बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिक"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक मास्टर दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त

१९ पुष २०७३, मंगलवार ०२:५३


बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिकाको विभिन्न राज्यहरुका शहरहरुमा आयोजना भै रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायक को भूमिकामा अति ब्यस्त रहेका छन l 

ईनेप्लिज सम्बाददाता संगको कुराकानीमा उनले भने यो मेरो अमेरिकाको दोश्रो भ्रमण हो l उनले पहिलो भ्रमणको स्मरण गर्दै पहिलो भ्रमणमा लगभग तीन महिना बसेको बताए l 

उनले अगाडी भने पहिलो भ्रमणमा पनि नेभादा को रेनो मा सम्पन्न २०१६ युएस खुला तेक्वान्दो प्रतियोगिता, भर्जिनियामा सम्पन्न २०१६ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता २०१६ भर्जिनिया स्टेट तेक्वान्दो प्रतियोगिता ,मेरिल्याण्डमा सम्पन्न २०१६ मेरिल्याण्ड स्टेट तेक्वान्दो प्रतियोगिता साथ साथै पोर्टल्याण्ड ओरेगन मा सम्पन्न युएस खुला तेक्वान्दो प्रतियोगितामा समेत आधिकारिक अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरि स्वदेश फर्केको बताए l 

हाल पनि मेरो दोश्रो भ्रमणको दौरानमा अक्टोबर १४ -१५ २०१६ मा पोर्ट ल्याण्ड ओरेगनमा सम्पन्न ११औ अन्तर्राष्ट्रिय खुला मैत्री पूर्ण तेक्वान्दो प्रतियोगिता साथै अक्टोबर २७ -३०, २०१६ सम्म पोर्टल्याण्ड मै सम्पन्न प्रथम (डब्लु टि एफ ) प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता र नोवेम्बर ११,२०१६ नर्थ क्यारोलिनामा सम्पन्न ३४ औ ली ब्रदर्स कप तेक्वान्दो प्रतियोगितामा समेत देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेर तीनै वटा प्रतियोगितामा उत्कृष्ट निर्णायक को पुरस्कार पनि हात पार्न सफल भएको बताए l 

हाल पनि उनि अमेरिकाको बिभिन्न राज्यहरुमा पुगी बिशेष अतिथि प्रशिक्षकको भूमिकामा तेक्वान्दो सम्बन्धि बिभिन्न प्रशिक्षण पनि दिदै आएका छन् l 

उनि आगामी जनवरी ३१ देखि फेब्रुअरी ३,२०१७ सम्म नेभादा को लस एन्जेलसमा हुन् गै रहेको २०१७ युएस खुला तेक्वान्दो प्रतियोगिता र मार्च २५,२०१७ मा भर्जिनियामा हुन् गै रहेको २०१७ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता मा समेत अन्तर्राष्ट्रिय निर्णायक को लागि छनौट भई सकेका छन् l 

श्रेष्ठ तेक्वान्दोका छैठौ डान ब्लाक बेल्ट (कालो फित्ताधारी),अन्तर्राष्ट्रिय प्रमाणित निर्णायक तथा अन्तर्राष्ट्रिय प्रमाणित मास्टर/प्रशिक्षक को साथै नेपाली तेक्वान्दो को थोरै सक्षम प्राविधिक मध्यका उनि एक हुन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’