१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबर्नमा लक्ष्मी जयन्तीमा “पर्खिरहेको घर” बिमोचन

३० आश्विन २०७४, सोमबार ०२:३०

१५ अक्टोबर, कोबर्ग, मेलबर्न | भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा लिखित दोश्रो कृति 'पर्खिरहेकाे घर'काे बिमाेचन कार्यक्रम एकै साथ गरिएको छ । नेपालीमा एम एड गर्नु भएकी कवियत्री पहारीद्धारा यस अघि 'बाटो छेक्छन जून ताराले' प्रकाशित गरिसक्नु भएकोछ । 

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ-कामना ब्यक्त गर्दै कवियत्री पार्बती पहारीलाई बिदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो । आयोजक साहित्य-संगीत जमघटलाई यस किसिमका कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस्तै श्रस्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य बिदेशमा पनि सशक्त रुपमा फैलिरहेको बिचार ब्यक्त गर्नु भयो ।


लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपाल प्रशाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछी नेपाली कविता ईतिहासले नयाँँ मोड लिएको र यस्ले गर्दा नेपाली साहित्य क्षेत्रमा धेरै कवीहरुको जन्मने बातावरण सिर्जना हुन पुगेको चर्चा गर्नु भयो । स्तरीय रचना सिर्जना गर्न सकिएको खण्डमा थोरै सिर्जनाले पनि राम्रो परिचय स्थापित गर्न सकिने चर्चा गर्दै जसरी 'आमाको सपना' ले गोपाल प्रशाद रिमाल, 'घुम्ने मेचमाथि अन्धो मान्छे' ले भूपी शेरचन, 'मन' ले लीलाध्वज थापालाई चिनाउन पर्याप्त छन त्यसरी नै बिमोचित "पर्खिरहेको घर" पार्बती पहारीको पर्यायबाची बन्न सकोस भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो । 

साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले बिमोचित कविता संग्रह 'पर्खिरहेको घर' को समीक्षा गर्नु भएको थियो । कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा अनुपम पोखरेल, दिकपाल पंगेनी, डा साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गर्नु भएको थियो भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाउनु भएको थियो ।


दिदी-बहिनी समाज भिक्टोरिया, क्र्यागिबर्न समाज, न्याभ, एनआरएन र एभरेस्ट प्रपर्टी एण्ड फाइनान्सले कार्यक्रमलाई सहयोग गरेका थिए भने उपस्थिति जनाउन असमर्थ संस्थाहरुले कार्यक्रमको सफलताको कामना गर्दै पार्बती पहारीलाई बधाई ज्ञापन गरेका थिए ।    

कार्यक्रममा श्रस्टाद्धारा अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेल र न्याभका अध्यक्ष डा अनुपम पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो  ।

कार्यक्रमको सन्चालन पत्रकार वासुदेब मरहट्टाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन