२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी

२०७५, १८ फाल्गुन शनिबार १६:०३

विजय थापा | फागुन १८, डीसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको न्यू योर्क शहरमा २५ र २६ का दिन आयाेजना हुने भएको छ । चौथो न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी भै रहेको आयोजकले जानकारी दिएका छन् ।

गत बर्ष टेक्सस राज्यको ड्यालसमा सफलता पूर्वक सम्पन्न उक्त सम्मेलन यस पटक बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुन् लागेको हो । युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो ।

केही समय अगाडी न्यू योर्कमा सम्मेलन बारे पत्रकार सम्मेलनको आयोजना गरेको थियो भने यस महान सम्मेलनमा सवै समुदायलाई सहभागिताको लागी आव्हान तथा अनुरोध गरेको छ ।

आयोजकहरु तयारीमा जुटेका छन् भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले चौथो सम्मेलनको प्रतिक चिन्ह (लोगो) सार्वजनीक गरेका छन् । सम्मेलनको आयोजना अधिकांश युवाहरुको काँधमा जिम्मेबार प्रदान गरिएको छ । उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिइएको छ ।

सम्मेलनमा बहस कार्यक्रम ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ ।सम्मेलनलाई सफल बनाउन न्यू योर्कका स्थानीय संघ/संस्था संग सहकार्य गरिने आयोजकले जानकारी दिएका छन् । पत्रकार सम्मेलन मार्फत सम्मेलनमा गैर आवासीय सम्मलेनमा अस्ट्रेलियाका अर्बपति तथा एनआरएनका निवर्तमान अध्यक्ष शेष घले ,एनआरएन अध्यक्ष भवन भट्ट लगायतलाई निम्तो दिइएको आयोजकले जानाकारी दिएका छन् ।

गत बर्ष एनआरएन का निवर्तमान अध्यक्ष शेष घले तथा जमुना घले ले समेत टेक्सस ड्यालसमा सहभागिता जनाउनु भएको थियो । आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले नेपाली समुदाय सबैलाई सहभागिताको लागि आब्हान गरेका छन् । सम्मेलनमा युवा लक्षित मार्सल आर्ट (युद्ध कला ) समेत प्रदर्शन हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )का संस्थापक टेक्सस का सफल व्यवसायी पासांग लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै