विजय थापा/कात्तिक २७, अमेरिका l अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कार्तिक २६ गते  बिहान पशुपति मन्दिर बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक २७, अमेरिका l अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कार्तिक २६ गते  बिहान पशुपति मन्दिर बन्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियाका पूर्व पर्यटनदुतद्वारा शहिद पत्नीलाई पचास हजार प्रदान

२७ कार्तिक २०७३, शनिबार ०२:०५


विजय थापा/कात्तिक २७, अमेरिका l अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कार्तिक २६ गते  बिहान पशुपति मन्दिर बन्काली स्थित गणेश स्थानको मन्दिरमा गै शहिद बलमान मोक्तान कि जीवित पत्नीलाई ५० हजार आर्थिक सहयोग गरेका छन् l 

२००७ साल को क्रान्ति पछि नै बहुदलीय पुनर्स्थापनको मरी  मेट्ने नेपाली कांग्रेसका सशक्त योद्धा शहिद बलमान मोक्तानकि धर्म पत्नी १ सय १ बर्षिय  बृद्धा लक्ष्मीमाया माेक्तानलाई उनका छोरा कंसलाल मोक्तान समक्ष पाण्डेले नगद रकम दिएका छन् l 

२०१७ सालमा स्व राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठे पछि बलमान मोक्तान गिरफ्तार भए l र २०१८ सालमा मोक्तानको गैर न्यायिक हत्या भयो l नेपाल बिशेष कामले गएको बेलामा कान्तिपुर बाट संचालित सुमन संग भन्ने कार्यक्रम हेरे पछि मन थाम्न नसकी शहिदको सपनाको आसुको केही थोपा पुछ्नु पाउनु मेरो ठुलो भाग्य हो भन्दै खोजि गरि उक्त रकम बुझाएको बताए l 

पाण्डेले अगाडी भने शहिद कि १ सय १ बर्षिय पत्नी लक्ष्मीमाया माेक्तान अहिले मागेर खानु पारेको देख्दा नेपाली कांग्रेसले अन्याय गरेको बताए l उनका छोरा कंसलालले अहिले सम्म शहिदको पैसा नपाएको जानकारी दिदै पशुपतिमा फुल बेचेर गुजारा चलाई रहेको बताए l 

पंचायती व्यवस्थामा बलबान मोक्तान मारिए पछि ४ जना बाल बच्चा सहित त्यी बृद्धा महिलाले ठुलो हण्डर खाएकी कान्तिपुर को सुमन संगको कार्यक्रममा बताएकी थिइन् l त्यो देखेर आफु अझ मन कुडियो र भेट्ने पर्छ भनेर आफ़ुले सक्ने सहयोग गरेको बताए l 

२०१८ सालमा उनको हत्या भए पछी उनका सम्पति लुटिए l र उनका छोराले ज्यादै मर्म स्पर्शी कुरा भन्दै बुवा राजनीतिमा नलागी दिएको भए आफु पढ्ने थिए होला पनि भने l हुदा छदा को सम्पति जफतको साथै अहिले मागेर खाने र पशुपतिमा माला बेचेर जीविका चलाउने बताउदा अझ हृदय रोएको भन्दै छोरा कंसलालसंग कुराकानी गरेको बताए l 

कांग्रेसका सभापति शेर बहादुर देउवा तथा स्व शन्त पूर्व प्रधान मन्त्रि कृष्ण प्रसाद भट्टराईले समेत आर्थिक सहयोग गरेको बताएका थिए l देशको लागि शहिद सहिद आफ्नो बुवा आफु मरे भने कात्रो  किन्ने समेत पैसा नभएको कान्तिपुरको सुमन संग भन्ने कार्यक्रममा बताएकोले थोरै रकम दिन सके भनि पाण्डेले बताए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह