भदौ १०, हरियाणा । भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहराए लगत्तै समर्थकले भड्काएको हिंसामा मारिनेको संख्या २८ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, हरियाणा । भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहराए लगत्तै समर्थकले भड्काएको हिंसामा मारिनेको संख्या २८ "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा यी गुरुको कारण भड्कियो हिंशा, अहिलेसम्म २८ जना मारिए

९ भाद्र २०७४, शुक्रबार १८:४०

भदौ १०, हरियाणा । भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहराए लगत्तै समर्थकले भड्काएको हिंसामा मारिनेको संख्या २८ पुगेको छ ।

हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी  ठहर गर्दै शुक्रबार जेल पठाउने निर्णय गरेको हो ।

उनले भोग्नुपर्ने जेल सजायको समय भने अदालतले सोमबार तोक्ने उल्लेख गरेको छ । त्यतिन्जेलसम्म रहिमलाई प्रक्राउ गरी सेनाको पुर्वी कमान्ड मुख्यालयस्थित सैनिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । उनलाई राखिने जेलबारे शनिबार सम्म निर्णय गरिने बताइएको छ ।

अदालतको फैसलाप्रति उनका ‘डेरा सच्चा सौदा’ अभियानका लाखौँ समर्थकले विरोध गरेका छन् । राज्य सरकारले स्थिति सामान्य राख्न कफ्र्यू आदेश जारी गरेपछि सैनिकले मार्चपास गर्नु परेको छ ।

(बीबीसी)ले अहिलेसम्म हरियाणाको २२४ स्थान र पन्जाबको ६४ स्थानमा प्रहरी र डेरा समर्थकबीच झडप भएको र ती स्थानमा २३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

समर्थकहरुले सुरक्षाकर्मीको गाडी, रेल्वे स्टेसन तथा समाचार संकलन गर्न गएका सन्चारकर्मीको भ्यानमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस र हवाई फायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान