२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कार दुर्घटना हुँदा चार नेपालीको मृत्यु, दुई जना गम्भीर घाइते

२०७३, २२ कार्तिक सोमबार ०२:४२

विजय थापा/कात्तिक २२, वाशिंगटन डीसी l अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको छ  l 

उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् l 

पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,वहाकि की पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ l पछाडी बस्ने चार जना सबै जनाको मृत्यु भएको बुझिएको छ l गाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुबाश खनाल घाइते भएका छन् तर खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ l 

गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा वहाकी धर्म पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ l मृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् l लक्ष्मी पूजाको दिन आफु संग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन् l उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य थप जानकारी दिने बताए l 

निसान अल्टिमा नामक कारमा सवार गरि रहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको हो भने २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडी संग ठोकिन पुगेको थियो l 

प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना देखेको बताएका छन् l माल बाहक (ट्रक )चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ l दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो l 

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने  दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ l पारिवारिक श्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका बुझिएको छ l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे