विजय थापा/कात्तिक २३, वाशिंगटन डीसी l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को  देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक २३, वाशिंगटन डीसी l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को  देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा"/>

२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा मह जोडीको साथमा एनईसिसिको देउसी–भैलो कार्यक्रममा ४५ लाख संकलन

२३ कार्तिक २०७३, मंगलवार ०६:०४


विजय थापा/कात्तिक २३, वाशिंगटन डीसी l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को  देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा बाल्टिमोर शहरमा ऐतिहासिक सफलताको साथ सम्पन्न भएको छ l 

डीसी महानगर क्षेत्रका बिभिन्न शहरमा बसोबास गर्ने नेपाली समुदायसंग अग्रिम सूचना दिएर एक दर्जन स्थानमा देउसी खेल्न निस्केको टोलिले नेपाली राजदुताबास बाट देउसी भैलोको प्रारम्भ गरि महा बाणिज्यदुत प्रेम राजा महतको बाल्टिमोर स्थित नेपाल हाउस नामक चमेना गृहमा २०१६ को देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ l 

उक्त टोलीले अक्टोबर २८ देखि शुभारम्भ गरि नोवेम्बर ६ तारिख करिब एक हप्ता सम्म देउसी भैलो खेली २०१६ को देउसी भैलो विधिवत रुपमा समापन गरेको घोषणा मह जोडीको उपस्थितिमा जनाएको छ l 

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका सभापति खिलेन्द्र न्यौपानेले सन् २०१४ देखि देउसी भैलो खेल्न सुरु भएको जनाउदै यो बर्ष समेत २०१४ देखि २०१६ समेत ३ बर्ष भएको बताए l आफु भाग्यशाली रहेछु भन्दै त्यो भन्दा अगाडी देउसी खेलीदैन थियो भन्दै सन् २०१४ मा करिब १० हजार डलर ,२०१५ मा करिब २८ हजार डलर संकलन गरेको यस बर्ष २०१६ मा करिब ४५ हजार डलर (करिब ४५ लाख नेरु )संकलन गरेकोमा हर्ष व्यक्त गरेका छन् l 

उनले थप जानकारी दिदै देउसी भैलो खेल्नुको मुख्य उद्धेश्य नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध मन्दिर समेत रहेकोले यसलाई समुदाय मुखी बनाउने र पुर्याउनु रहेको हो भने अमेरिकामा जन्मिएका दोश्रो पुस्तालाई संस्कृति तथा परम्परालाई उनीहरुलाई ब्यबहारिक रुपमा अवगत गराउदै यसलाई जगेर्ना तथा संरक्षण गर्ने मुख्य उद्धेश्यले घर दैलो अभियान चालिएको बताए l 

एनईसीसी देउसी भैलो कार्यक्रम टोली २०१६ का संयोजक परशु तिमिल्सिनाले यस बर्ष टोलीले निकै मेहनत र योजना गरेकोले बिगत बर्ष भन्दा निकै राम्रो अर्थ संकलन हुन् सकेको बताए l तिमिल्सिनाले अगाडी भने मह जोडी संग बाल्टिमोरमा महा बाणिज्य दुतको आँगनमा देउसी भैलो खेल्दा मात्र एकै ठाउँमा करिब ७ हजार डलर उठेको बताए l उक्त अर्थ सकलन बाट मन्दिरको विकास निर्माणमा खर्च गरिने तिमिल्सिनाले बताए l 

महा बाणिज्य दुत प्रेम राजा महतले  मह जोडी तथा एनईसिसि देउसी–भैलो टोलिलाई स्वागत गरेका थिए भने राजदुत अर्जुन कुमार कार्की (विधा वारिधि )ले कार्यक्रममा साथ दिने मह जोडीलाई एनईसीसीको तर्फ बाट मायाको चिनो प्रदान गरेका थिए l अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फ बाट मह जोडीलाई राजदुत कार्कीले धन्यबाद दिएका थिए l 

उक्त कार्यक्रममा बोल्दै राजदुत कार्कीले तन यता भए पनि मन नेपाल जाओस भन्ने एनईसीसीको नारालाई उद्धृत गर्दै बिदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई सम्बर्धन गर्ने काममा एनईसीसी को प्रसंसा गरेका थिए l 

बाल्टिमोरमा देउसी भैलोको साथै मनासस नेपाली पाठशालाका बिधार्थीका नृत्य प्रस्तुति अद्वितीय रहनुको साथै संयोजक परशु तिमिल्शिनाले भट्याउदा टोलिले साथ दिएका थिए भने महिलाहरुले पनि भैलो गीत सामुहिक रुपमा प्रस्तुत गरेका थिए l 

मह जोडीले उक्त देउसी भैलो टोलि संग देउसी खेल्नु को साथै आशिर्बचन दिदै बिदेशमा रहेता पनि नेपाली संस्कृति ,परम्परा तथा संस्कार लाई निरन्तरता दिन सकेकोमा दुवैले हर्ष व्यक्त गरेका थिए l र नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको प्रसंसा गरेका थिए l 

मह जोडीले सन् १९९० देखि नै  नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई सहयोग पुर्याउदै आएको तिमिल्सिनाले बताउदै मन्दिरमा रहेको बुद्धको मन्दिरमा पनि मह जोडीको केहि समर्पण रहेको जानकारी दिए l 

यस बर्ष को देउसी भैलो खेल्ने क्रममा ३ जनाले १ हजार ५ सय डलर जनही प्रदान गर्नुको साथै करिब आधा दर्जन व्यक्तिहरुले १ हजार डलर जनही एनईसीसी देउसी टोलिलाई दिएका छन्  l करिब ७५ जनाले हरेक दिनको १ डलरको दरले बर्ष भरिको लागि ३ सय ६५ डलर दिएको जानकारी सभापति न्यौपाने दिएका छन् l 

देउसी टोलि २०१६ का सम्पूर्ण टोलि समूह सदस्यलाई मह जोडीले प्रसंसा पत्र वितरण गरेका थिए भने संस्थाकी उपाध्यक्ष सरोज प्रजापतिले कुल रकम उठेको जानकारी गराएकी थिइन् l कार्यक्रमको सभापतित्व खिलेन्द्र न्यौपानेले गर्नुको साथै धन्यबाद ज्ञापन गरेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ? आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,