२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबर्नमा लक्ष्मी जयन्तीमा “पर्खिरहेको घर” बिमोचन

२०७४, ३० आश्विन सोमबार ०२:३०

१५ अक्टोबर, कोबर्ग, मेलबर्न | भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा लिखित दोश्रो कृति 'पर्खिरहेकाे घर'काे बिमाेचन कार्यक्रम एकै साथ गरिएको छ । नेपालीमा एम एड गर्नु भएकी कवियत्री पहारीद्धारा यस अघि 'बाटो छेक्छन जून ताराले' प्रकाशित गरिसक्नु भएकोछ । 

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ-कामना ब्यक्त गर्दै कवियत्री पार्बती पहारीलाई बिदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो । आयोजक साहित्य-संगीत जमघटलाई यस किसिमका कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस्तै श्रस्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य बिदेशमा पनि सशक्त रुपमा फैलिरहेको बिचार ब्यक्त गर्नु भयो ।


लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपाल प्रशाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछी नेपाली कविता ईतिहासले नयाँँ मोड लिएको र यस्ले गर्दा नेपाली साहित्य क्षेत्रमा धेरै कवीहरुको जन्मने बातावरण सिर्जना हुन पुगेको चर्चा गर्नु भयो । स्तरीय रचना सिर्जना गर्न सकिएको खण्डमा थोरै सिर्जनाले पनि राम्रो परिचय स्थापित गर्न सकिने चर्चा गर्दै जसरी 'आमाको सपना' ले गोपाल प्रशाद रिमाल, 'घुम्ने मेचमाथि अन्धो मान्छे' ले भूपी शेरचन, 'मन' ले लीलाध्वज थापालाई चिनाउन पर्याप्त छन त्यसरी नै बिमोचित "पर्खिरहेको घर" पार्बती पहारीको पर्यायबाची बन्न सकोस भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो । 

साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले बिमोचित कविता संग्रह 'पर्खिरहेको घर' को समीक्षा गर्नु भएको थियो । कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा अनुपम पोखरेल, दिकपाल पंगेनी, डा साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गर्नु भएको थियो भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाउनु भएको थियो ।


दिदी-बहिनी समाज भिक्टोरिया, क्र्यागिबर्न समाज, न्याभ, एनआरएन र एभरेस्ट प्रपर्टी एण्ड फाइनान्सले कार्यक्रमलाई सहयोग गरेका थिए भने उपस्थिति जनाउन असमर्थ संस्थाहरुले कार्यक्रमको सफलताको कामना गर्दै पार्बती पहारीलाई बधाई ज्ञापन गरेका थिए ।    

कार्यक्रममा श्रस्टाद्धारा अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेल र न्याभका अध्यक्ष डा अनुपम पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो  ।

कार्यक्रमको सन्चालन पत्रकार वासुदेब मरहट्टाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा