२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा निर्मित नेपाली चलचित्र ‘संयोग’को प्रेमियर शो सम्पन्न

२०७६, २६ बैशाख बिहीबार ०८:५९

बैशाख २६, न्युयोर्क | न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संयोगको प्रेमियर शो भव्यताका साथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थियो । 


अमेरिकी बसाई बेफुर्सदिलो हुंँदाहुँदै पनि बिशाल हल नभएको कारणले दुई शो देखाउन बाध्य हुनुपरेको थियो ।  हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषासाहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्याएर यहाँ उपस्थित भइ दिनु भएकोमा उपस्थित सबै लाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार गीता खत्रीले सबै कलाकार मित्रहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भयो । उक्त अवसरमा सबै कलाकारहरुलाई  प्रशंसापत्र दिइएको थियो । 


महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो  कामका तल्लीन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा  ठूलो कुरा हो । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस भन्दै शुभकामना दिनु भयो ।  

चलचित्रमा अभिनय गर्ने कलाकारहरु न्यूयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुनुहुन्छ । नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने र उनिहरुलाई आफ्नो \ शीप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो । 

साथै नारीको त्याग र बलिदानबाट पारिवारिक सुख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथा बस्तु गीता खत्रीको कथा संँयोगबाट लिइएको छ भने यसका निर्देशक ओम कर्माचार्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै