२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा भूकम्प गयो

२०७५, ९ कार्तिक शुक्रबार ०८:५७

कात्तिक ९, टोकियो | उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो । 

यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुनामीको सूचना भने दिइएको छैन । 

जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६.७ रिक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए । 

जापानमा सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी व्यापक जनधनको क्षति भएको थियो । 

जापानको इतिहासमा सबैभन्दा शक्तिशाली मानिएको त्यस भूकम्पबाट १५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै अन्य हजारौँ व्यक्ति घाइते वा बेपत्ता भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै