विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार दुर्घटनामा मृत्यु भएका चार नेपालीको अमेरिकामै दाह संस्कार

२७ कार्तिक २०७३, शनिबार ०३:३६


विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो ।

निसान अल्टिमा नामक कारमा सवार गरिरहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको थियो भने २९६ नामक जर्जिया राजमार्गको उत्तरतर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा १८ पाङ्ग्रे ठूलो मालबाहक गाडीसँग ठोकिन पुगेको थियो ।

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दागवत्ती दिएका थिए । त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतिक सुवेदीले दागबत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिलमणि दाहालले जर्जियाबाट बताए ।

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले बताएका छन् ।

उक्त अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका बारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे ।

अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया, टेक्सासलगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो ।

यस दुखद घडिमा निधन भएकाहरूप्रति हार्दिक समवेदना दिँदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो , त्यस्तै यस विपतीमा भोक प्यास नभनी खट्ने जर्जिया विश्वबिद्यालयस्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनुहुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो