बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जि"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेद्वारी दिने घोषणा

२ असार २०७४, शुक्रबार ०२:३०

बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन ।

गैर आवसीय नेपाली संघ (एन आर एन ए ) बेल्जियमको आगामी दुइ बर्षको कार्यकालको लागि हुने निर्वाचनको चहलपहल व्यापक रुपमा हुन थालेको छ ।

बेल्जियममा लगभग ६ हजार देखि ७ हजार ( अन्दाजी ) नेपालीहरुको बसोबास रहेकोमा १५ -१७ कार्यकालमा २१०० मतदाता रहेका थिए भने अहिले झन् बढ्ने सम्भावना रहेको बेल्जियम निवासी पत्रकार ओम शर्माले  जानकारी दिनु भयो ।

पर्बत जिल्लाको कुश्मा नगरपालिकामा जन्मनु भएका जोशी बिगत १७ बर्ष देखि बेल्जियम बस्दै आउनु भएको छ । २००६-२००८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको  महा – सचिब समेत रहेका थिए । साथै नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष समेत भैसकेका सन्तोष जोशी अति नै मिलनसार , शालीन तथा सामाजिक व्यक्तित्वको रुपमा आम बेल्जियमबासी नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्ति हुन् । 

डेढ दसकको बेल्जियम बसाईमा  आफुले सधैं नेपाली समुदायको एकता र उन्नतिको लागि काम गरेको जानकारी दिनु भयो ।  अब एनआर एन ए बेल्जियमको नेतृत्व लिएपछि पनि  नेपाली समाजलाई अग्रगामी बाटोमा हिंडाउन आफुले पाएको सामाजिक कामको अनुभब र उर्जा लगाउदै संस्थालाई मजबुत बनाउने लक्ष्य रहेको बताउनु भयो । 

उनले एन आर एन ए बेल्जियमको नेतृत्वमा रहेर मुख्य दुई कामहरु: दिर्घकालीन र आपतकालीन सामाजिक कामहरु गर्ने कुरा बताए । 

दिर्घकालीन कामहरुमा भने नेपालको विकाससंग सम्बन्धित काम र बेल्जीयम बासी नेपालीहरुमा भैपरी आउने समस्या समाधानमा सहयोग गर्ने कामहरु रहेका छन ।आजसम्म बेल्जियमबाट सिकेको ज्ञान ,सीप, क्षमताको आधार र लामो समय बेल्जियम बसाइ अनुभवले आफु योग्य तथा सक्षम उम्मेद्वार भएको दाबीसहित विजय हुने सुनिश्चित भएको भन्दै उम्मेद्वारी दर्ता गर्ने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या