२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा निर्मित नेपाली चलचित्र ‘संयोग’को प्रेमियर शो सम्पन्न

२६ बैशाख २०७६, बिहीबार ०८:५९

बैशाख २६, न्युयोर्क | न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संयोगको प्रेमियर शो भव्यताका साथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थियो । 


अमेरिकी बसाई बेफुर्सदिलो हुंँदाहुँदै पनि बिशाल हल नभएको कारणले दुई शो देखाउन बाध्य हुनुपरेको थियो ।  हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषासाहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्याएर यहाँ उपस्थित भइ दिनु भएकोमा उपस्थित सबै लाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार गीता खत्रीले सबै कलाकार मित्रहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भयो । उक्त अवसरमा सबै कलाकारहरुलाई  प्रशंसापत्र दिइएको थियो । 


महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो  कामका तल्लीन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा  ठूलो कुरा हो । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस भन्दै शुभकामना दिनु भयो ।  

चलचित्रमा अभिनय गर्ने कलाकारहरु न्यूयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुनुहुन्छ । नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने र उनिहरुलाई आफ्नो \ शीप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो । 

साथै नारीको त्याग र बलिदानबाट पारिवारिक सुख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथा बस्तु गीता खत्रीको कथा संँयोगबाट लिइएको छ भने यसका निर्देशक ओम कर्माचार्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य