्रहरीले विभिन्न सूचना र प्रमाणहरु प्राप्त गरिरहेको उल्लेख छ । साथै, घटनाको विषयमा सूचना भएका एकजना व्यक्ति प्रहरीको सम्पर्कमा आएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै एकजना व्यक्ति सूचना सहित आएका छन्, जुन यो केसमा सहयोगी हुन सक्छ ।’


प्रहरीले ती व्यक्तिको नाम भने गोप्य राखेको छ । विज्ञप्तिमा जुलाइ २८ देखि अगष्ट ५ भित्र नरेश भट्टसँग भेटघाट वा कुराकानी भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आह्वानसमेत गरिएको छ । जुलाइ २८ बाट ममता बेपत्ता भएकी थिइन् भने अगष्ट ५ मा नरेशले श्रीमती हराएको उजुरी दर्ता गरेका थिए ।

‘हामी अहिलेसम्म अनुसन्धानकर्ताहरुले नभेटेका वा बयान नलिएका व्यक्तिहरु खोजिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

मनाससका प्रहरी प्रमुख मारियो लुगोले एक व्यक्ति नाम नखोल्ने शर्तमा आफूहरुको सम्पर्कमा आएको र केही सूचना दिएको बताएका छन् ।

उनले डब्लुयूएसए ९ च्यानलसित कुरा गर्दै भने, ‘उनले दिएका सूचनाहरुमा हामी काम गरिरहेका छौं । घटनासँग सम्वन्धित हुन् कि होइनन् भनेर हेरिरहेका छौं ।’

प्रहरीले ममताको घर परीसरमा खोजतलास जारी राखेको छ । पछिल्लो पटक बुधबार गरिएको खोजतलासमा केही पनि नयाँ प्रमाण नभेटिएको लुगोले बताए । तर, अघिल्ला खोजतलासहरुमा घटनासँग सम्वन्धित हुनसक्ने केही प्रमाणहरु फेला परेको उनको भनाइ छ । ती प्रमाणहरुको फरेन्सिक परिक्षण भइरहेको उनले जानकारी दिए ।

नेपाली समूदायलाई सम्वोधन गर्दै लुगोले भने, ‘हामी अहिले पनि ममताको खोजी गरिरहेका छौं । सानो–सानो कुराहरुलाई एक ठाउँमा राखेर ममतालाई न्याय दिनुपर्ने छ ।’

प्रहरीले ममताका श्रीमान नरेशविरुद्ध लाश वेपत्ता पारेको मुद्दा मात्र दायर गरेको छ । त्यसको अर्को एउटा मोसन हियरिङ आज हुँदैछ । आज पनि नरेशकै वकिलका मागअनुसार मोसन राखिएको हो । उनीहरुले ममता कार्यालयबाट निस्किएको र कालो कारभित्र चढेको सीसीटीभी फुटेज तथा उनको फोनभित्रका डाटाहरुको सूचना आफूहरुलाई पनि शेयर गर्नुपर्ने माग राखेका छन् । यही विषयमा आजको सुनवाइमा न्यायाधीशले निर्णय दिनेछन् ।

फक्स ५ वासिंटन डिसी च्यानलले अदालतको डकुमेन्टलाई उध्दृत गर्दै नरेशले आफ्नो आम्दानी शून्य देखाएको जनाएको छ । जबकी उनी कामकाजी व्यक्ति हुन् ।

प्रहरी नरेशलाई फेलोनी १ अन्तर्गत हत्याको मुद्दा दायर गर्ने प्रयासमा छ, तर प्रमाण पुगेको छैन । अहिले दायर भएको मुद्दा फेलोनी ६ अन्तर्गत लाश लुकाएको सम्बन्धी हो । आउँदो १६ तारिखबाट ५ महिनाभित्र यो अभियोग प्रमाणित भएन भने नरेशले सफाइ पाउन सक्छन् । तर, त्योभन्दा अगाडि नै प्रहरीले हत्याको मुद्दा दायर गरिने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव