२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रृंखला खतिवडा न्यू योर्क आउंदै

२०७६, २८ बैशाख शनिबार ०८:१७

विजय थापा, बैशाख २८, डिसी । मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यूयोर्क आउने भएकी छिन् । आगामी अगस्त १७ का दिन अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि आउने भएकी हुन् ।

खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा आउने आयोजकले बताएका छन् । मिस वर्ल्डमा उत्कृष्ट १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड २०१८ ’ कि श्रृंखला खतिवडा मिस वर्ल्डमा ‘व्यूटि वीथ प्रपोज’ र मिस मल्टिमिडियाको उपाधि हात पार्न सफल भएकी थिइन् । 


नेपालको प्रतिनिधित्व गर्दै चीनमा सम्पन्न प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाको चर्चा उपचर्चा सामाजिक सञ्जालमा ब्यापक भएको थियो । मिस नेपाल नर्थ अमेरिका २०१९ का आयोजक द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा खतिवडाले पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाता को रुपमा सहभागी जनाउने भएकोमा हर्ष व्यक्त गरेका छन् ।

साथै उनले अन्तिम समापन समारोह सम्म सहभागीहरुलाई तयार गर्न सहयोग गर्ने छिन् । खतिवडा विश्व शान्तिको लागि शिक्षकहरूको अन्तर्राष्ट्रिय संस्था (आईएईडब्लुपी )कि राष्ट्रिय कुलपति तथा वान होम फाउनडेसन (एक घर प्रतिष्ठान )कि अध्यक्ष पनि हुन् 

उनि अनन्त सुन्दरताको साथै आर्किटेक्ट (वास्तुविद) कि सर्वश्रेष्ठ पनि हुन् । उनि सुन्दरी को साथै तीक्ष्ण मस्तिष्क कि सिद्ध उदाहरण हुन् । उनले मिस वर्ल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति पटक पटक आभार व्यक्त गर्नुको साथै मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको सार्बजनिक रुपमा भनेकी थिइन् । 

गत बर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ । आबेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिने छ । अन्तिम ग्रान्ड फिनाले (अन्तिम समापन ) अगस्त १७ का दिन हुने छ । 

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ । ९ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

आयोजक समूहमा अन्तर्गत शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै