२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा काठमाडौँ बिश्व बिद्यालयका प्रथम समुहको ऐतिहासिक प्रथम भेला सम्पन्न

८ पुष २०७५, आईतवार १५:३३

विजय थापा | पुष ८, वाशिंगटन डीसी । अमेरिकाको राजधानी वाशिंगटन डीसीमा काठमाडौँ बिश्व बिद्यालयका पूर्व बिद्यार्थीहरुका प्रथम समुह को ऐतिहासिकभेला सम्पन भएको छ । गत डिसेम्बर २२ तारिख शनिबार उत्तर अमेरिकामा बिशेष गरि अमेरिकाका विभिन्न राज्यमा यत्र तत्र छरिएर रहेका सन् १९९८ का ब्याच९समूह० का पूर्व बिधार्थीहरुले आयोजना गरेको उक्त भेटघाट कार्यक्रममा अमेरिकामा स्थापित बिभिन्न पेशामा संलग्न रहेकाहरुको प्रथम भेला भएको थियो ।

कार्यक्रममा २० बर्ष पछि भेटघाट कार्यक्रमलाई कुन देशमा आयोजना गर्ने भन्ने बिषयमा बिशेष गरि अमेरिका,अस्ट्रेलिया ,बेलायत लगायत अन्य देशमा छरिएर रहेका बिधार्थिहरु बीच छलफल भै अमेरिकामा आयोजना गर्ने निधो भएको कार्यक्रममा बताईएको थियो ।

डिसेम्बर २५ मा आउदै गरेको क्रिसमस पर्व को संघारमा आयोजना गरिएकोले अपेक्षा भन्दा केही न्यून सहभागीहरुको उपस्थिति रहेको आयोजकले जनाएका थिए ।


मूल उद्देश्य मातृभूमिलाई आफूले कसरी सहयोग गर्न सकिन्छ ,स्वयम सेवक रुपमा के कस्ता बिदेशमा रहेता पनि सहायता गर्न सकिन्छ भन्ने बिषयमा समेत चर्चा गरियो । साथै निकट भबिष्यमै संगठन स्थापना गर्दै देशमा लगानी गर्ने तथा आफूले प्राप्त गरेका शीप तथा ज्ञान समेत मातृभूमिलाई प्रदान गर्ने कुरामा छलफल गरिएको छ ।

उक्त भेलामा १९९८ का समूहका अधिकांस बिधार्थीहरु सूचना प्रविधि९ आईटि० का विभिन्न क्षेत्रमा क्षेत्रमा ब्यबसायिक रुपमा रहेका अभियन्ताहरु ९इञ्जिनियर०को सहभागिता रहेको थियो ।


उक्त भेलामा १९९८ मा काठमाडौँ युनिभर्सिटीका संस्थापक प्रा डा जेम्स जोशी९विधा वारिधि० को पनि उपस्थिति रहेको थियो । प्रा जोशी हाल अमेरिकाको पेनसेलभेनिया राज्यको युनिभर्सिटी अफ पिट्सबर्गमा प्राध्यापक को रुपमा अध्यापन गराई रहनु भएको छ ।

प्रा डा जोशी९विधा वारिधि ० ले आफूले प्रा भएर अमेरिका आए पछि पुन बिधार्थी भएर आफूले भोगेका अनुभव गरेका कुराहरु सुनाउनु भएको थियो । मूल त जीवन संघर्ष हो भने जीवनमा धैर्यता तथा लगन को धेरै महत्व हुने बताउनु भयो । आफूलाई निम्तो दिई केही कुराहरु राख्न दिएकोमा धन्यबाद दिनु भएको थियो ।


कार्यक्रममा बिहान ९ स्१५ बाट सुरु भै साँझ ४स३० सम्म चलेको थियो । उक्त कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले उक्त बिश्वबिद्यालयमा गरेका अनुभव, मिठा ऐतिहासिक आफ्ना भोगाई तथा अमेरिका आए पछि गरेका संघर्षका कथा सुनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य